२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

विदेशमा मःम बेचेर चितवनको चेपाङ बालबालिकालाई सहयोग

२०७४, १० जेष्ठ बुधबार ०३:२१

(नारायण ढुंगाना) | जेठ १०, रत्ननगर (चितवन) | अस्ट्रियामा रहेको एक दम्पत्ती इलमर मुलर र मायाँ मुलरले भूकम्पलगत्तै विपत्तिमा परेकालाई सहयोग जुटाउने अभियान थाले । 

चितवनको माडीकी मायाँ र उनका श्रीमान् अस्ट्रियाका इलमर मुलरलाई नेपालमा भएको प्राकृतिक विपत्तिले मन छोयो । उनीहरुले मार्कुसलगायत केही साथीहरुलाई जम्मा गरेर तत्कालै एउटा संस्था बनाए, ‘धन्यवाद नेपाल हिल्फे ।’ 

उक्त संस्थामार्फत अस्ट्रियामा विशेष उत्सवका बेला मःम र समोसा बेचेर आर्थिक सङ्कलन सुरु गरे । त्यही कामबाट आएको रकमले नेपालका विभिन्न क्षेत्रमा पीडामा परेकालाई सहयोग गर्न थाले । यो क्रम आजसम्मै जारी छ । त्यो बेला भूकम्पमा ज्यान गएकाका परिवारलाई सहयोग गर्ने थियो, अब निरन्तर विपन्नलाई सहयोग गर्ने सोच बनाएको मायाँको भनाइ छ । 

मङगलबार उनीहरुले चितवनको रत्ननगरस्थित चेपाङ बालबालिकाका लागि रु तीन लाख पाँच हजारभन्दा बढीका विभिन्न सामग्री सहयोग गरेका छन् । सहयोग गर्न अस्ट्रियाबाट इलमर मुलर आफैँ आउनुभयो । 

उहाँले रत्ननगरमा रहेको गाँमबेसी चेपाङ केन्द्रमा बसेर अध्ययन गर्न थालेका बालबालिकालाई दुई तह भएको १५ थान फलामे ओछ्यान र विभिन्न खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभयो । उक्त सामग्री रु तीन लाख पाँच हजारको रहेको स्थानीय समाजसेवी शिरलाल परियारको भनाइ छ । परियारका अनुसार आज श्ययासहित चामल, नुन, चिउरा, भूजालगायत सामग्री सहयोग गरिएको छ । 

यसअघि उनीहरुले ती बालबालिकाका लागि १०–१२ लाखबराबरको डाइनिङ हल, भान्छाकोठा निर्माण गरेका छन् भने पटकपटक खाद्यान्न सहयोग तथा लत्ताकपडा सहयोग गरेका सो क्रममा जानकारी दिइएको थियो । सामग्री हस्तान्तरणपछि इलमर मुलरले आफ्नो देशमा साथीहरु मिलेर सङ्कलन गरेको रकम ल्याएर नेपालका विपन्न चेपाङलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

इलमरले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । उक्त कार्यक्रमलाई लायन्स क्लब अफ चितवन सौराहा र लियो क्लब अफ चितवन सौराहाले संयोजन गरेको हो । सौराहा लायन्सकी इलेक्टेड प्रेसिडेन्ट सुजाता विष्टले विदेशमा मम र समोसा बेचेर नेपालका विपन्नलाई सहयोग गर्ने अभियानको प्रशंसा गर्नुभयो । 

सो क्रममा अर्का समाजसेवी सन्तबहादुर केसीले उनीहरुका लागि रु पाँच हजार रकम सहयोगसमेत गर्नुभयो । सो क्रममा सौराहा लियोका अध्यक्ष भीम अधिकारी तथा सन्तबहादुर केसीले विपन्नलाई सहयोग गर्नु आफैँमा महत्वपूर्ण भएको प्रतिक्रिया दिनुभयो । 

इलमर र मायाँ मुलर मिलेर यसअघि चितवनका कविलासस्थित चौकीडाँडा, माडी, शक्तिखोर र काभ्रेमा जस्तापाता, खाद्यान्न पनि सहयोग गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु