2026-07-04 08:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए

काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धन्यवाद दिएका छन् ।

पार्टीनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर बालेनले हिम्मत देखाएको बताए ।

उनले भने, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई धेरै धेरै धन्यवाद छ, तपाईँले हिम्मत देखाउनुभएको छ । ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर पठाउनुभएछ । बरु तपाईँले अर्को चिठ्ठी पठाउनुपर्थ्यो प्रशंसा पत्र समाजवादी मोर्चा नेपाल भनेर, त्यसले एउटा पनि फोहोर गरेन । सबै सफा गर्‍यौं ।’

उनले समाजवादी मोर्चाले गरेको कार्यक्रमले नेपालको राजनीतिमा नयाँ सन्देश दिएको सुनाए ।

उनले थपे, ‘हामीले निर्देशन पनि दिएका थियौं कुनै चिज फोहोर नरहोस्, सानो कागजको टुक्रा, पानी खाएको बोतल पनि नरहोस् भनेका थियौं, हाम्रो कार्यकर्ताले त्यो काम गरे, हाम्रो कार्यक्रम सभ्य, सुसंस्कृत, संस्कारयुक्त, शान्तिपूर्ण ढंगले सम्पन्न भयो। मान्छेको उपस्थिती देखेर सिंगो देशलाई नै तरंगित गर्‍यो । नेपालको राजनीतिमा पनि सन्देश दियो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो