२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अमेरिकामा नेपाली नर्स ३ सातादेखि बेपत्ता, श्रीमान् पक्राउ

७ भाद्र २०८१, शुक्रबार ०६:२५

भदौ ७, काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन्। प्रहरीले भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको छ । 

ममता गत साउन १६ (जुलाई ३१) देखि हराएकी हुन्। उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए। उनीबारे बुझ्न प्रहरी दुई दिनपछि साउन १८ मा घरमै पुगेर पति भट्टसँग सोधपुछ गरेको थियो।


ममता यसअघि पनि दुई–चार दिन सम्पर्कविहीन भएर पछि फर्कने गरेकाले यो सामान्य घटना भएको भन्दै भट्टले प्रहरीलाई फर्काइदिएको मनासस पार्कमै बसोबास गरिरहेका एक नेपालीले बताए। सुरुमा प्रहरीमा उजुरी दिन नचाहेका भट्ट अगस्ट ५ मा भने प्रहरी कार्यालय पुगेका थिए। उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो।

ती नेपालीका अनुसार भट्ट दुई पटक अफगानिस्तान युद्धमा सहभागी भइसकेका अमेरिकी सेनाका अवकाश प्राप्त अधिकारी हुन्। उनी हाल ह्वाइट हाउसमा कार्यरत रहेको पनि उनले बताए। ‘पति–पत्नीबीच राम्रो सम्बन्ध थिएन, ममताले साथीलाई भट्टसँग छुट्टिने तयारी गरिरहेको बताउने गरेकी थिइन्,’ उनले भने।

‘उनी हराएपछि नेपाली समुदायले प्रहरी कार्यालयबाहिर धर्ना पनि दिन थालेका थियौं,’ उनले भने । उनका अनुसार प्रहरी कार्यालय अगाडि दिइएको धर्नामा सो क्षेत्रबाट निर्वाचित कंग्रेसम्यान र सिनेटर पनि सहभागी भएका थिए।

एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ। उनी भर्जिनियामा रजिस्टर्ड नर्स हुन्। प्रहरीले ममताको खोजीमा सहयोग गर्न भर्जिनिया र अन्य अमेरिकी प्रहरी एजेन्सीलाई समेत सूचित गरेको थियो। पछिल्लो समय परिवार, साथी, रोजगारदातालगायतसँग उनको कम सम्पर्क रहेको तथा सामाजिक सञ्जाल प्रयोग पनि कम हुने गरेको प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले ममतालाई सार्वजनिक स्थानमा पछिल्लो पटक जुलाई २८ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखेको जनाएको छ। जुलाई २८ मै ममताले आफ्नो साथीसँग कुरा गरेको पाइएको छ भने जुलाई ३१ मा श्रीमतीलाई अन्तिम पटक देखेको भट्टले प्रहरीलाई बताएका छन्।

मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले स्थानीय समयअनुसार बुधबार स्थानीयको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै ममताका श्रीमान् भट्टले अनुसन्धानमा समन्वय नगरेको बताएका थिए। बुधबार बेलुकीदेखि नै भट्टको घरलाई घेराबन्दी गर्दै प्रहरीले १२ घण्टा खानतलासी गरेको थियो।

त्यसक्रममा घरलाई पहेंलो टेपले घेरिएको थियो भने मनासस पार्क र प्रिन्स विलियम काउन्टी प्रहरीका गाडी घरबाहिर राखिएका थिए। प्रहरीका अनुसार ममता हराएको घटनालाई लिएर १० स्थानमा खानतलासी गर्न वारेन्ट जारी गरिएको थियो। यस क्रममा सय जनाभन्दा बढीसँग सोधपुछ भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान