२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

यूएईमा मृत्युदण्ड सुनाइएका धादिङका पहलमान पनि फर्किए नेपाल

२०८१, १६ श्रावण बुधबार ०८:१४

साउन १६, काठमाडौँ । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका धादिङको नेत्रावती- ४ का पहलमान थापा मगर पनि नेपाल फर्किएका छन्। पहलमान बुधबार बिहान काठमाडाैँ आइपुगेका उनका मामा तेज आलेले जानकारी दिए। 

पहलमानसँगै एउटै मुद्दामा जेल परेका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ भने गत बिहीबार नै काठमाडौँ आइसकेका थिए। 

नवलपरासीको मध्यविन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोपमा त्यहाँको अदालतले उनीहरुलाई मृत्युदण्ड सुनाएको थियो।

 

तर त्यहाँको कानुन अनुसार मृतकका परिवारले ब्लडमनी स्वीकार गरेपछि एक करोड ८ लाख रुपैयाँ पीडित परिवारलाई बुझाएपछि उनीहरुको मृत्युदण्डको सजाय टरेको हो। 

दुई परिवारले तीन लाख युएई दिराम बराबरको (एक करोड ८ लाख रुपैयाँ) बुझाएपछि जेलमुक्त भएर नेपाल फर्किएका हुन्। 

पहलमानको पासपोर्टको म्याद सकिएकाले दूतावासले आवश्यक कागजात प्रक्रिया पूरा गरेर नेपाल फर्काइदिएको तेजले बताए। 

यूएईमा सँगै काम गर्ने नवलपुरको मध्यविन्दु नगरपालिका ११ का बाबुराम आले मगर, ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका ३ का भुवन श्रेष्ठ र धादिङको नेत्रावती डबजोङ गाउँपालिका ४ का पहलमान थापा मगरबीच झगडा भएको थियो। 

२०७६ जेठ २० गतेको झगडामा भुवन र पहलमानले बाबुरामलाई चक्कु प्रहार गरेको आरोप छ। उपचारका लागि लैजाँदै गर्दा बाबुरामको मृत्यु भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। 

श्रीमानको मृत्यु भएपछि नरिमा आले मगरले प्रहरीमा जाहेरी दिएकी थिइन्। उनको जाहेरीपछि प्रहरीले भुवन र पहलमानलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा उनीहरूले पनि हत्या गरेको स्वीकार गरेको र अदालतले दोषी ठहर गर्दै सजाए सुनाएको थियो।

यूएईको तल्लो अदालतको फैसलाविरुद्ध उनीहरूले अपिल कोर्टमा निवेदन गरेका थिए। माथिल्लो अदालतमा मुद्दा विचाराधीन भइरहँदा नेपालमा मृतकका परिवार र दोषी ठहर व्यक्तिका परिवारबीच ब्लडमनीमा सहमति जुटेको थियो। 

सहमती अनुसार उनीहरुले उक्त रकम जुटाउन अभियान चलाएका थिए। देश तथा विदेशमा रहेका नेपालीले सहयोग गरेपछि पीडित परिवारलाई रकम बुझाएर उनीहरु फर्किन सफल भएका हुन्। 

उनीहरूको सहमति अनुसार नेपालमै रकम लेनदेन गरेर कन्सुलर सेवा विभाग मार्फत कागजात युएई पठाइएको थियो। 

उक्त कागजात दूतावास हुँदै अदालतमा पठाएपछि अदालतबाट मुद्दा फिर्ता भएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ