२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूयोर्कबाट यूगान्डा गएर मैनालीले गरे १ सय ६१औ पटक रक्तदान

२०७४, २९ माघ सोमबार ०२:१८

विजय थापा/माघ २९, अमेरिका l जहाँ ईक्षा त्यहाँ उपाय भने झैँ चाहना राखियो भने मात्र पनि कुनै कुराले छेक्दैन l

 अमेरिका जस्तो मुलुकमा समय व्यवस्थापन गर्न गाह्रो पर्ने तथा दुखले कमाएको पैसा आकाशे यात्रामा खर्च गर्नु चानचुन कुरा हैन l 


यस्ता सवै तगाराहरुलाई चिर्दै न्यू योर्कका समाज सेवी अर्जुन प्र मैनाली १ सय ६१ पटक रक्तदान गर्न न्यू योर्क बाट यूगान्डा गएर रक्तदान गरेका छन्  l गैर आवासीय नेपाली संघ युगान्डाले आज  युगान्डाको कम्पालामा रक्तदान कार्यक्रम सफलता पुर्बक सम्पन्न गरेको छ । 

नेपालीहरूको रगतले यूगान्डियनलाई बचाउदा सरकारले धन्यवाद नेपालीहरू दिउन र यो सम्पूर्ण नेपालीको लागी गौरव हो मैनालीले भने l रक्तदान कार्यक्रम गर्न सजिलो होस भन्ने हेतुले $ ५०० डलर सहयोग समेत मैनालीले पठाएका थिए l 

यसको साथै त्यहाका स्थानियलाई हौशला दिन र रक्तदान गर्न न्यू योर्क देखी युगान्डा गएको मैनाली बताए l रक्तदाता अर्जुन प्रसाद मैनाली  बिशेष अतिथिका रुपमा सहभागी भएका थिए । 


कार्यक्रममा बोल्दै  मैनालीले नेपालिहरुले अफ्रीकी मुलुकमा आएर आफ्नो पाखुरामा सुइ घुसारी प्लास्टिकको थैला भरी रगत दिनु चानचुने कुरा नभएको बिचार ब्यक्त गर्दै जीवनमा कमसेकम एकपटक रक्तदान गर्न सबैलाई अनुरोध गरेका छन् l 

कार्यक्रमका  प्रमुख अतिथी ब्लड  बैंक युगान्डाका  प्रमुख मुगिसा विलियमले युगान्डामा रहेका नेपालीहरुको यस मानबिय कार्यको लागि आभार ब्यक्त गरेका थिए l 

कार्यक्रममा एनआरएनए युगान्डाका  अध्यक्ष राजमणी भन्डारी , पुर्ब अध्यक्ष रमेश कंडेल, उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गङालाल खरेल, कोषाध्यक्ष  मन्जुल पाठक, प्रबक्ता कमल भट्ट लगायतले मन्तब्य  ब्यक्त गरेका थिए l 


एक सय एक जनाले रक्तदान गरेको उक्त कार्यक्रममा नेपाली , भारतिय , पाकिस्तानी , अरबेयिन र स्थानिय युगान्डाका नागरिकहरुले समेत रक्तदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते