2026-10-18 01:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रवासको कमाइले स्वदेशमा समाजसेवा, एक दशकमा डेढ करोडभन्दा बढी सहयोग

प्रकाश धौलाकोटी। असोज ५, तेह्रथुम। तेह्रथुमको सोल्मामा जन्मिएर हाल अष्ट्रेलियामा कार्यरत राधिका पोखरेलले जन्मभूमिको सेवाका लागि रु डेढ करोडभन्दा बढी खर्च गर्नुभएको छ । 

सानै उमेरदेखि गीत–संगीत र समाजसेवामा रुचि राख्ने पोखरेलले अष्ट्रेलियामा कमाएको पैसा जन्मभूमिको सेवामा खर्च गरिरहनुभएको छ । 

सामाजिक क्षेत्रमा सहयोगकै लागि करिब एक दशकको अवधिमा रु डेढ करोडभन्दा बढी खर्च भइसकेको पोखरेलले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएकालाई उपचार, विपन्न र अनाथ बालबालिकाको पढाइ, छात्रवृत्ति पुरस्कारका लागि अक्षय कोषदेखि खेलकुद, मेला महोत्सवलाई समेत पोखरेलले आर्थिक सहयोग गर्नुहुन्छ । 

जिल्ला अस्पतालमा मृत्यु भएका, मृत्यु भएर पोष्टमार्टमका लागि ल्याइएका अतिविपन्न, अनाथहरुलाई दाहसंस्कार र परीक्षणका लागि खर्च रु पाँच हजार सहयोग गर्दै आउनुभएको छ । 

उहाँले गाउँबस्तीका गरिब दुःखीलाई मात्र सहयोग गर्नुभएको छैन, नेकपा (एमाले) का नेता स्व जीवराज आश्रितकी पत्नी माया ज्ञवालीलाई छहारीसमेत लगाइदिनुभएको छ । 

आश्रितको मृत्युपछि एक्लिएकी मायालाई सुरक्षित बासका लागि घर निर्माण गर्न पोखरेलले व्यक्तिगतरुपमा रु २७ लाख सहयोग गर्नुभएको छ । आफूले कमाएको सम्पत्तिको केही अंश समाजसेवामा खर्च गरे शान्तिको श्वास फेर्न सजिलो हुने पोखरेलको भनाइ छ । 

उहाँले रेडियो मेन्छ्यायेम भवन निर्माणका लागि रु दुई लाख, पतालेश्वर महादेव मन्दिर निर्माणका लागि रु १० लाख, पिंगुवा खोला नजिकै मलामी पाटी तथा खाजाघर निर्माणका लागि रु पाँच लाखभन्दा बढी सहयोग गर्नुभएको छ । 

पोखरेलले जिल्लाको पत्रकारिताको विकासदेखि नेपाल पत्रकार महासंघ, तेह्रथुम शाखामा रु एकलाख एकहजार १११ को अक्षयकोष स्थापना गर्नुभएको छ । 

उहाँले आफूले पढेको रत्न मावि, सोल्मामा रु दुई लाख एकहजार १११ र कालिका मावि जिरीखिम्तीमा रु दुईलाख एक हजार १११ को छात्रवृत्ति अक्षयकोष पनि खडा गर्नुभएको छ । 

यस्तै, झापा माईधारको वृद्धाश्रमलाई रु एक लाख ५० हजार, म्याङ्लुङका अग्निपीडितलाई रु एकलाख र रेडक्रस जिरीखिम्तीको भवन निर्माणका लागि रु एक लाख नगदै सहयोग गर्नुभएको छ । 

पोखरेलले जिल्लामा हुने करिब एक दर्जन खेलकुद कार्यक्रममा वर्षेनी पुरस्कार प्रायोजन गरेर सहयोग पु¥याउनुभएको छ । सोल्माकी पदमकुमारी गुरुङलाई आँखा उपचारका लागि पोखरेलले रु ७५ हजार सहयोग गर्नुभयो । अहिले गुरुङ आँखा देख्नसक्ने हुनुभएको छ । 

मोराहाङको सिद्धेश्वर माविमा पढ्ने विद्यार्थी सुरेश खत्रीको ढाडमा पलाएको मासुको पोकोको शल्यक्रियाका लागि पोखरेलले रु ५० हजार सहयोग गर्नुभएको थियो । करेन्ट लागेर घाइते सोल्माका नरसिंह लिम्बूलाई उपचारका लागि रु २० हजार, सुदापका मिर्गौला पीडित नगेन्द्र घोर्सानेलाई रु २० हजार, सुङ्नामकी सावित्रा संग्रौलालाई रु २० हजार, हमरजुङका पेटका रोगी धनबहादुर बुढाथोकीलाई रु २० हजार सहयोग गरेको पोखरेलले बताउनुभयो । 

पोखरेलले हमरजुङका झुप्पबहादुर रोकाको साहुकहाँ बन्धक रहेको खेत उकास्न रु २१ हजार सहयोग गर्नुभएको छ । यस्तै, म्याङ्लुङ र जिरीखिम्ती क्याम्पसलाई रु एक–एक लाख, सिन्धुपाल्चोकमा मन्दिर निर्माणका लागि रु तीन लाख, पेण्टागन कलेज, काठमाडौँलाई रु ५० हजार सहयोग गर्नुभएको छ । 

अब छिट्टै सदरमुकाम म्याङ्लुङमा एउटा बाल तथा वृद्ध आश्रम खोल्ने आफ्नो लक्ष्य रहेको पोखरेलले बताउनुभयो । आश्रमका लागि रु ६५ लाखमा पाँच रोपनी जमिनसमेत खरिद गरिएको छ । 

“समाजसेवा मेरो रुचि हो, म रहुन्जेल गरिरहन्छु”, उहाँ भन्नुहुन्छ, “सबैले आफूले कमाएको केही प्रतिशतमात्रै समाजसेवामा खर्च गर्ने हो भने धेरैको उद्धार गर्न सकिन्छ ।” अष्ट्रेलियामा कार्यरत पोखरेलले सञ्चार माध्यमबाट आउने विभिन्न समाचारका आधारमा पीडितलाई सहयोग गर्ने गरेको बताउनुभयो । 

जिल्लामा उहाँको सम्पर्क व्यक्तिका रुपमा पत्रकार भगिश्वर लिम्बू क्रियाशील हुनुहुन्छ । पोखरेलले सामाजिक क्षेत्रको सेवाकै लागि करोडाँै रुपैयाँ खर्च गरेर धन हुने अरुहरुलाई पनि प्रेरित गर्नुभएको पत्रकार लिम्बूले बताउनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु