२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कता नेपाली ?’ छोटो भिडियो प्रतियोगिताको लागि आबेदन खुल्ला

२०७४, २० मंसिर बुधबार ०३:०१

मङ्सिर २०, वाशिंगटन डि.सी | गैर सरकारी संस्था कोड फर नेपालले रु. ३०,००० पुरस्कार राशी सहितको एक छोटो भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको शीर्षक "कता नेपाली ?" राखिएको छ | यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा " नेपालीहरु नेपालको भविस्यको बारे कस्तो सपना र सम्भावना देखछन्? " भन्ने  बिषयमा रचनात्मक  छलफल, साथसाथै नेपाली नागरिकबीच बहसको संस्कृति बलियो बनाउने लक्ष्य लिएको छ।

कोड फर नेपालले यस प्रतियोगितामा, नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सो भन्दा माथिका नेपाली भिडियोग्राफरहरु बाट सहभागिताको आशा गरेको छ। भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न पाइनेछ।

प्रतियोगितामा डिसेम्बर ७ – डिसेम्बर ३१, २०१७ को समयाबधि भित्र पेश गरिएका भिडियो मात्र स्वीकार गरिनेछ । प्रतियोगिताका लागि पेश गरिएका प्रस्तुतिहरु www.codefornepal.com/katanepali मार्फत संकलन गरिनेछ। प्रतियोगिताका अन्तिम निर्णय फेब्रुअरी १४,  २०१८ मा घोषणा गरिनेछ|

रोसन घिमिरे, कोड फर नेपालका साझेदारी तथा मिडिया प्रबन्धक भन्छन् "विजेताको चयन मौलिकता तथा भिडियोले दिन खोजेको सन्देशको स्पष्टताका आधारमा हुनेछ” |  घिमिरे भन्छन " हामी सहभागीहरुद्वारा पेश गरिएका फोटो वा भिडियोको स्तरीयता भन्दा तत्व  र भाव लाइ महत्व दिनेछौ |  “ नेपालको जनसंख्या पहिलो पल्ट ठुलो पुस्तान्तर बाट गुज्रिरहेको छ। सचेत युवा वर्गकोको संख्या ठुलो छ, जो आफ्नो धेरै समय सामाजिक संजाल र इन्टरनेटमा  बिताउछन्। यो प्रतियोगिताले  नेपालको उज्ज्वल भबिष्य र नेपालमा  सम्भावना देख्ने सबै सचेत नेपालीलाइ एक ठाउँमा ल्याउने छ।" घिमिरे भन्छन |

प्रतियोगिताका अन्तिम निर्णय फेब्रुअरी १४,  २०१८ मा घोषणा गरिनेछ| भिडियो प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार विजेतालाई रु. २०,००० प्रदान गरिनेछ भने द्वितीय र तृतीय स्थानका विजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

घिमिरे भन्छन् “अहिलेको सुचना प्रबिधिको युगमा, सामाजिक संजालमा हुने सार्थक संबादले नेपाल जस्तो बहुभाषिक, बहुजातीय, बहु सास्कृतिक देशको समाज बलियो बनाउन अहम भूमिका खेल्छ। हामीले आयोजना गरेको "कता नेपाली?" ले  यो  बहसलाइ अझ  बलियो बनाउने छ।"

कोड फर नेपाल नेपालमा डिजिटल साक्षरता तथा खुला डाटाको प्रयोग बढाउनका लागि युनाइटेड स्टेट्स अफ अमेरिकामा दर्ता गरिएको  एउटा  501(c)(3) गैर सरकारी संस्था हो|

थप जानकारीका लागि हाम्रो संचार समूह लाई [email protected] मा सम्पर्क गर्नुहोला |


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा