१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद्‌मा माफी माग्दै सञ्चारमन्त्री गुरुङले भने: मेरो जिब्रो सोझो छ, म एग्रेसिप लोजिकमा विश्वास गर्छु 

१८ चैत्र २०८१, सोमबार १५:०२

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफ्नो अभिव्यक्तिका कारण सांसदहरूको मनमा चोट परेको भए क्षमा माग्दै आगामी दिनमा शैली सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘विगतको छलफलमा मैले जेजे शब्दहरू प्रयोग गरेँ, उखान टुक्का हालेँ, जेजे बिम्बहरू प्रयोग गरेँ, त्यसले तपाईंहरूको भावनामा साह्रै चोट पुग्यो भने फिल भयो,’ गुरुङले अघि भनेका छन्, ‘तपाईंहरू सबैले बोल्दा । मेरो यो शैलीले गर्दा तपाईंहरूलाई चोट लागेछ भने म आफ्नो शैली सच्याउने प्रतिबद्धता जाहेर गर्दछु ।’

आफूले कसैलाई होच्याउनका लागि अभिव्यक्ति नदिएको भन्दै आफ्नो जिब्रो सोझो रहेको र एग्रेसिप लजिकमा विश्वास गर्ने शैली आफ्नो रहेको जिकिर गरे ।

‘एउटा कुरा मैले आज बोल्नैपर्ने भएको छ । मेरो जिब्रो सोझो छ । सिधा छ । घुमाउरो छैन । म फेरि एग्रेसिप लोजिकमा विश्वास गर्छु । शैलीका हिसावले पनि । मैले कुनै मान्यको अपमान गर्ने ढंगले बोलेको पनि थिएन । मेरो मनमा एक प्रतिशत पनि छैन,’ उनले भनेका छन् ।

मन्त्री गुरुङले यसअघिको राष्ट्रिय सभा बैठकमा सांसदहरूलाई होच्याउने किसिमले अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु