२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति , करिब ६५ लाखको सामान लुटियो

२०८१, १८ चैत्र सोमबार १६:२६

काठमाडौँ | काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति भएको छ।

शुक्रबार राजावादीहरूको प्रर्दशनका क्रममा भएको तोडफोड तथा लुटपाटबाट ८० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो।

भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ।

राजावादी समूहका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए।त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन्। भवनमा क्षति पुगेको छ। त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ।

फ्रिज र शोकेस २ लाख ६५ हजार क्षति भएकोमा ९४ हजार नगदसमेत लुटिएको भाटभाटेनीले जानकारी दिएको छ।

त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शोकेश तथा अन्य सामग्रीमा क्षति पुगेको छ। काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ। भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना आजै पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या