भदौ १३, कतार | सुदुर पश्चिम   सेवा समाज कतार को आयोजना मा र्राष्ट्रिय  कलाकार  तथा स्थानीय  कलाकार को साथ मा गौरा पर्व को अवसर हुन लागेको &nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, कतार | सुदुर पश्चिम   सेवा समाज कतार को आयोजना मा र्राष्ट्रिय  कलाकार  तथा स्थानीय  कलाकार को साथ मा गौरा पर्व को अवसर हुन लागेको &nb"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा गौरा पर्व ! सम्पूर्ण तयारी पुरा

२०७४, १२ भाद्र सोमबार २३:४९

भदौ १३, कतार | सुदुर पश्चिम   सेवा समाज कतार को आयोजना मा र्राष्ट्रिय  कलाकार  तथा स्थानीय  कलाकार को साथ मा गौरा पर्व को अवसर हुन लागेको  कार्यक्रम को सम्पुर्ण  तयारी  पूरा भएको छ । 

यहि आउदो अक्टोबर ८ तारीख  शुक्रवार बार का दिन  दोहा स्थित गल्फ प्याराइजन होटेल को साभा हल मा हुने भएको छ । कार्यक्रम  मा र्राष्ट्रिय   दोहोरी गायिका देबिका केसि का साथ नेपाल बाट अतिथि कलाकार  दोहोरी गायिका अनिता  चलाउने , लोक दोहोरी गायक टंक तिमेल्सेना जापान् बाट लोक दोहोरी गायक दिलेन्द जोशी  का साथ कतार मा रहेका लोक दोहोरो गायक गङ्गा दत्त गिरि हास्य  कलाकार राम बाबू बोहरा का साथै सु प सास्कृतिक परिवार का कलाकार  हरु  लगायत कतार का विभिन्न संघ सस्था का कलाकार को बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक प्रेम चलाउने ले जानकारी  दिनु भएको छ।

के हो त गौरा पर्व ? 

पुर्व का फाट हरु मा यो गौरा भने पछि अनौठो  लाग्न सक्छ  तर नेपाल सरकार  ले  नै मान्यता दिएको एक र्राष्ट्रिय  चाड तथा सुदूरपश्चिमाञ्चलको धार्मिक एवं साँस्कृतिक पर्व हो । यो पर्वको पहिलो दिन बिरुडा पंचमीमा गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा 'बिरुडा' अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडा नै अक्षता र प्रसादका रूपमा प्रयोग हुन्छ । बिरुडा भिजाएको तेस्रो दिन महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रति-मूर्ति बनाई गौराघरमा भित्र्याउँछन् । बिबिध धार्मिक अनुष्ठानका साथ गौरालाई गौराघरमा भित्र्याइ सकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा हुन्छ । यस पछि विसर्जन नगरिएसम्म गौराघर नजिकको चौरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक- आस्था र आपसी-सद्भाव बढाउन मद्दत पु-याउने मात्र नभई यस पर्बमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने तथा ईष्ट-कुलदेवता प्रसन्न हुने जनविश्वास छ । 

निख्रिदो झरिसंगै पन्चान्न ( पाँच अन्न )को बिरुडा उमारेर गौराको सांस्कृतिक यात्रा शुरु हुन्छ । भाद्र शुक्ल अष्टमी भन्दा अघि नै अगस्त उदय भएकोमा बाहेक सामान्यतया भाद्र शुक्ल पक्षमा यो चाड पर्दछ । गौरा एकादसि ( पुत्रदा एकादसि ) बाट नै यो पर्बका अनुष्ठान शुरु हुने भए पनि बिरुडा पञ्चमीदेखी भने प्रत्येक घर आगनमा गौराको रमझम आइसकेको हुन्छ । 

दसैको जमरा जत्तिकै गौराको बिरुडालाइ पनि सौभाग्यसुचक मानिन्छ । कैलाशपतिकी अर्धांगिनि एबम् हिमालयकी पुत्री पार्बती यो गौरा पर्बको अबसरमा माइत आउछिन भन्ने बलियो जन बीश्वास छ । वास्तवमा हाम्रो देश सीता र पार्बतिको माइति देश पनि हो । प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुन ले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणहरू मारिदिए पछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेपछि सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा यो पर्व मनाउन थालिएको भन्ने भनाइ समेत छ ।

 यहीँ  अवसरमा   पुर्बी खाडी मुलुक कतार मा कार्यरत  सु प बासी को साझा सस्था  सु प सेवा समाज कतार ले  पनि विभिन्न  सास्कृतिक कार्यक्रम  सङै नेपाल तथा जापान बाट आतिथी कलाकार  को साथ मा विभिन्न सास्कृतिक कार्यक्रम को आयोजना  गर्दै  भब्य रुप मा मनाउन लागेको छ   । कतार मा सस्थापित विभिन्न  संघसस्था ,बुद्धिजिबि ,पत्रकार      लगायत सम्पुर्ण  लाई  निमन्त्रणा पत्र  पठाई सकेको जानकारी दिदै कार्यक्रम संयोजक प्रेम चलाप्रेम ले   प्राबिधिक समस्य का कारण निमन्त्रणा पत्र नपुग्न गएमा यहि समाचार  लाई आधार मानी  उपस्थिति का लागि अनुरोध समेत गरेका छ्न।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा