२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

विदेशमा मःम बेचेर चितवनको चेपाङ बालबालिकालाई सहयोग

१० जेष्ठ २०७४, बुधबार ०३:२१

(नारायण ढुंगाना) | जेठ १०, रत्ननगर (चितवन) | अस्ट्रियामा रहेको एक दम्पत्ती इलमर मुलर र मायाँ मुलरले भूकम्पलगत्तै विपत्तिमा परेकालाई सहयोग जुटाउने अभियान थाले । 

चितवनको माडीकी मायाँ र उनका श्रीमान् अस्ट्रियाका इलमर मुलरलाई नेपालमा भएको प्राकृतिक विपत्तिले मन छोयो । उनीहरुले मार्कुसलगायत केही साथीहरुलाई जम्मा गरेर तत्कालै एउटा संस्था बनाए, ‘धन्यवाद नेपाल हिल्फे ।’ 

उक्त संस्थामार्फत अस्ट्रियामा विशेष उत्सवका बेला मःम र समोसा बेचेर आर्थिक सङ्कलन सुरु गरे । त्यही कामबाट आएको रकमले नेपालका विभिन्न क्षेत्रमा पीडामा परेकालाई सहयोग गर्न थाले । यो क्रम आजसम्मै जारी छ । त्यो बेला भूकम्पमा ज्यान गएकाका परिवारलाई सहयोग गर्ने थियो, अब निरन्तर विपन्नलाई सहयोग गर्ने सोच बनाएको मायाँको भनाइ छ । 

मङगलबार उनीहरुले चितवनको रत्ननगरस्थित चेपाङ बालबालिकाका लागि रु तीन लाख पाँच हजारभन्दा बढीका विभिन्न सामग्री सहयोग गरेका छन् । सहयोग गर्न अस्ट्रियाबाट इलमर मुलर आफैँ आउनुभयो । 

उहाँले रत्ननगरमा रहेको गाँमबेसी चेपाङ केन्द्रमा बसेर अध्ययन गर्न थालेका बालबालिकालाई दुई तह भएको १५ थान फलामे ओछ्यान र विभिन्न खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभयो । उक्त सामग्री रु तीन लाख पाँच हजारको रहेको स्थानीय समाजसेवी शिरलाल परियारको भनाइ छ । परियारका अनुसार आज श्ययासहित चामल, नुन, चिउरा, भूजालगायत सामग्री सहयोग गरिएको छ । 

यसअघि उनीहरुले ती बालबालिकाका लागि १०–१२ लाखबराबरको डाइनिङ हल, भान्छाकोठा निर्माण गरेका छन् भने पटकपटक खाद्यान्न सहयोग तथा लत्ताकपडा सहयोग गरेका सो क्रममा जानकारी दिइएको थियो । सामग्री हस्तान्तरणपछि इलमर मुलरले आफ्नो देशमा साथीहरु मिलेर सङ्कलन गरेको रकम ल्याएर नेपालका विपन्न चेपाङलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

इलमरले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । उक्त कार्यक्रमलाई लायन्स क्लब अफ चितवन सौराहा र लियो क्लब अफ चितवन सौराहाले संयोजन गरेको हो । सौराहा लायन्सकी इलेक्टेड प्रेसिडेन्ट सुजाता विष्टले विदेशमा मम र समोसा बेचेर नेपालका विपन्नलाई सहयोग गर्ने अभियानको प्रशंसा गर्नुभयो । 

सो क्रममा अर्का समाजसेवी सन्तबहादुर केसीले उनीहरुका लागि रु पाँच हजार रकम सहयोगसमेत गर्नुभयो । सो क्रममा सौराहा लियोका अध्यक्ष भीम अधिकारी तथा सन्तबहादुर केसीले विपन्नलाई सहयोग गर्नु आफैँमा महत्वपूर्ण भएको प्रतिक्रिया दिनुभयो । 

इलमर र मायाँ मुलर मिलेर यसअघि चितवनका कविलासस्थित चौकीडाँडा, माडी, शक्तिखोर र काभ्रेमा जस्तापाता, खाद्यान्न पनि सहयोग गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ