८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अमेरिकाले १ हजार ३६५ जना नेपालीलाई निष्कासन गर्दै, सेनाकै विमान प्रयोग हुने

अमेरिकाले आफ्नै सेनाको विमानमा हालेर आप्रवासीहरुलाई नेल र हत्कडी लगाएर देशबाट निस्कासन गर्ने
१६ माघ २०८१, बुधबार १६:०५

काठमाडौँ । अमेरिकाको अमेरिकाको अध्यागमन कार्यालयले  सार्वजनिक गरेको विवरण अनुसार एक हजार ३६५ जना नेपालीलाई अमेरिकाले निस्कासन गर्ने भएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर लखेट्ने प्रक्रिया जारी राखेपछि निष्कासनमा पर्नेहरुमा नेपालीको संस्ख्या पनि तोकिएको हो ।

अमेरिकाले आफ्नै सेनाको विमानमा हालेर आप्रवासीहरुलाई नेल र हत्कडी लगाएर देशबाट निस्कासन गर्नेछ । सार्वजनिक विवरण अनुसार अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या तोकिएको छ ।

ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् । ट्रम्पले शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् ।

नेपालका धेरै युवाहरु विद्यार्थी भिसामा, वर्क भिसामा वा गैरकानुनी रूपमा अमेरिका पुगेका थिए । कडाइका कारण अवैध रूपमा बसेका नेपालीहरूमध्ये केहीलाई निष्कासन गर्ने प्रक्रिया अघि बढाइएको हो ।

सन् २०१९ मा, अमेरिकी सरकारले अदालतको प्रक्रियाबिना नै दुई वर्षभन्दा कम समयदेखि अमेरिकामा रहेका अवैध आप्रवासीहरूलाई तत्काल निष्कासन गर्न सकिने नयाँ नियम लागू गरेको थियो।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने नीति अझ कडा पार्ने घोषणा गरेका थिए । उनले अमेरिकामा जन्मिने शिशुहरूलाई प्रदान गरिने जन्मसिद्ध नागरिकताको अधिकार समाप्त गर्ने योजना पनि सार्वजनिक गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता