२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

लौ आयो – २०७४ भदौ २१ गते – बैदेशिक रोजगारीको सबै डिमाण्डहरु (बिज्ञापन)

२१ भाद्र २०७४, बुधबार ०२:४०

बिज्ञापन सामग्री | यो दैनिक अपडेट हुने बिज्ञापन सामाग्री बिभिन्न म्यानपावरमा नेपाली कामदारहरुको माग भए अपडेट हुने गर्दछ । यो सामग्री पर्वर्धनात्मक उध्यश्यले अपडेट गरिएको छ । देशका कुना-कुनामा रहेका तपाइँहरुलाई दैनिक अपडेट सहज होस् भन्ने उध्यश्यले यो सामग्री अपडेट गरिएको अवगत गराउन चाहन्छु । डिमाण्डहरु दैनिक पत्रिका तथा अनलाइनमा अपडेट हुने गर्छन । आफुलाई मन पर्ने डिमाण्ड छानी त्यसबारे राम्ररी बुझेर मात्र बैदेशिक रोजगारीमा जानको लागि हाम्रो बिशेष अनुरोध छ । 

तपाईलाई हेर्न सजिलो होस्य भन्ने हेतुले तल धेरै डिमाण्डहरुलाई एकैपटक अपडेट गर्ने प्रयास गरिएको छ । कुनैपनि बैदेशिक रोजगारीमा जानुपूर्व सोचेर बुझेर मात्र जान अनुरोध गर्दछौं । विदेश जानु अघि उपयुक्त तालिम लिएर मात्र बैदेशिक रोजगारीमा जान हाम्रो सुझाव छ । साथै आफ्नो रोजाईमा परेको डिमाण्ड अनुसार उक्त कम्पनीबारे बिभिन्न तरिकाले राम्ररी बुझ्ने प्रयास गर्नुहोस जसको लागि म्यानपावर, सम्बन्धित देशमा रहेका साथी वा कम्पनीलाई गुगलमा खोजेर बुझ्न सकिन्छ । हामीलाई हेर्नुभएकोमा बिशेष धन्यवाद | तलका डिमाण्ड हेर्नुहोस् |  

तल हेर्नुहोस् बिभिन्न देशका डिमाण्डहरु:- 

१. Saudi Arabia 


२. UAE 


३. Poland 

४. UAE 


५. Bahrain 


६. Poland


बैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुले थाहा पाउनुपर्ने कुराहरु :

क) उमेर र विवरण
१८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारीको प्रक्रिया अवलम्बन गर्नुपर्छ । रोजगारीमा जानेक्रममा झुटा विवरण वा कागजात पेश गर्नुहुँदैन ।

ख) संस्थागत पहल
वैदेशिक रोजगारको निमित्त अनुमति प्राप्त गरेका एजेन्सीहरुसँग मात्र वैदेशिक रोजगारीमा जाने सम्बन्धी कारोबार गर्नुपर्छ । संस्थासँग व्यक्तिगत तवरले जानेगरी काम कारवाही गर्न हुँदैन । व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जान चाहनेले वैदेशिक रोजगार विभागको स्वीकृति प्राप्त गर्नुपर्छ ।

ग) आवश्यक प्रमाणहरु सुरक्षित राख्नुपर्ने
वैदेशिक रोजगारको निमित्त जानेक्रममा वैदेशिक रोजगार एजेन्सीलाई रकम बुझाएपछि रसिद लिई सुरक्षित राख्नुपर्छ । वैदेशिक रोजगारीको निमित्त एकमुष्ट वा किस्तामा रकम बुझाएको भएमा कुन किस्ता वापत् कति र कम बुझाएको हो सो समेतको निस्सा लिनुपर्छ । बुझाएको रकम र प्राप्त रसिदमा रकम फरक परे, नपरेको यकिन गरी गरी वास्तविक तिरेको रकम जनाएको रसिद लिनुपर्छ । रसिदमा सम्बन्धित एजेन्सीको छाप भए नभएको र बुझिलिनेको दस्तखत भए नभएको जाँची लिनुपर्छ।राहदानी, भिसा, श्रम स्वीकृति, करारपत्र, तालिमहरुको प्रमाणपत्र, रकम बुझाएको रसिदहरु, बिमा, स्वास्थ्य परीक्षण आदिको कागजात आफूसँग सुरक्षित राखी त्यसको फोटोकपी घर परिवारका व्यक्तिहरु वा भरपर्दो अभिभावकलाई छोड्नुपर्छ ।

घ) तालिम तथा सुरक्षा
वैदेशिक रोजगारीमा जाने कामको लागि कुनै सीपमूलक तालिम आवश्यक भए त्यस्तो तालिम लिएको हुनुपर्ने र मान्यता प्राप्त संस्थाबाट अभिमुखीकरण तालिम हासिल गर्नुपर्छ । वैदेशिक रोजगारीमा जाने क्रममा गर्नुपर्ने बिमा तथा कल्याणकारी कोषमा अनिवार्य रुपमा रकम जम्मा गर्नुपर्छ । एजेन्सी वा कोही कसैबाट वैदेशिक रोजगारी सम्बन्धी विषयमा गलत वा ठगी गर्न लागेको शंका लागेमा वा त्यसो भए गरेमा वैदेशिक रोजगार विभाग वा नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरीमा तुरुन्त खबर गर्नुपर्छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिले अनुमति लिएको अवस्थामा बाहेक अन्य मुलुकको मार्ग प्रयोग गरी वैदेशिक रोजगारीमा जान हुँदैन । वैदेशिक रोजगारीको निमित्त विदेश प्रस्थान गर्नु पूर्व वैदेशिक रोजगार विभागबाट राहदानीमा श्रम स्वीकृतिको स्टिकर लगाएको हुनुपर्छ ।

ङ) पूर्व तयारीको अवलम्बन
वैदेशिक रोजगारमा जाने नेपालीले अनुमतिको अवधि पश्चात् नियमानुसार म्याद थप नगरी अवैधानिक रुपमा विदेशमा बस्न वा काम गर्न हुँदैन । वैदेशिक रोजगारीको क्रममा भएको सम्झौता अनुसारको अवधिभित्र करा भंग नभएसम्म उक्त कार्य छाडी अन्यत्र काम गर्न वा बिना स्वीकृति काम छाडी अन्यत्र जान हुँदैन ।

च) क्षतिपूर्ति
कुनै कारणले विदेशबाट असमयमा फर्कनु परेमा वैदेशिक रोजगार विभाग र पठाउने एजेन्सीमा फिर्ता आएको १५ दिन भित्रमा जानकारी गराउनु पर्छ ।

छ) विदेशमा सम्पर्क र समन्वय
नियम अनुसार वैदेशिक रोजगारीमा गएपछि उक्त मुलुकमा रहेको नेपाली दुतावास, वा नियोग वा श्रम तथा यातायात व्यवस्था मन्त्रालयले तोकेको सम्बद्ध संस्थामा सम्पर्क कायम गरी आफू आएको जानकारी गराउनु पर्नेछ । वैदेशिक रोजगारको क्रममा समस्या आएको अवस्थामा उक्त निकायमा जानकारी गराउनु पर्नेछ ।

ज) वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जानु हुँदैन ।

झ) वैदेशिक रोजगारमा जानुपूर्व अभिमुखीकरण तालिम लिनुपर्छ र जान लागेको देश, आफूले गर्ने काम र पाउने पारिश्रमिकबारे राम्ररी जानकारी लिई जानुपर्छ ।

ञ)स्वास्थ्य परीक्षण, जीवन बिमा, दुर्घटना बिमा विदेशमा काम गर्न जानु पूर्व अनिवार्य रुपमा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता