२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

कम्पनीले आवश्यक व्यवस्था नगरिदिँदा साउदीमा ३० नेपाली समस्यामा, एकको सुतेकै अवस्थामा मृत्यु

२०८१, १४ श्रावण सोमबार ०९:११

साउन १४, काठमाडौँ । साउदीमा वैदेशिक रोजगारका लागि पुगेका ३० जना नेपालीहरु कम्पनीले सम्झौता अनुसार आवश्यक व्यवस्था नगरिदिँदा समस्यामा परेका छन् ।  

समस्यामा परेका नेपालीहरुले रातदिन काम गर्न आउने तलबको आधा खर्च रासन-पानी किन्नमै खर्च हुने र खाना समेत पेट अघाउन्जेलसम्म खान नसकिने अवस्था रहेको बताएका छन् । पीडितहरु काठमाडौँको सिनामंगलमा रहेको न्यू एसभी इन्टरनेशनल प्रा. लि. र सामाखुसीमा रहेको अल अमल ओभर्सिज प्रा.लिबाट सात महिना अघि वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए । 

पीडितहरु ।

पीडितहरुले लामो समयदेखि पर्याप्त मात्रामा पानी समेत खान नपाएर बिरामी पर्न थालेपछि उनीहरूले उद्धार गरेर नेपाल फकाईदिन हारगुहार गरेका छन् । समस्यामा परेका नेपालीहरुले साउदीस्थित नेपाली महावाणिज्य दूतावास, वैदेशिक रोजगार विभाग तथा मेनपावर कम्पनीलाई पटक पटक आफ्नो समस्या समाधानको लागि अनुरोध गर्दै आएका छन् । तर, हालसम्म उनीहरूको समस्या समाधान हुन सकेको छैन । 

म्यानपावर तथा सम्बन्धित निकायसँग पीडितहरुले समस्या समाधानको लागि हार-गुहार गर्दै गर्दा एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको पीडितहरुले जनाएका छन् । समस्याग्रस्त कम्पनीमा काम गर्ने दोलखाका ४३ वर्षीय टहल बहादुर थामी सुतेकै अवस्थामा ओछ्यानमा मृत फेला परेका थिए । निधन भएको एक महिना ३ दिन बितिसक्दा पनि उनको शव नेपाल पठाइएको छैन । आफूसँगै कम्पनीमा काम गर्ने साथीको मृत्यु भएपछि अन्य नेपाली थप आत्तिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै