२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

यूएईमा मृत्युदण्ड सुनाइएका धादिङका पहलमान पनि फर्किए नेपाल

१६ श्रावण २०८१, बुधबार ०८:१४

साउन १६, काठमाडौँ । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका धादिङको नेत्रावती- ४ का पहलमान थापा मगर पनि नेपाल फर्किएका छन्। पहलमान बुधबार बिहान काठमाडाैँ आइपुगेका उनका मामा तेज आलेले जानकारी दिए। 

पहलमानसँगै एउटै मुद्दामा जेल परेका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ भने गत बिहीबार नै काठमाडौँ आइसकेका थिए। 

नवलपरासीको मध्यविन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोपमा त्यहाँको अदालतले उनीहरुलाई मृत्युदण्ड सुनाएको थियो।

 

तर त्यहाँको कानुन अनुसार मृतकका परिवारले ब्लडमनी स्वीकार गरेपछि एक करोड ८ लाख रुपैयाँ पीडित परिवारलाई बुझाएपछि उनीहरुको मृत्युदण्डको सजाय टरेको हो। 

दुई परिवारले तीन लाख युएई दिराम बराबरको (एक करोड ८ लाख रुपैयाँ) बुझाएपछि जेलमुक्त भएर नेपाल फर्किएका हुन्। 

पहलमानको पासपोर्टको म्याद सकिएकाले दूतावासले आवश्यक कागजात प्रक्रिया पूरा गरेर नेपाल फर्काइदिएको तेजले बताए। 

यूएईमा सँगै काम गर्ने नवलपुरको मध्यविन्दु नगरपालिका ११ का बाबुराम आले मगर, ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका ३ का भुवन श्रेष्ठ र धादिङको नेत्रावती डबजोङ गाउँपालिका ४ का पहलमान थापा मगरबीच झगडा भएको थियो। 

२०७६ जेठ २० गतेको झगडामा भुवन र पहलमानले बाबुरामलाई चक्कु प्रहार गरेको आरोप छ। उपचारका लागि लैजाँदै गर्दा बाबुरामको मृत्यु भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। 

श्रीमानको मृत्यु भएपछि नरिमा आले मगरले प्रहरीमा जाहेरी दिएकी थिइन्। उनको जाहेरीपछि प्रहरीले भुवन र पहलमानलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा उनीहरूले पनि हत्या गरेको स्वीकार गरेको र अदालतले दोषी ठहर गर्दै सजाए सुनाएको थियो।

यूएईको तल्लो अदालतको फैसलाविरुद्ध उनीहरूले अपिल कोर्टमा निवेदन गरेका थिए। माथिल्लो अदालतमा मुद्दा विचाराधीन भइरहँदा नेपालमा मृतकका परिवार र दोषी ठहर व्यक्तिका परिवारबीच ब्लडमनीमा सहमति जुटेको थियो। 

सहमती अनुसार उनीहरुले उक्त रकम जुटाउन अभियान चलाएका थिए। देश तथा विदेशमा रहेका नेपालीले सहयोग गरेपछि पीडित परिवारलाई रकम बुझाएर उनीहरु फर्किन सफल भएका हुन्। 

उनीहरूको सहमति अनुसार नेपालमै रकम लेनदेन गरेर कन्सुलर सेवा विभाग मार्फत कागजात युएई पठाइएको थियो। 

उक्त कागजात दूतावास हुँदै अदालतमा पठाएपछि अदालतबाट मुद्दा फिर्ता भएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान