Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

धनुषाधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते

By साझासवाल 1 मिनेट पढाइ

धनुषाधाम | धनुषाको धनुषाधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते भएका छन् ।

जनकपुरबाट सप्तरीको राजबिराजतर्फ जाँदै गरेको ना.५ ख १४४१ नम्बरको बस आज बिहान पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाधाम नगरपालिकाको मालटोल भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

घाइतेमध्ये कतिपयलाई बढी चोट लागेको छ। सबै सबै घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।