१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सागर आलेको कार्यक्रम बहिष्कार गर्ने भनेकै छैनौं’

४ मंसिर २०७४, सोमबार ०९:३७

मंसिर ४, काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडलका टप ४ प्रतियोगी सागर आलेले बेलायतका दर्शकहरुमाझ आफ्नो प्रस्तुति गर्ने भएका छन् ।

आउँदो डिसेम्बर महिनाको १ देखि ३ तारिखसम्म क्रमशः अल्डरसट, फोक्सटन र लण्डनमा सागरको लाइभ प्रस्तुति हुन लागेको हो । शारदा गुरुङ, ज्योति थापा, इन्द्र आले, रुक राना लगायतको टीमले आयोजना गर्न लागेको यो कार्यक्रमका लागि सागरसहित उनका दाइ तथा पोखराको बिग एफए गायन प्रतियोगिता विजेता साजन आले र लोकदोहोरी गायिका इन्द्रकुमारी गुरुङ पनि बेलायत जाँदैछन् । 

यसैबीच, मगर संघ यूकेले बेलायतमा हुने सागरको कार्यक्रमलाई बहिष्कार गर्ने भन्ने हल्ला झुटो रहेको बताएको छ । मगर संघ यूकेका अध्यक्ष नेम थापाले कार्यक्रम आयोजना गर्नुमा संघको संलग्नता नभएको र सागर आलेको कार्यक्रम बहिष्कार गर्ने हल्लामा सत्यता नभएको बताए । 

'कार्यक्रम आयोजना गर्नेमा हामीहरु छैनौं है भनेर भनेको हो', संघका अध्यक्ष थापाले स्पष्ट पारे, 'कुनै कलाकारको कार्यक्रम बहिष्कार गरौं भनेर हाम्रो संस्थाले कदापी भन्दैन ।' संघको भनार्इलाई कतिपयले अपव्याख्या गर्दै संघले बहिष्कार गर्ने भनेर प्रचार गर्नु दुखद रहेको उनको टिप्पणी छ । 

कार्यक्रमको लागि सघाइरहेका एनआरएन यूके युवा संयोजक एलबिजेड गुरुङले पनि कुनै कलाकारको कार्यक्रम बहिष्कार भनेर प्रचारबाजी गरिनु दुखद रहेको बताए । 'हामीले मगर संघका अध्यक्षसँग नै कुरा गर्‍यौं, उहाँहरुले बहिष्कार गर्ने भनेकै हैन भन्नुभएको छ', गुरुङले भने, 'सागर आले हाम्रो सान हो । हल्लाको पछि लाग्नुभन्दा पनि आफ्ना कलाकारहरुको सम्मान र प्रोत्साहन गर्नेतर्फ लाग्न म सबैलाई आग्रह गर्न चाहन्छु ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी