विजय थापा/फागुन ३, वाशिंगटन डिसी l अमेरिकामा स्थापित संघ/संस्था चोईटिने ,भत्किने ,टुक्रिने तथा विभाजित हुदै गरेको अवस्थामा अमेरिकाका राष्ट्रिय स्तरका नाम चलेका तथा पुराना मध्ये कै तीन नेपाली सँस्थाहरु मिलेर राष्ट्रिय सम्मेलन गर्ने भएका छन l 

गत फेब्रुअरी १३ तारिख सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/फागुन ३, वाशिंगटन डिसी l अमेरिकामा स्थापित संघ/संस्था चोईटिने ,भत्किने ,टुक्रिने तथा विभाजित हुदै गरेको अवस्थामा अमेरिकाका राष्ट्रिय स्तरका नाम चलेका तथा पुराना मध्ये कै तीन नेपाली सँस्थाहरु मिलेर राष्ट्रिय सम्मेलन गर्ने भएका छन l 

गत फेब्रुअरी १३ तारिख सा"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाका ठूला तीन संस्थाको सयुक्त सम्मेलन श्रमिक दिवसमा सिकागोमा हुने

२०७४, ३ फाल्गुन बिहीबार ०७:३०

विजय थापा/फागुन ३, वाशिंगटन डिसी l अमेरिकामा स्थापित संघ/संस्था चोईटिने ,भत्किने ,टुक्रिने तथा विभाजित हुदै गरेको अवस्थामा अमेरिकाका राष्ट्रिय स्तरका नाम चलेका तथा पुराना मध्ये कै तीन नेपाली सँस्थाहरु मिलेर राष्ट्रिय सम्मेलन गर्ने भएका छन l 

गत फेब्रुअरी १३ तारिख साँझ तीनै वटा संस्थाका अध्यक्षहरुले छापा बिज्ञप्ति जारी गर्दै सयुक्त प्रथम राष्ट्रिय सम्मेलन अमेरिकाको इलोनोइस राज्यको सिकागो शहरमा गर्ने निधो गरेका छन् l सयुक्त सम्मेलन अमेरिकन श्रमिक दिवस अर्थात् सेप्टेम्बर ३ ,२०१८ को सप्ताहको सेरोफेरोमा हुने तय भएको छ l 


एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा),नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) तथा एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए ) ले पहिलो पटक हुन् गइ रहेको सम्मेलनमा यसरी संगै काम गर्ने भएकोमा अझ समुदायमा ज्यादा प्रभावकारी तथा दक्षतापूर्ण सेवा गर्न सकिने विश्वास लिएको सयुक्त छापा बिज्ञप्तिमा जनाएका छन् l 

उक्त छापा बिज्ञप्तिमा हाम्रा समुदाय सदस्यहरुले समसामयिक बिषयमा /मुद्धाहरुमा सामना गर्नु परेका लाई सयुक्त प्रयास बाट पहिचान गर्ने र यस्ता बिषयमा  उचित समयमा सम्बोधन गर्न आवश्यक पर्ने जनाएको छ l 

नया पुस्ताको सहभागिता वृद्धि हुदै गएको अवस्थालाई उनीहरुलाई राष्ट्रिय स्तरमा छलफल तथा मुद्धाहरुको लागि मंच प्रदान गर्नु रहेको उल्लेख गरेको छ l यसको साथै छापा बिज्ञप्तिमा हामीलाई नया दृष्टि ,नया ध्येय तथा नया कार्यक्रमको आवस्यक भएकोले द्रुत रुपमा झ्याँगिएको समुदायको आवस्यकतामा ध्यान दिन जरुरी भएको उल्लेख गरेको छ l 

एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा)का अध्यक्ष बाला घिमिरे ,नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा)का अध्यक्ष माधव ढकाल  तथा एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए ) का अध्यक्ष मेदिनी अधिकारीले अमेरिकामा रहेका सवै समुदाय सदस्यहरुलाई सहभगिताको लागी सबैमा आग्रह गरेका छन् l 

एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा)का अध्यक्ष बाला घिमिरेले कुराकानी गर्दै एकताको सकारात्मक संदेश जाने हुनाले लामो समय देखि चलि रहेको हाम्रो प्रयास सफल भएको बताए l 

अध्यक्ष घिमिरेले भने हामीले सिकागोमा सयुक्त सम्मेलन गर्ने निधो गरेका छौ l अब सम्मलेन समिति निर्माण हुने ,कार्यक्रम स्थल तय हुने थुप्रै काम बाकि रहेकोले केवल अमेरिकन श्रमिक दिवसमा प्रथम सम्मेलन मात्र गर्ने निर्णय गरिएको जनाए l 

एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) तथा नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को १३ औ सयुक्त सम्मेलन नर्थ क्यारोलिनामा २०१७ मा सम्पन्न भएको थियो l 

तर उक्त सम्मेलनमा पनि  एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए ) को सकृय सहभागिता रहनु को साथै एकताको बेजोड प्रयास रहेको थियो l स्मरण रहोस ,एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) तथा नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को १३ औ नर्थ क्यारोलिना सयुक्त सम्मेलनको साधारण सभाले तत्कालिन समयको लागि तीन वटा संस्थाको सयुक्त को सम्मेलन गर्ने बिषय लाई लिएर प्रस्तावलाई पारित गर्न असमर्थ रहेको थियो l 

हाल नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को नेतृत्व परिवर्तन संगै एकता ले राम्रो संदेश जाने र सबै समुदायलाई समेट्न सकिने सम्भावना देखेकोले नासा समितिले सयुक्त सम्मेलन उपयुक्त ठहर गर्दै पारित गरे पछि तीन वटा संस्था को सयुक्त सम्मेलन को द्वार खुलेको हो l 

यसै गरि  एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए ) ले सन् २०१५ को नेपालमा गएको भूकम्पको असर सवैमा परेकोले सम्मेलन गर्न उचित नठानी अन्तिम समयमा रद्ध गर्नु परेको थियो भने सन् २०१६ मा एटलान्टा सम्मेलन गरेको थियो l 

सन् २०१७ मा एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) तथा नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को १३ औ नर्थ क्यारोलिना सयुक्त सम्मेलनमा अन्तिम समय सम्म एएनए सयुक्त रुपमा गर्ने प्रयास गरेको थियो  l सन् २०१७ मा बाल्टिमोरमा एएनए ले बार्षिक सम्मेलन नामक कार्यक्रम गरि मनाएको थियो l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा