२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

ममता काफ्ले बेपत्ता प्रकरण : अझै भेटिएको छैन ठोस प्रमाण, के भन्छ प्रहरी ?

२०८१, १२ भाद्र बुधबार १०:००

भदौ १२, काठमाडौं । ममता काफ्ले बेपत्ता भएको एक महिना पुगेको छ । एक महिनायता उनलाई न कसैले देखेको छ, न उनको अवस्थाबारे कसैलाई जानकारी छ । अमेरिकास्थित भर्जिनियाको मनसास पार्क प्रहरीले उनको खोजी त गरिरहेको छ, तर ठोस उपलब्धि हासिल गर्न सकेको छैन ।

उनका श्रीमान् नरेश भट्टमाथि हत्याको आरोप लागेको छ । अगस्ट २२ मा नरेशमाथि ममताको हत्या गरेर शव लुकाएको अभियोग लगाइएको थियो । उनी २३ अगस्ट र २६ अगस्ट गरी दुईपटक प्रिन्स विलियम अदालतमा उपस्थित भइसकेका छन् ।

तर, नरेशले हत्याको आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् । बरु आफैँ पीडित बनेको उनको दाबी छ । अर्कोतर्फ अनुसन्धान अधिकारीहरूले हत्याको संकेत गर्ने केही प्रमाणहरू फेला पारे पनि ठोस प्रमाण भेटाउन सकेका छैनन् ।


मानासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले आफूहरूले सक्रियरूपमा ममताको खोजी गरिरहेको बताएका छन् । उनले आफूहरूले थप प्रमाणहरू फेला पारेको पनि बताएका छन् । तर, नयाँ प्रमाणबारे खोल्न नमिल्ने बताए ।

मानासस पार्कका प्रहरी प्रमुखले आफूहरूले एफबीआई, भन्सार सीमा गस्तीको टोली र जासुसी निकायसँग मिलेर अनुसन्धान गरिरहेको बताएका छन् ।

उनले आफूलाई अहिलेसम्म ममता जीवित रहेको विश्वासन नभएको पनि बताए । "भन्न त मन छैन, तर मलाई ममता जीवित रहेको लाग्दैन," उनले भनेका छन् ।

यसअघि, मंगलबार अदालतका सुनुवाइका क्रममा महेशले ममता बेपत्ता हुनु केही महिना अगाडि 'श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ' भनेर गुगलमा खोजेको पाइएको तथ्य बाहिरिएको थियो ।

उनले आफूले काम गर्ने सरकारी कार्यालयको कम्प्युटरमा 'श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ' भनेर खोजेको पाइएको जनाइएको छ ।

अदालतमा अभियोजकहरूले नरेशले चान्टिलीको वालमार्टबाट तीनवटा चक्कु खरिद गरेको प्रमाण आफूहरूसँग रहेको पनि बताएका छन् ।

गत हप्तामात्र अनुसन्धान अधिकारीहरूले उनको उत्तरी भर्जिनियाको घरमा खानतलासी गर्दा ममताको हत्या गरिएको संकेत भेटाएका थिए । अदालतमा अभियोजनकर्ता सारा सामीले मास्टर बेडरुम र बाथरुममा देखिएको रगतको मात्राले ममता अब जीवित नरहेको संकेत गर्ने बताएकी थिइन् ।

तर, परीक्षणबाट उनीहरूको घरमा भेटिएको रगत ममताको हो/होइन भन्ने पुष्टि हुन सकेको छैन । तर, प्रारम्भिक परीक्षणमा मानव रगत भएको निष्कर्ष निकालिएको छ ।

ममता आफ्ना साथीहरू र परिवारसँग नियमितरूपमा सम्पर्कमै रहन्थिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय थिइन् । तर, जुलाई २९ मा उनको फोन बन्द भयो । त्यसपछि अन्तिमपटक अगस्ट १ मा उनको फोन लोकेट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने