१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

कम्पनीले आवश्यक व्यवस्था नगरिदिँदा साउदीमा ३० नेपाली समस्यामा, एकको सुतेकै अवस्थामा मृत्यु

१४ श्रावण २०८१, सोमबार ०९:११

साउन १४, काठमाडौँ । साउदीमा वैदेशिक रोजगारका लागि पुगेका ३० जना नेपालीहरु कम्पनीले सम्झौता अनुसार आवश्यक व्यवस्था नगरिदिँदा समस्यामा परेका छन् ।  

समस्यामा परेका नेपालीहरुले रातदिन काम गर्न आउने तलबको आधा खर्च रासन-पानी किन्नमै खर्च हुने र खाना समेत पेट अघाउन्जेलसम्म खान नसकिने अवस्था रहेको बताएका छन् । पीडितहरु काठमाडौँको सिनामंगलमा रहेको न्यू एसभी इन्टरनेशनल प्रा. लि. र सामाखुसीमा रहेको अल अमल ओभर्सिज प्रा.लिबाट सात महिना अघि वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए । 

पीडितहरु ।

पीडितहरुले लामो समयदेखि पर्याप्त मात्रामा पानी समेत खान नपाएर बिरामी पर्न थालेपछि उनीहरूले उद्धार गरेर नेपाल फकाईदिन हारगुहार गरेका छन् । समस्यामा परेका नेपालीहरुले साउदीस्थित नेपाली महावाणिज्य दूतावास, वैदेशिक रोजगार विभाग तथा मेनपावर कम्पनीलाई पटक पटक आफ्नो समस्या समाधानको लागि अनुरोध गर्दै आएका छन् । तर, हालसम्म उनीहरूको समस्या समाधान हुन सकेको छैन । 

म्यानपावर तथा सम्बन्धित निकायसँग पीडितहरुले समस्या समाधानको लागि हार-गुहार गर्दै गर्दा एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको पीडितहरुले जनाएका छन् । समस्याग्रस्त कम्पनीमा काम गर्ने दोलखाका ४३ वर्षीय टहल बहादुर थामी सुतेकै अवस्थामा ओछ्यानमा मृत फेला परेका थिए । निधन भएको एक महिना ३ दिन बितिसक्दा पनि उनको शव नेपाल पठाइएको छैन । आफूसँगै कम्पनीमा काम गर्ने साथीको मृत्यु भएपछि अन्य नेपाली थप आत्तिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह