२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धादिङमा बिद्युत: सामान्य झरी-हावा-हुरीमा पनि अन्धकार, कहिले हुन्छ समाधान ?

२१ आश्विन २०७९, शुक्रबार ०४:००

असोज २१, धादिङ । ज्वालामुखी गाउपालिका सहित धादिङका धेरै स्थानमा बर्षौंदेखिको समस्या उस्तै छ । सामान्य हावाहुरी वा बर्षामा समेत बिद्युत काटिने समस्याले स्थानियहरु पीडित बन्दै आएका छन् । 

यो पटकको दशैं झरीको कारण खल्लो बन्दै गर्दा जिल्लाका अधिकांश स्थानमा घन्टौं बिद्युत काटिए । जारी मध्य-पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावको कारण देशका अधिकांश स्थानमा झरी पर्दा धादिङका बिभिन्न स्थानमा बिद्युत कटौती भएको हो । जिल्लामा जोखिमपूर्ण हावाहुरी वा बर्षा नभएको सामान्य अवस्थामा समेत घन्टौं लाइन काटिदै आएको स्थानियको भोगाई छ । त्यसो त सामान्य झरीमा समेत अन्धकारमय हुनु तथा कुनै समस्या आईहाले पनि घन्टौं बिद्युत काटिनु सम्बन्धित निकायको गैरजिम्मेवारी भएको स्थानीय बताउँछन् । 

नुवाकोटको देवीघाट हुँदै धादिङमा प्रसारण भएको लाइन नेपालकै सबैभन्दा लामो बीचमा ड्रपलाइन नभएको प्रसारण लाइन भएको ज्वालामुखी गाउँपालिकाका प्रमुख यमनाथ दनैको दावी छ । देवीघाट प्रसारण लाइनबाट आएको बिद्युतमा कुनैपनि समस्या आउँदा त्यसको प्रभाव जिल्लामा पर्छ । साथै लामो लाइन भएको कारण समेत बिद्युत बिभिन्न कारण कटौती हुने गरेको छ । 

ज्वालामुखी गाउँपालिकामा बढी बिद्युत काटिने समस्याको बिषयमा स्थानियको छुट्टै आरोप छ । जिल्ला सदरमुकाम तथा सल्यानटार पट्टि बिद्युत भईरहँदा समेत ज्वालामुखी गाउँपालिका अन्धकार हुने गरेको छ । जसरी देवीघाट प्रसारण लाइन हुँदै लामो दुरी पार गर्दै धादिङबाट बिद्युत प्रसारण हुँदा समस्या छ त्यस्तै सल्यानटारदेखि आएको लाइन ज्वालामुखीसम्म आउँदा बिबिध कारण कटौती हुने गरेको छ । धादिङ सदरमुकामदेखि ८ किलोमिटर मात्रको दुरीमा रहेको ज्वालामुखी गाउँपालिकामा सदरमुकामपट्टिबाट नभई सल्यानटारदेखि लाइन जोडिएको कारण बढी बिद्युत काटिएको बुझिएको छ ।

कहिले हुन्छ समाधान ? 

धादिङमा बिद्युत काटिने समस्या अबको सातआठ महिनामा समाधान हुने ज्वालामुखी गाउँपालिका प्रमुख यमनाथ दनैले जानकारी दिए । उनका अनुसार हालको बिद्युत व्यवस्थापन दश पन्ध्र बर्ष अघिको हो । त्यसै व्यवस्थापनमा जिल्लाको बिद्युत व्यवस्थापन हुँदै आएकोले लाइन काटिने समस्या रहेको उनले बताए । दनैका अनुसार अब भने त्यसको समाधान हुने भएको छ । मलेखुमा करिब ३० करोडको लगानीमा धादिङमा बिद्युत प्रसारणको ड्रपलाइन निर्माण भई रहेको छ । उक्त ड्रपलाइन निर्माण भएपछि धादिङमा बिद्युतको लागि देवीघाटकै प्रसारणमा भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने छ । मलेखुको ड्रपलाइन निर्माणपछि देवीघाट तथा मलेखुपट्टि जता बिद्युतमा समस्या छैन त्यताबाट धादिङको बिद्युत प्रवाह हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम ! सुस्त मनस्थितिकी किशोरीलाई बलात्कारको आरोपमा युवक पक्राउ सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ