२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूयोर्कमा नेपालको लागि बिदेशी कलाकारले यसरी गीत समर्पण गरे

२६ कार्तिक २०७४, आईतवार ०३:०५

विजय थापा/कात्तिक २६, अमेरिका l न्यूयोर्कमा विदेशीले असल कारणको लागि नेपालको लागि आयोजना गरेको बिशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ l गत नोभेम्बर ९ तारिख बिहिबारका दिन भएको उक्त कार्यक्रममा न्यूयोर्क स्थित महाबाणिज्य दुताबासका नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीलाई प्रमुख अतिथि रहनु भएको थियो l 


प्रमुख अतिथि मरासिनीले प्रमुख अतिथिको तर्फ बाट आफ्नो छोटो मन्तब्य राख्दै आफु न्युयोर्क आएको करिव ३ महिना मात्र भएको जानकारी दिनु भयो l वहाले अगाडी भन्नु भयो, यहाँका मानिसले नेपाललाई धेरै माया तथा समर्थन गर्नु हुने रहेछ भन्ने कुरा आफुले महसुस गरेको बताउनु भयो l नेपालको लागि कोष वृद्धि कार्यक्रम भएता पनि कार्यक्रममा बिदेशी कलाकारले नेपालको लागि समर्पण गर्दै गीत रचना गरि गाएका थिए l 

पोर्चुगलका प्रख्यात गायक सोफिया रिबेरो तथा बिट बक्सर रिजुमिकले कुनै एक शब्द भन्नुस ,र हामी त्यसमा एकाएक गीत बनाउछौ भनि दर्शकलाई सोधे पछि "नेपाल "भने पछि उनीहरुले नेपाल सम्बन्धि गीत बनाएर गाएका थिए l नेपालको लागि गाईएको गीत सुने पछि आफ्नो हृदय छोएको प्रमुख अतिथि मरासिनी ले बताउनु भयो l 

कार्यक्रममा झन्डै १ सय जति बिदेशीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा सन् २०१५ मा नेपालमा गएको भूकम्पको श्रब्य दृश्य देखाईएको थियो l र उक्त संस्थाकि संस्थापक क्याटेरय्नाले जेम्स्कोभा ले प्रस्तुति गरेकी थिइन् l 

क्याटेरय्नाले नेपालमा भूकम्प गएको झन्डै अढाई बर्ष बिति सक्दा पनि अझ मानिसहरु गाउँ घरमा घर पुनर्निर्माण गर्न सकेका छैनन् l अझ पनि उनीहरु अस्थाई टहरामा बस्न बाध्य छन् भनिन l उनले अगाडी भनिन इट्टा र सिमेन्ट को घर निर्माण गर्न महँगो पर्ने हुनाले निर्माण गर्न नसकेको बताईन l 

उनले थप जानकारी दिदै अर्थ ब्याग पद्धति सुरक्षित ,दिगो ,आर्थिक बहन गर्न सकिने भएको बताउदै केवल $ ३ हजार डलरमा निर्माण गर्न सकिने दाबि गरिन l उनले अझ प्रकाश पर्दै समस्या भनेको उनीहरु यस बिषयमा अनविज्ञ रहेको बताइन l 


कार्यक्रममा ४ जना महिला नमुना (मोडल )द्वारा भेषभुषाको प्रदर्शन गरिएको थियो भने नर्वेका प्रसिद्ध भेषभुषा ढाचाकार लैला हाफ्जी ले वस्त्र प्रदान गरेका थिए l उनको काठमाडौँ नेपालमा कारखाना रहेको छ l 

कार्यक्रममा उपस्थित हुनेहरुमा बिदेशी कलाकार सो प्रानोस -फेडेरिको क्यासेलुसिओ तथा अन्य समुदायहरुका रहेका थिए l 

उक्त कोष वृद्धि कार्यक्रम “गुड अर्थ नेपाल”ले आयोजना गरेको थियो l नेपालमा भूकम्प पछि सुरक्षित ,स्थाई घर तथा बिद्यालय निर्माण गर्न “अर्थ ब्याग ” नया पद्धति द्वारा बनाई रहेको बिदेशी द्वारा स्थापित उक्त गुड अर्थ नेपाल ,न्युयोर्कमा आधारित मुनाफा रहित संस्था हो भने यस्को मुख्य सदरमुकाम काठमाडौँ रहेको छ l 

गुड अर्थ नेपालले पृथ्वीब्याग प्रविधि प्रयोग गरेर घर, विद्यालय र उपचार कक्षहरु (क्लिनिक)हरू सुरक्षित र स्थायी बनाउदछ l यसले स्थानीय समुदायहरूलाई कसरी निर्माण गर्ने सम्बन्धि सिकाउदछ l

संस्थाको मुख्य उद्देस्य स्थानीय समुदायका सदस्यहरूसंग समन्वय गरि पृथ्वीब्याग भवनको कला सिकाउनमा ध्यान केन्द्रित गर्दछ l यसको साथै अर्थब्याग घर तथा बिद्यालयका भवन बनाउने ढाचा तथा निर्माण शिक्षाको साथै अर्थ ब्याग घरहरू र बिद्यालहरू ढाचा तथा निर्माण गर्दछ l 

यस्ता प्रकारका नया प्रबिधिका घरहरु गोर्खा ,धादिंग ,नुवाकोट ,मकवानपुर ,सिन्धु पाल्चोक तथा रसुवामा अढाई बर्ष भित्र दर्जनौ घर निर्माण गरेको छ l सन् २०१६ मा नेपाल इन्जिनियर्स संस्थाले अर्थ ब्याग को ढाचालाई पुरष्कृत समेत गरेको छ l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य