2026-10-20 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ब्रेकिङ समाचार

अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

स्पेनले अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि उचालेको छ। फाइनलमा स्पेनले १६ वर्षपछि विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि आफ्नो नाममा लेखाएको हो ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि उचालेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनलमा स्पेनले १६ वर्षपछि विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि आफ्नो नाममा लेखाएको हो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको १०६ औँ मिनेटमा स्पेनका फेरान टोरेसले गरेको निर्णायक गोल नै च्याम्पियन बनाउन पर्याप्त बन्यो ।

सन् २०२२ को विश्वबिजेता समेत रहेको अर्जेन्टिनाको लागि मिडफिल्डर एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाडेका थिए । जसका कारण अर्जेन्टिना १० खेलाडीमा सीमित भयो । खेलमा सुरुवातदेखिनै स्पेनले आफ्नो प्रभावमा पार्दै पटक-पटक अवसर गुमाएको थियो ।

खेलभरि स्पेनले बल नियन्त्रण र आक्रमणमा दबाब बनाएको थियो । खेलको अन्त्यतिर अर्जेन्टिनाले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न भने चुक्यो ।

यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । १६ बर्ष पछि स्पेनले नतिजा दोब्बर बनाउन सफल बन्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ