२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपाली तेक्वान्दो खेलाडिलाई ३ स्वर्ण पदक

२०७४, २८ माघ आईतवार १५:५६

विजय थापा/माघ २८, अमेरिका l गत फेब्रुअरी १० तारिखमा अमेरिकाको टेक्ससमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपालबाट आएका ३ खेलाडीहरुलाई ३ स्वर्ण पदक प्राप्त भएको छ l 

नेपाली राष्ट्रिय खेलाडी मान कुमारी चौलागाई ,ज्ञानी चुनार तथा तारा कुमार रायमाझीले टेक्सस राज्यको ड्यालसमा सम्पन्न अन्तर राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका हुन् l 


प्रतियोगिता को महिला फेदर बेल्ट समूह ,५३-५७ केजी समूहमा मान कुमारी चौलागाईले सेमी फाइनलमा भारत तथा फाइनलमा साल्भाडोर का खेलाडीलाई पराजित गरि स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छिन् l 

यसै गरि ५८-६२ केजीको तौल समूहमा महिला लाईट बेल्टमा ज्ञानी चुनारले सेमी फाइनलमा पनामा र फाइनलमा अमेरिकाका खेलाडीलाई पराजित गरि स्वर्ण पदक जितेकी छिन् l 

पुरुष तर्फ को फ्लाई बेल्ट अन्तर्गत ५४-५८ सम्म को तौल समूहमा तारा कुमार रायमाझी ले सेमी फाइनलमा भारत फाइनलमा मेक्सिको लाई हराई स्वर्ण पदक प्राप्त गरेका छन् l 


नेपाली टोलिको व्यवस्थापक र टोलि प्रशिक्षकमा नेपालका पूर्व राष्ट्रिय खेलाडी एवम् हाल अमेरिकाको बाल्टिमोर स्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमी संचालन गर्दै आएका मास्टर कुमार कार्की थिए l 

उक्त तीनै जना राष्ट्रिय खेलाडीहरुलाई नेपालका पूर्व वरिष्ट तेक्वान्दो प्रशिक्षक मास्टर अमिर श्रेष्ठ को बिशेष सहयोगमा अमेरिकाको उत्कृष्ट मध्ये कै उत्कृष्ट "टिम एनटिए युएसए "मा दुई हप्ताको बिशेष प्रसिक्षण पनि लिदै आएका छन् l 

नेपाली टोलि अर्को हप्ता फेब्रुअरी १८ तारिख नेपाल फर्कने छन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा