१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डाक्टर केसीको भ्रष्ट्राचार बिरोधी अभियानमा अमेरिकाबाट ऐकबद्धता

२६ पुष २०७४, बुधबार ०२:५०

पुस २६, अमेरिका । प्रधानन्यायाधीस गोपाल पराजुलीको बिरुद्धमा अभिब्यक्ती दिए पछि पक्राउ परेका अभियन्ता डाक्टर गोबिन्द केसीको अभियानमा भ्रष्ट्राचार बिरुद्ध बिभिन्न अभियानहरु चलाउदै आएको संस्था हेम सरिता पाठक फाउण्डेशनले पनि ऐकबद्धता जनाएको छ । 

अमेरिकामा रहेर पनि नेपालको भ्रष्ट्राचार अन्त्यका लागि बिभिन्न कार्यहरु गर्दै आएको फाउण्डेशनले सोमबार एक बिज्ञप्ती जारी गर्दै डाक्टर केसीलाई तत्काल रिहाई गर्न माग समेत गरेको छ । 

फाउण्डेशनले जारी गरेको बिज्ञप्तीका अनुसार अदालतप्रति आफुहरुको पनि उच्च सम्मान रहेको र हरेक नागरिकले अदालतको सम्मान गर्नु उसको दायित्व भएको भए पनि जब कोहि ब्यक्तीले अदालतमा रहेर खराब कार्य गर्न खोज्दछ भने उस प्रति औंला ठड्याउनु पनि सचेत नागरिकको दायित्व भएको समेत जनाइएको छ ।

भष्ट्राचार गर्ने या भ्रष्ट्राचारीलाई सहयोग गर्न खोज्ने ब्यक्ती कसैको पनि नहुने मान्यता बोकेर अगाडि बढेको संस्थाले न्यायलय वा प्रशासनिक क्षेत्र जंहा भए पनि नागरिकले खबरदारी गर्दैमा आत्तीएर उसलाई थुन्न खोज्नु भन्दा पनि जनहितका लागि काम गर्ने हुनु पर्ने जनाइएको छ । 

नेपालमा लाखौं मुद्धाहरु लाईनमा भएको बेला गोबिन्द केसीको मुद्धा भने नाटकिय रुपमा अगाडि बढाईएकोमा पनि फाउण्डेशनले आश्चर्य प्रकट समेत गरेको छ ।

फाउण्डेशनले नेपालको भष्ट्राचार अन्त्यका लागि हरेक बर्ष भष्ट्राचार बिरुद्ध उत्कृष्ट कलम चलाउने पत्रकार, साहित्यकार र राष्ट्रसेवकहरुलाई समेत प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै आएको छ ।

फाउण्डेशनले भष्ट्राचार बिरुद्ध अभियानका लागि गितहरु समेत निकाल्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक