2026-09-30 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ब्रेकिङ समाचार

अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

स्पेनले अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि उचालेको छ। फाइनलमा स्पेनले १६ वर्षपछि विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि आफ्नो नाममा लेखाएको हो ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि उचालेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनलमा स्पेनले १६ वर्षपछि विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि आफ्नो नाममा लेखाएको हो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको १०६ औँ मिनेटमा स्पेनका फेरान टोरेसले गरेको निर्णायक गोल नै च्याम्पियन बनाउन पर्याप्त बन्यो ।

सन् २०२२ को विश्वबिजेता समेत रहेको अर्जेन्टिनाको लागि मिडफिल्डर एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाडेका थिए । जसका कारण अर्जेन्टिना १० खेलाडीमा सीमित भयो । खेलमा सुरुवातदेखिनै स्पेनले आफ्नो प्रभावमा पार्दै पटक-पटक अवसर गुमाएको थियो ।

खेलभरि स्पेनले बल नियन्त्रण र आक्रमणमा दबाब बनाएको थियो । खेलको अन्त्यतिर अर्जेन्टिनाले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न भने चुक्यो ।

यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । १६ बर्ष पछि स्पेनले नतिजा दोब्बर बनाउन सफल बन्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री