२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपाली तेक्वान्दो खेलाडिलाई ३ स्वर्ण पदक

२८ माघ २०७४, आईतवार १५:५६

विजय थापा/माघ २८, अमेरिका l गत फेब्रुअरी १० तारिखमा अमेरिकाको टेक्ससमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपालबाट आएका ३ खेलाडीहरुलाई ३ स्वर्ण पदक प्राप्त भएको छ l 

नेपाली राष्ट्रिय खेलाडी मान कुमारी चौलागाई ,ज्ञानी चुनार तथा तारा कुमार रायमाझीले टेक्सस राज्यको ड्यालसमा सम्पन्न अन्तर राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका हुन् l 


प्रतियोगिता को महिला फेदर बेल्ट समूह ,५३-५७ केजी समूहमा मान कुमारी चौलागाईले सेमी फाइनलमा भारत तथा फाइनलमा साल्भाडोर का खेलाडीलाई पराजित गरि स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छिन् l 

यसै गरि ५८-६२ केजीको तौल समूहमा महिला लाईट बेल्टमा ज्ञानी चुनारले सेमी फाइनलमा पनामा र फाइनलमा अमेरिकाका खेलाडीलाई पराजित गरि स्वर्ण पदक जितेकी छिन् l 

पुरुष तर्फ को फ्लाई बेल्ट अन्तर्गत ५४-५८ सम्म को तौल समूहमा तारा कुमार रायमाझी ले सेमी फाइनलमा भारत फाइनलमा मेक्सिको लाई हराई स्वर्ण पदक प्राप्त गरेका छन् l 


नेपाली टोलिको व्यवस्थापक र टोलि प्रशिक्षकमा नेपालका पूर्व राष्ट्रिय खेलाडी एवम् हाल अमेरिकाको बाल्टिमोर स्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमी संचालन गर्दै आएका मास्टर कुमार कार्की थिए l 

उक्त तीनै जना राष्ट्रिय खेलाडीहरुलाई नेपालका पूर्व वरिष्ट तेक्वान्दो प्रशिक्षक मास्टर अमिर श्रेष्ठ को बिशेष सहयोगमा अमेरिकाको उत्कृष्ट मध्ये कै उत्कृष्ट "टिम एनटिए युएसए "मा दुई हप्ताको बिशेष प्रसिक्षण पनि लिदै आएका छन् l 

नेपाली टोलि अर्को हप्ता फेब्रुअरी १८ तारिख नेपाल फर्कने छन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य