२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशनको उद्घाटन

२० चैत्र २०७३, आईतवार ०२:४९


विजय थापा/चैत २०, बाल्टिमोर l प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशनको उद्घाटन सुरु भएको छ l मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत मार्च ३१ देखि सुरु भै भोलि अप्रिल २ सम्म अधिवेसन चल्ने छ l र अधिवेसन अगाडी रक्तदान कार्यक्रम पनि गरिएको छ l 

३ वर्ष पछि हुन लागेको मञ्चको दोश्रो अधिवेशनको लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतिनिधिहरुको सहभागिता रहेको छ l  

कार्यक्रमको उद्घाटन पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि ,एमाले संगठन विभाग प्रमुख तथा अधिवेसनका प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले पानसमा बत्ती बालि गरेका छन्  l 

डीसी महानगर क्षेत्रका संघ तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ l कार्यक्रममा बिशेष अतिथिमा पूर्व सामान्य प्रशासन मन्त्रि युवराज कार्की तथा पूर्व स्वास्थ्य मन्त्रि खगराज अधिकारीको उपस्थिती रहको छ l तथा अन्य विशेष अतिथीहरूको उपस्थिती रहेको छ ।

अधिवेसनको सांस्कृतिक कार्यक्रमको लागि नेपालका चर्चित हास्य कलाकार सागर लम्साल (बले सोल्टी ) हरि प्रसाद निरौला (कक्रोज ) तथा लोक गायक भगवान भण्डारी समेत नेपाल बाट आएका छन् l 

३ दिन सम्म चल्ने कार्यक्रम रहेता पनि मार्च ३१ तारिख साँझ ५ बजे देखि प्रतिनिधिहरुको दर्ता तथा साँझ सांस्कृतिक कार्यक्रम रहेको थियो l आज अप्रिल १ तारिख शनिबार बिहान १० बजे भनिएता पनि कार्यक्रम डेढ़ घन्टा पछि सूरू गरिएको थियो । 

कार्यक्रम तथा अन्य कार्यक्रमहरु दिन भरि चल्ने छ  र मन्तब्य राख्ने कार्यक्रम जारी रहेको छ l अप्रिल २ तारिखका दिन नया कार्यकारी समितिको लागि निर्वाचन तथा नेतृत्व चयन हुने छ l र आइतबार १ बजे अधिवेसन समापन हुने छ l 

द्वितीय उपाध्यक्ष जीवन जोसीले स्वागत मन्तव्य राखेका थिए भने अतिथीलाई बिल्ला बितरण गरिएको थियो । कार्यक्रम सुरुमा नेपाली राष्ट्रिय गीत तथा अमेरिकन  राष्ट्रिय गीत बजाईएको थियो l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ