१ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

निर्वाचनमा संस्थापनपक्ष र देउवापक्ष बीच चर्काे प्रतिष्पर्धा

२५ माघ २०७२, सोमबार ११:५८

माघ २५, नवलपरासी । नेपाली कांग्रेस नवलपरासीको सोमबारबाट अबेर शुरु भएको
निर्वाचनमा संस्थापनपक्ष र देउवापक्ष बीच चर्काे प्रतिष्पर्धा हुने भएको छ । जिल्ला सभापतिमा
संस्थापनपक्षबाट महेन्द्रध्वज जि.सी र देउवापक्षबाट बिष्णु लामिछानेले उम्मेदवारी दिनुभएको छ

यसअघि संस्थापनपक्षमा रहनुभएका लामिछानेले देउवा समुहबाट
उम्मेदवारी दिनुभएको हो । लामिछाने वर्तमान
जिल्ला सचिव समेत हुनुहुन्थ्यो ।

बाबुको क्रियामा रहनुभएका लामिछाने दशौ दिनका दिन निर्वाचन कार्यक्रममा सहभागि
हुनुभएको छ ।

त्यस्तै संस्थापन समुहले बिक्रम यादवलाई सचिव पदमा
उठाएको छ । यादव क्षेत्रीय सभापतिमा देउवापक्षका नेता नरेन्द्र कुमार गुप्ता संग पराजित हुनुभएको थियो ।
यादव नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष समेत रहनुभएको छ ।

त्यस्तै कोषाध्यक्षमा ओम सापकोटाले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र
न्यौपानेले जानकारी दिनुभएको छ ।

त्यस्तै देउवा पक्षले सचिवमा
राजेन्द्र सहानी र कोषाध्यक्षमा दानबहादुर बाकाबल मगरलाई उम्मेदवार बनाएको छ । सचिवका दुवै उम्मेदवार
मधेशी पृष्ठभुमिका रहनुभएको छ भने देउवा पक्षले जनजाति उम्मेदवारलाई कोषाध्यक्षको उम्मेदवारर बनाएको छ

संस्थापनपक्षका उम्मेदवारलाई कांग्रेस केन्द्रीय सदस्य डा.
शसाक कोइराला, कृष्णचन्द्र नेपाली र नवलपरासीका अधिकाँश सांसदहरुका समर्थन रहेको संस्थापनपक्षले दावी
गर्दै आएको छ भने देउवा पक्षमा जिल्ला सभापति देबेन्द्रराज कण्डेल, नेता सत्यनारायण खनाल,सांसद बिक्रम
खनाल लगायतले समर्थन गनुभएको छ ।

त्यस्तै काग्रेस नवलपरासी
सम्बद्ध स्रोतका अनुसार देउवापक्षले यस पटक गाउ नगर तथा क्षेत्रमा आफ्नो पक्षको टिम बनाउन सफल भएको छ ।
दुवैपक्षले आ–आफ्नो जितको दावी गर्दै आएपनि बिगतमा भन्दा यसपटक नवलपरासीमा देउवापक्षको वश्र्वच बृद्धि
भएको स्रोतले दावी गरेको छ ।

यस अघि दुबैपक्षले पत्रकार सम्मेलन
गरी उम्मेदवारीको घोषणा गरेका थिए । देउवापक्षले क्षेत्र नम्बर तीन चार पाच र छ का क्षेत्रीय सभापति र ७
वटा नगर मध्ये ३ वटा नगर सभापति सहितको उपस्थितिमा उम्मेदवारी घोषणा गरेको थियो । १ हजार ८५ जना
प्रतिनिधिले मतदान गर्ने अधिबेशनबाट अध्यक्ष सचिव र कोषाध्यक्ष सहित प्रत्येक क्षेत्रबाट पाँच पाँच
जनाको दरले महासमिति सदस्य समेत चयन गर्नेछ । सोमबार साझ यो समाचार तयार पार्दा सम्म अधिबेशनमा मतदान
जारी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ धनकुटामा एक युवक मृत फेला, मृतककी श्रीमती सहित पाँच जना पक्राउ अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्र प्रहरीका नायब निरीक्षक सई पक्राउ ललितपुरमा चुङ्गी खेल्ने विषयमा विवाद हुँदा २ किशोरमाथि चक्कु प्रहार, २ जना पक्राउ प्रधानमन्त्री ओलीको अभिव्यक्ति हटाएपछि फिल्म ‘राजागञ्ज’ प्रदर्शनमा सुर्खेतमा गुडिरहेको गाडीबाट हामफाल्दा एक जनाको मृत्यु धनुषाधाममा बस दुर्घटना: ३६ जना घाइते, कस्तो छ घाइतेहरुको अवस्था?(अपडेट) एक सय ७८ जना सवार अमेरिकी एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएपछि.. ३० दिने युद्धबिराम गर्न पुटिन तयार, राखे यी तीन सर्तहरू यस वर्ष को बन्लान् महामूर्ख ? यस्तो छ महामूर्ख सम्मेलनको इतिहास धनुषाधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते आज एकैदिन ४ हजारले बढ्यो सुनको मूल्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन संघीय संसद अन्तर्गत आज अर्थ समितिको बैठक बस्दै सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोपले अस्पतालमा क्षमताभन्दा बढी बिरामी वुमन्स डे कप : आज अन्तिम खेल हङकङसँग खेल्दै नेपाल