उदारवादले संकट निम्तिन्छ

Posted on: 27 Aug, 2016

महेश नेपाली (जुम्ला) | कक्षा १२ मा लेखा विषयको हिसाब गरेर सकिनै आँटेको थियो । चौथो घण्टि लागेको आवाज आउँछ । हिसाब सकिने वित्तिकै ढिलो नगरी कक्षा कोठाबाट बाहिरिन्छु । किनभने चौथो घण्टि कक्षा ११ मा अर्थशास्त्र पढाउनु थियो । ढिलो नगरी कक्षा कोठाभित्र जानु थियो र गएँ पनि । 

भर्खर एक दुई दिन अगाडि मात्र भर्ना भएर पढ्न थालेका विद्यार्थीहरुसँग अघिल्लो दिन नै परिचय भैसकेको थियो । परिचयको शैलिबाटै अनुमान लगाउन सकिन्थ्यो कि को दिद्यार्थी कति टाँठो छ भन्ने कुरा । यद्धपि कोही कम बोल्ने हुन्छन् भने कोही अलि घुसघुसे टाइपका पनि । कोहि खुल्छन, कोहि सित्तिमित्ति खुल्न मान्दैनन् । एकै बसाइबाट सबैको सबैथोग पत्ता लगाउन भने सकिदैन थियो । सबै खुल्नेवाला पनि थिएनन् । जरुरी भने छ, सबैको सबैथोग जान्न, बुझ्न । नत्र कसरी गतिलो पाठयोजना बल्ला र ? कसरी बुझाउन सकिएला र ? जे होस थोरै समयमा घुलमिल भैहालौंला त यहि सोचेको थिएं । शिक्षकले गतिलरि पढाएन भने विद्यार्थीहरुले बुझ्दैनन् । विद्यार्थीले राम्ररी बुझ्न शिक्षकले राम्ररी पढाउनु पर्छ । शिक्षकले राम्रो पढाउन विद्यार्थीहरुको मनोभवना बुझ्नुपर्छ । कक्षाको तयारि मनग्य हुनुपर्छ । कक्षामा प्रशस्त छलफल हुनुपर्छ । छलफलमा सबैले उत्साहपूर्ण सहभागिता जनाउनुपर्छ । त्यसैले सबै खुल्नुपर्छ ।

विद्यार्थीले बुझे या बुझेनन् यो कसरि थाहा पाउने ? के छ मापनको मापदण्ड ? रेटेर भन्न सकिन्छ हाम्रोमा मापनको गतिलो मापदण्ड नै छैन । तल्लो तहमा भने तिनतिन महिनाको परीक्षा हुन्छ । पहिलो, दोस्रो त्राइमासिक र वार्षिक परीक्षा । तर कक्षा ११/१२ मा भने वार्षिक परीक्षा बाहेक त्यस्तो कुनै अभ्यास भएको देखिदैन । निजी शिक्षण संस्थाहरु बाहेक । एकपटक मात्रै भएपनि विद्यार्थीले परीक्षा दिनुपर्छ र उसको क्षमता केहि हदसम्म भएपनि मापन हुन्छ । तर शिक्षक योग्य छ या छैन त्यो कसरी मापन गर्ने ? अनि शिक्षक नै योग्य छ, छैन त्यहि अन्यौलपूर्ण छ भने विद्यार्थीहरु योग्य बनाउन सकिन्छ भन्ने कुराको विश्वाश आधार के ? तमाम प्रश्नहरु छन् यी र यस्तै विषयहरुमा । तर संयुक्त राष्ट्रसंघको शिक्षा हेर्ने माहाशाखा युनेस्कोबाट शिक्षामा उल्लेख्य उपलब्धि हँसिल गरि लगातार पाँचौ पटक सम्मान पाइसकेको ल्याटिन अमेरिकी देश क्युवामा भने फरक खालको व्यवस्था रहेछ । चौमासिक तथा वार्षिक परीक्षा विद्यार्थी तथा शिक्षक दुबैको हुने । युरोप, अमेरिका र विकसित देशहरुमा प्रयोगात्मक शिक्षाको अभ्यास भैरहेको छ । हामी भने सत्रौं शताब्धिको मेक्सिकन सुगा रटाई शिक्षा प्रणालीमा रमाइरहेका छौं ।   

पहिलो दिनको कक्षामा म नै बढि बोल्नुपर्ने थियो । त्यसैले तयारी अलि गतिलै थियो । आफूसँग भएका अर्थशास्त्र सम्बन्धि केहि लेख, पुराना पुस्तक र स्कूलको पुस्तकालयबाट ल्याएको पाठ्य पुस्तक एकपटक हेर्न भ्याइसकेको थिएं । विद्यार्थीहरुमा अर्थशास्त्रबारे न्युनतम जानकारी छ छैन पत्ता लगाउनउ थिायो । त्यसैले पनि पहिलो दिनको पहिलो प्रश्न विद्यार्थीहरुलाई नै गरे । के हो अर्थशास्त्र भनेर ? धरै त मौन नै रहे । अलि संकोच मानि धक फुकाल्दै नरेश नाम गरेको एकजना विद्यार्थी बाले सर, आर्थिक क्रियाकलावबारे अध्ययन गर्ने शास्त्र अर्थशास्त्र हो । त्यपछि नरेन्द्र बोले अर्थशास्त्र धनको विज्ञान हो । अर्को बाल्यो गृह सम्बन्धि विज्ञान अर्थाशास्त्र हो । एक दुइ जनाले ओहा¥याए अर्थशास्त्र धनको विज्ञान नै हो भनेर । उनिहरुले कहि कतै एडम स्मिथ बारे सुनेको या पढेको हुनुपर्छ । एडम स्मिथलाई नै अर्थशास्त्रका पिता भनिन्छ भनेर । अलि पछाडि आफू अगाडि खोली राखेको पुस्तक हेरिरहेकी आकृति बोलीन सर, अर्थाशास्त्रलाई सुरुसुरुमा राजानीतिशास्त्रको अंगको रुपमा अध्ययन गरिन्थ्यो आफ्नो छुट्टै अस्तित्व  थिएन । एउटै प्रश्नको फरकफरक जवाफ पाइरहेको थिएं । फरक फर तर सबै सहि जवाफ । पूर्ण भने थिएनन् । पूर्ण अर्थशास्त्र आफैमा पनि छैन । अध्ययन, अनुसन्धानले अर्थशास्त्रको क्षेत्र ब्यापक बन्दै गैरहेको छ । फरकफरक तरिकाको प्रस्तुति र शैलिले छलफलको दायरा फराकिलो बनेको थियो । अब मैले पनि बोल्नु थियो । मैले त झन् धेरै बोल्नु थियो ।

सबैको प्रयास सह्रानीय थियो । सबैको मेहेनतले अध्ययनलाई सार्थक तुल्याइरहेको थियो । म बोल्दै गएं मानव सभ्यताको शुरुवातसँगै जीवनयापन गर्ने साधनहरु जुटाउने सिलसिलामा गरिने विभिन्न प्रयासहरुबाट क्रमशः आर्थिक क्रियाकलापहरुको थालनी र विकास हुन गएको हो जसको नामाकरण गर्ने क्रममा अर्थशास्त्र भनिएको हो । प्राचिन अर्थशास्त्रीहरु जेनोफेन र एरिस्टोटलले गृहसम्बन्धि विज्ञान जनाउने हुनाले राजनीतिशास्त्र वा अन्य शास्त्रहरुसँग जोडेर अर्थशास्त्रको परिभाषा दिएका हुन । व्यक्तिपिछे अर्थशास्त्रका फरकफरक परिभाषाहरु आउन थाले । जेउथेनले अर्थशास्त्रलाई अधुरो विज्ञान भने । अरस्तुले गृह व्यवस्थाको कला माने । भारतका सुप्रशिद्ध विद्धान कौटिल्यले त पुस्तक नै प्रकाशन गरे ‘कौटिल्यको अर्थशास्त्र’ नामक । पछि सन् १७७६ मा एडम स्मिथले आफ्नो ‘राष्ट्रको धन’ भन्ने पुस्तकमा अर्थशास्त्रलाई राष्ट्रको धन भने । तत् पश्चात अर्थशास्त्रलाई राजनीतिशास्त्रबाट अलाग बनाई छुट्टै विषयको रुपमा अध्ययन गर्न थालियो । यसकारण एडम स्मिथलाई नै अर्थशास्को पिता मानियो । सन् १८९० मा अल्फ्रेड मार्शलले अर्थशास्त्रलाई भौतिक कल्याणको विज्ञान भने । सन् १९३२ मा रबिन्सको परिभाषा आयो अर्थशास्त्र दुर्लभताको विज्ञान हो भनि । त्यसैले व्यक्तिपिछे आएका फरकफरक परिभाषाकौ आधारमा भनिएको हुनुपर्छ ‘छ जना अर्थशास्त्रीहरु भेला भएको ठाउँमा सात वटा विचार आँउछन’ भनेर । माथिका परिभाषाबारे थब बुझाउन हाम्रो परिवेषसँग गाँसेर केहि उदाहरण प्रस्तुत गरेलगत्तै कक्षा समाप्त भएको घण्टि बज्यो पुनः विलम्ब नगरी कक्षा कोठाबाट बाहिरिएं ।

बाहिर आउदै गर्दा मनमा थुप्रै प्रसंगहरु खेलिरहेका थिए । एडम स्मिथ अर्थात अर्थाशास्त्रका पिता । उनले अर्थशास्त्रलाई धनको विज्ञान भने । धनको बारेमा व्यापक रुपमा वकालत गरे । आर्थिक मानवको परिकल्पना गरे । धन कमाउने उपाया बताए । राज्य समृद्ध हुनुपर्ने धारणा राखे । जनताको सुख सुविधा राष्ट्रको धनमा देखे । साथसाथै राज्य नियन्त्रित आर्थशास्त्रको विरुद्धमा खरो रुपमा उत्रे । उनले स्वतन्त्र अर्थव्यवस्थाको पक्षमा आफ्नो कलम चलाए । आर्थिक क्रियाकलापमा राज्यको साहभागिताको आवश्यकता देखेनन् । बरु आर्थिक क्रियाकलाहपहरुमा राज्यको अहस्तक्षेपकारी  भूमिका हुनुपर्ने तर्क राखे । आर्थिक क्रियाकलापहरु विना हस्तक्षेप स्वतन्त्र रहनुपर्ने मत बलियो बनाए । यसैरी चलिरहेको अर्थव्यवस्थालाई नै पछि भनिन थालियो उदार अर्थतन्त्र वा उदारवाद ।

उदारवादका प्रवर्तक तथा पक्षधरहरु भनेर अर्थशास्त्रीहरु जेरमी बोन्थाम, एडम स्मिथ, रोवर्ट माल्थस, डेभिड रिकार्डो, जोन स्टुवार्ड मिललाई मानिन्छ । उदारवादलाई सामान्य अर्थमा कुनैपनि विषयवस्तु, निश्चित वाद, कानुनी, धार्मिक वा अन्य कुनै नैतिक बन्धनबाट मुक्तिको रुपमा लिइन्छ । आलोचना गर्नेहरु उदारवादलाई निरपेक्ष स्वतन्त्रताको चर्को वकालत मान्दछन् । उदारवाद शब्द बजारमापनि देखा पर्दछ । मुलत उदारवादले बजारको स्वतन्त्रताको वकालत गर्दछ । उदारवादले पूर्ण प्रतिस्प्रर्धी बजारको कल्पना गर्छ । बजारमाथि कुनैपनि शक्ति  वा कसैको हस्तक्षेपको विरोध गर्छ । सबै चिजको नियन्त्रण प्रतिस्पर्धा वा खुला बजारले गर्छ भन्ने उदारवादको मान्यता रहन्छ ।  बजारको सिमारहित विस्तार र त्यसको लागि जे गरेपनि हुने सोचाइको विकास भयो । त्यसैले खुला बजारको यो मान्यता त्यतिवेलाको उठ्दो बेलायती पूँजीवादको लागि अससल र योग्य ठहरियो । खुला बजारमा आधारित सिद्धान्तलाई बजार अर्थव्यवस्था पनि भनिन्छ । बजार अर्थव्यवस्थाको पर्यायवाचि शब्द पूँजीवाद हो । यहि सिद्धान्तको आडमा बेलायती साम्रज्यको दबदबा झनझन् चर्को हुँदै गयो । बजार बस्तिारको लागि उपनिवेशको निर्माण र स्वतन्त्र राज्यहरुमाथि हस्तक्षेपका लागि उदारवादले स्वागत गरेको थियो । परिणाम साना, निर्वलिया र कमजोर राज्यहरुमाथिको हस्तक्षेप र उपनिवेश लामो समयसम्म चलेको देखियो । सारमा उदारवादले पूँजी केन्द्रीकरण गराउँदछ । पूँजी केन्द्रीकरणका कारण पूँजीवादको गर्भ सँधै आर्थिक संकट र युद्धले भरिएको हुन्छ । यसै सन्दर्भमा कार्ल माक्र्सको भनाई रहेको छ पूँजीवादी अर्थव्यवस्थामा सालाखाला १० वर्षको अन्तरालमा आर्थिक मन्दि आइरहन्छ । यो अवस् वेलावेला पूँजीवादी अर्थव्यवस्थामा भोगिरहेको देखिएकाले पुष्टि भैसकेको छ ।

उदारवादले पूँजी केन्द्रीकरण मात्र होइन राज्यभन्दा व्यक्ति धनि सम्म बनाउँदछ । केही त्यस्ता उदाहरणहरु प्रश्तुत गर्न सकिन्छ ‘विश्वको अटोमोबाइल छ वा आठ कम्पनीमा निर्भर छ । दुई अमेरिकी कार कम्पनि, दुई जापानी र केही युरोपेली फर्महरु । चार कम्पनिले संसारभरि म्युजिक रेकर्डको लागि आवश्यकता पूर्ति गर्दछन् । दशवटा कम्पनीले संसारभरिका औषधि कम्पनीलाई दबाएका छन् । संसारको पेय यदार्थको व्यापार जम्मा तिन कम्पनीमा निहित छ । उडानमा जम्मा दुइवटा नाममात्र छन् बोइङ्ग र एयरबस ।’ –फोष्टर २०६८

सन् २०१४ अप्रिल १३ को न्युवर्क टाइम्सले संरा अमेरिकाका सबैभन्दा धेरै तलब पाउने ५० सीइओ(प्रमुख कार्यकारी अधिकृत)को नाम प्रकाशित ग¥यो । सबैभन्दा धेरै तलब पाउने सीइओको तलब वार्षिक ७ करोड ८४ लाख डलर छ । अर्थात उनिहरुले एकदिनपनि विदा नलिई दिनको आठ घण्टाको दरले काम गरेमा घण्टाको २६ हजार ८५० डलर तलब पाउँछन् । त्यस्तै सबैभन्दा कम तलब पाउने ५० सीइओको वार्षिक तलब १ करोड ३९ लाख डलर छ । अर्थात दिनको आठ घण्टाको दरले एकदिन पनि विदा नलिई काम गरेपनि घण्टाको ४ हजार ७६० डलर पाउँछन् ।

त्यहि अमेरिकाबारे एउटा अर्को तथ्यांक पनि छ । कुल जनसंख्याको ४ करोड ६२ लाख मानिसहरु गरीब छन् । अर्थात अमेरिकाको गरिबी दर १५.१ प्रतिशत छ । ३० लाख सडक बालबालिका छन् । ९.९ प्रतिशत अमेरिकी युवाहरु बेरोजगार छन् भने १७.७१ प्रतिशत अर्धबेरोजगार छन् । इराक र अफगानिस्थान युद्धमा मात्र अमेरिकाले ९० खर्व डलर खर्च गरेको छ ।

माथिको यो अवस्था उदारवाद या पूँजीवादले नै निम्त्याएको  हो । हो, हामी खुसीसाथ कक्षा कोठमा पढाइरहेका हुन्छौं खुलाबजार अर्थव्यवस्थाबारे । यसको भित्रि रहस्य हेर्ने हो भने हाम्रो जस्तो आर्थिक र राजनीतिक रुपले कमजोर राज्यमा भएंकर ठूला आर्थिक संकट र नयाँ उपनिवेश निम्त्याउने खालको देखिन्छ । यहि शिक्षा हामीले हाम्रो भावि पुस्तालाई दिइरहेका छौं । तत्काल नियन्त्रित अर्थव्यवसको परिकल्पना गर्न सकिदैन भने सन् १९३६ मा आएको जोन मोनार्ड किन्सको मिश्रित अर्थाव्यवस्थाबारे नयाँ पुस्तालाई जानकारी गराउन सक्थ्यौं नि । कम्तिमा पूर्ण रोजगारीको परिकल्पना गरेको छ । सन् १९३० को आर्थिक मन्दिबाट पार लगाउन यहि एउटा सिद्धान्त यपयोगिसिद्ध भएको थियो ।

सन्दर्भ सामग्री

१. युनिभर्सिटी मासिक असोज मंसिर २०६८,

२. वर्ग संघर्ष बुुलेटिन वर्ष ७ अंक १ असोज मंसिर २०७१,

३. श्रमिक साप्ताहिक र मजदुर दैनिकका विभिन्न अंकहरु,

४. अर्थशास्त्रा कक्षा ११, गोकर्ण मल्ल, शब्दार्थ प्रकाशन २०६३,

५. अर्थशास्त्र कक्षा ११, खोमराज खरेल र डिलाराम भण्डारी, सुकुन्दा पुस्तक भवन २०६७ र

६. बजार अर्थव्यवस्थाबारे फुुटकर रचनाहरु

यस बिषयमा तपाइको प्रतिक्रिया...!