विजय थापा | हरेक बर्षको अक्टोबर ३१ तारिखमा मनाइने हलोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले पनि मनाएका छन् l बिशेष गरि अमेरिकामा जन्मेका दोस्रा पुस्ता को साथै सानो उमेरमा अमेरिका आएर पढ्न थालेका बालबालिका, किशोर किशोरीहरु तथा उनका साथमा हिडेका अभिभावकहरुले पनि मनाएका छन् &n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | हरेक बर्षको अक्टोबर ३१ तारिखमा मनाइने हलोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले पनि मनाएका छन् l बिशेष गरि अमेरिकामा जन्मेका दोस्रा पुस्ता को साथै सानो उमेरमा अमेरिका आएर पढ्न थालेका बालबालिका, किशोर किशोरीहरु तथा उनका साथमा हिडेका अभिभावकहरुले पनि मनाएका छन् &n"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपालीले पनि हलोविन पर्व मनाए, हलोविन के हो ? र किन मनाइन्छ ?

२०७४, १५ कार्तिक बुधबार ०३:४७

विजय थापा | हरेक बर्षको अक्टोबर ३१ तारिखमा मनाइने हलोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले पनि मनाएका छन् l बिशेष गरि अमेरिकामा जन्मेका दोस्रा पुस्ता को साथै सानो उमेरमा अमेरिका आएर पढ्न थालेका बालबालिका, किशोर किशोरीहरु तथा उनका साथमा हिडेका अभिभावकहरुले पनि मनाएका छन्  l 

अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायले पनि मनोरन्जन पूर्वक मनाउन थालेका छन् l नेपालमा तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भनि मस्त संग हलोविन पर्व मनाएका छन् l आफ्ना छर छिमेक र नजदिक पर्ने ठाउमा गै २०१ ७ को हलोविन पर्व हर्सौल्लासका साथ मनाएका छन् l 


विभिन्न भूतप्रेतको पोसाकमा आएका बालबालिकालाई घर धनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई अजुली भरि दिएका छन् l अमेरिकाको बिभिन्न राज्यहरुमा रहेका नेपाली समुदायका बालबालिकाहरुले देउसी भैलो खेल्नुका साथै हेलोविन पनि खेलेका छन्  l हेलोविन खेल्न आउनेलाई केवल मिठाई मात्र दिनु पर्छ  l यसरी बालबालिका खेल्न जाँदा उनीहरुको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरुको साथमा अभिभावक पनि आएका छन् l 

घरबेटीले अन्य खाने कुराहरु दिनु पर्दैन l नेपालको तिहारको समय र हेलोविन को समय कहिलेकाही एक दुई दिनको फरकमा पर्न जान्छ l बालबालिकाले काला, सेता बस्त्र, भूत पर्यटक, होलिका, भोजमा लगाईने बिशेष पोशाकमा घर दैलोमा आई मिठाई मागी मनोरंजन गर्दछन l 

हलोविन के हो ? र किन मनाइन्छ ?


हलोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै देशहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन इसाईहरूको एक चाड हो। हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ।

गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यी बाहेक अरु देशमा पनि मनाइन्छ ।

यो चाड मनाउने देशको संख्या बढ्दो छ। आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।

हलोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौ शताब्दीमा प्रयोग गरिएको हो भने स्कट ल्याण्डमा All-Hallows’-Even (“evening”) को मतलब अर्थात् हेलोविन रात्री भन्दा अगाडी हो l यो आत्मा दिवस को पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने