१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कता नेपाली ?’ छोटो भिडियो प्रतियोगिताको लागि आबेदन खुल्ला

२० मंसिर २०७४, बुधबार ०३:०१

मङ्सिर २०, वाशिंगटन डि.सी | गैर सरकारी संस्था कोड फर नेपालले रु. ३०,००० पुरस्कार राशी सहितको एक छोटो भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको शीर्षक "कता नेपाली ?" राखिएको छ | यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा " नेपालीहरु नेपालको भविस्यको बारे कस्तो सपना र सम्भावना देखछन्? " भन्ने  बिषयमा रचनात्मक  छलफल, साथसाथै नेपाली नागरिकबीच बहसको संस्कृति बलियो बनाउने लक्ष्य लिएको छ।

कोड फर नेपालले यस प्रतियोगितामा, नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सो भन्दा माथिका नेपाली भिडियोग्राफरहरु बाट सहभागिताको आशा गरेको छ। भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न पाइनेछ।

प्रतियोगितामा डिसेम्बर ७ – डिसेम्बर ३१, २०१७ को समयाबधि भित्र पेश गरिएका भिडियो मात्र स्वीकार गरिनेछ । प्रतियोगिताका लागि पेश गरिएका प्रस्तुतिहरु www.codefornepal.com/katanepali मार्फत संकलन गरिनेछ। प्रतियोगिताका अन्तिम निर्णय फेब्रुअरी १४,  २०१८ मा घोषणा गरिनेछ|

रोसन घिमिरे, कोड फर नेपालका साझेदारी तथा मिडिया प्रबन्धक भन्छन् "विजेताको चयन मौलिकता तथा भिडियोले दिन खोजेको सन्देशको स्पष्टताका आधारमा हुनेछ” |  घिमिरे भन्छन " हामी सहभागीहरुद्वारा पेश गरिएका फोटो वा भिडियोको स्तरीयता भन्दा तत्व  र भाव लाइ महत्व दिनेछौ |  “ नेपालको जनसंख्या पहिलो पल्ट ठुलो पुस्तान्तर बाट गुज्रिरहेको छ। सचेत युवा वर्गकोको संख्या ठुलो छ, जो आफ्नो धेरै समय सामाजिक संजाल र इन्टरनेटमा  बिताउछन्। यो प्रतियोगिताले  नेपालको उज्ज्वल भबिष्य र नेपालमा  सम्भावना देख्ने सबै सचेत नेपालीलाइ एक ठाउँमा ल्याउने छ।" घिमिरे भन्छन |

प्रतियोगिताका अन्तिम निर्णय फेब्रुअरी १४,  २०१८ मा घोषणा गरिनेछ| भिडियो प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार विजेतालाई रु. २०,००० प्रदान गरिनेछ भने द्वितीय र तृतीय स्थानका विजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

घिमिरे भन्छन् “अहिलेको सुचना प्रबिधिको युगमा, सामाजिक संजालमा हुने सार्थक संबादले नेपाल जस्तो बहुभाषिक, बहुजातीय, बहु सास्कृतिक देशको समाज बलियो बनाउन अहम भूमिका खेल्छ। हामीले आयोजना गरेको "कता नेपाली?" ले  यो  बहसलाइ अझ  बलियो बनाउने छ।"

कोड फर नेपाल नेपालमा डिजिटल साक्षरता तथा खुला डाटाको प्रयोग बढाउनका लागि युनाइटेड स्टेट्स अफ अमेरिकामा दर्ता गरिएको  एउटा  501(c)(3) गैर सरकारी संस्था हो|

थप जानकारीका लागि हाम्रो संचार समूह लाई [email protected] मा सम्पर्क गर्नुहोला |


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण