२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशनको उद्घाटन

२०७३, २० चैत्र आईतवार ०२:४९


विजय थापा/चैत २०, बाल्टिमोर l प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशनको उद्घाटन सुरु भएको छ l मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत मार्च ३१ देखि सुरु भै भोलि अप्रिल २ सम्म अधिवेसन चल्ने छ l र अधिवेसन अगाडी रक्तदान कार्यक्रम पनि गरिएको छ l 

३ वर्ष पछि हुन लागेको मञ्चको दोश्रो अधिवेशनको लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतिनिधिहरुको सहभागिता रहेको छ l  

कार्यक्रमको उद्घाटन पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि ,एमाले संगठन विभाग प्रमुख तथा अधिवेसनका प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले पानसमा बत्ती बालि गरेका छन्  l 

डीसी महानगर क्षेत्रका संघ तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ l कार्यक्रममा बिशेष अतिथिमा पूर्व सामान्य प्रशासन मन्त्रि युवराज कार्की तथा पूर्व स्वास्थ्य मन्त्रि खगराज अधिकारीको उपस्थिती रहको छ l तथा अन्य विशेष अतिथीहरूको उपस्थिती रहेको छ ।

अधिवेसनको सांस्कृतिक कार्यक्रमको लागि नेपालका चर्चित हास्य कलाकार सागर लम्साल (बले सोल्टी ) हरि प्रसाद निरौला (कक्रोज ) तथा लोक गायक भगवान भण्डारी समेत नेपाल बाट आएका छन् l 

३ दिन सम्म चल्ने कार्यक्रम रहेता पनि मार्च ३१ तारिख साँझ ५ बजे देखि प्रतिनिधिहरुको दर्ता तथा साँझ सांस्कृतिक कार्यक्रम रहेको थियो l आज अप्रिल १ तारिख शनिबार बिहान १० बजे भनिएता पनि कार्यक्रम डेढ़ घन्टा पछि सूरू गरिएको थियो । 

कार्यक्रम तथा अन्य कार्यक्रमहरु दिन भरि चल्ने छ  र मन्तब्य राख्ने कार्यक्रम जारी रहेको छ l अप्रिल २ तारिखका दिन नया कार्यकारी समितिको लागि निर्वाचन तथा नेतृत्व चयन हुने छ l र आइतबार १ बजे अधिवेसन समापन हुने छ l 

द्वितीय उपाध्यक्ष जीवन जोसीले स्वागत मन्तव्य राखेका थिए भने अतिथीलाई बिल्ला बितरण गरिएको थियो । कार्यक्रम सुरुमा नेपाली राष्ट्रिय गीत तथा अमेरिकन  राष्ट्रिय गीत बजाईएको थियो l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु