२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अमेरिकामा नेपाली नर्स ३ सातादेखि बेपत्ता, श्रीमान् पक्राउ

२०८१, ७ भाद्र शुक्रबार ०६:२५

भदौ ७, काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन्। प्रहरीले भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको छ । 

ममता गत साउन १६ (जुलाई ३१) देखि हराएकी हुन्। उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए। उनीबारे बुझ्न प्रहरी दुई दिनपछि साउन १८ मा घरमै पुगेर पति भट्टसँग सोधपुछ गरेको थियो।


ममता यसअघि पनि दुई–चार दिन सम्पर्कविहीन भएर पछि फर्कने गरेकाले यो सामान्य घटना भएको भन्दै भट्टले प्रहरीलाई फर्काइदिएको मनासस पार्कमै बसोबास गरिरहेका एक नेपालीले बताए। सुरुमा प्रहरीमा उजुरी दिन नचाहेका भट्ट अगस्ट ५ मा भने प्रहरी कार्यालय पुगेका थिए। उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो।

ती नेपालीका अनुसार भट्ट दुई पटक अफगानिस्तान युद्धमा सहभागी भइसकेका अमेरिकी सेनाका अवकाश प्राप्त अधिकारी हुन्। उनी हाल ह्वाइट हाउसमा कार्यरत रहेको पनि उनले बताए। ‘पति–पत्नीबीच राम्रो सम्बन्ध थिएन, ममताले साथीलाई भट्टसँग छुट्टिने तयारी गरिरहेको बताउने गरेकी थिइन्,’ उनले भने।

‘उनी हराएपछि नेपाली समुदायले प्रहरी कार्यालयबाहिर धर्ना पनि दिन थालेका थियौं,’ उनले भने । उनका अनुसार प्रहरी कार्यालय अगाडि दिइएको धर्नामा सो क्षेत्रबाट निर्वाचित कंग्रेसम्यान र सिनेटर पनि सहभागी भएका थिए।

एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ। उनी भर्जिनियामा रजिस्टर्ड नर्स हुन्। प्रहरीले ममताको खोजीमा सहयोग गर्न भर्जिनिया र अन्य अमेरिकी प्रहरी एजेन्सीलाई समेत सूचित गरेको थियो। पछिल्लो समय परिवार, साथी, रोजगारदातालगायतसँग उनको कम सम्पर्क रहेको तथा सामाजिक सञ्जाल प्रयोग पनि कम हुने गरेको प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले ममतालाई सार्वजनिक स्थानमा पछिल्लो पटक जुलाई २८ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखेको जनाएको छ। जुलाई २८ मै ममताले आफ्नो साथीसँग कुरा गरेको पाइएको छ भने जुलाई ३१ मा श्रीमतीलाई अन्तिम पटक देखेको भट्टले प्रहरीलाई बताएका छन्।

मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले स्थानीय समयअनुसार बुधबार स्थानीयको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै ममताका श्रीमान् भट्टले अनुसन्धानमा समन्वय नगरेको बताएका थिए। बुधबार बेलुकीदेखि नै भट्टको घरलाई घेराबन्दी गर्दै प्रहरीले १२ घण्टा खानतलासी गरेको थियो।

त्यसक्रममा घरलाई पहेंलो टेपले घेरिएको थियो भने मनासस पार्क र प्रिन्स विलियम काउन्टी प्रहरीका गाडी घरबाहिर राखिएका थिए। प्रहरीका अनुसार ममता हराएको घटनालाई लिएर १० स्थानमा खानतलासी गर्न वारेन्ट जारी गरिएको थियो। यस क्रममा सय जनाभन्दा बढीसँग सोधपुछ भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला