२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्विटजरल्याण्डमा मनाइयो ग्याल्पो ल्होसार

७ फाल्गुन २०७४, सोमबार ०१:१२

फागुन ७, स्विटजरल्याण्ड । स्विटजरल्याण्डमा रहेका नेपालीहरुले ग्याल्पो  ल्होसार भव्यताका साथ मनाएका छन् । प्रत्येक वर्ष एक–एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ । ‘ल्हो’ अथवा वर्ग फेरिनुलाई शेर्पा तथा तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने प्रचलन छ । शेर्पा समाज स्विटजरल्याण्डले गत आईतबार बासेल सहरमा आयोजना गरेको ग्याल्पो ल्होसारमा स्वीसमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, ब्यापारी , पत्रकार लगायत स्विसमा रहेका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको बाक्लो उपस्थित रहेको थियो ।

फ्रान्स, जर्मन लगायत देशबाट पनि नेपालीहरुको उपस्थित रहेको कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधि , पर्यटनदुतद्वय कमल भट्ट र आङ्ग तेञ्जिङ्ग शेर्पा गैर आवासिय नेपाली संघ स्विटजरल्याण्डका अध्यक्ष भुमिराज गुरुङ , प्रबाशी नेपाली मंचका अध्यक्ष संजय मुडवरी लगायतका प्रतिनिधिहरुले ग्याल्पो ल्होसारको शुभकामना ब्यक्त गरेका थिए । सभ्यता, संस्कृति र जातिय पहिचानलाई संरक्षण, संवर्धन र प्रवर्धन गर्ने उद्धेश्यको साथ सोनाम ल्होसार मनाईएको आयोजक प्रतिनिधि पुला ( क्लाईमिङ्ग ) शेर्पा ले बताउनुभयो ।


उक्त कार्यक्रम दिनको ४ बजे सुरु भई बेलुकी ११ बजे समापन भएको थियो। कार्यक्रम आयोजक गेल्जेंग शेर्पाको अनुसार कार्यक्रम सोचे भन्दा सफल रहेको बताए। आफ्नो संस्कृतिलाई विदेशमा पनि जीवन्त राख्न ल्होछार मनाईनुपर्छ भनी प्रस्ताव ल्याउने पर्यटनदुत तथा आयोजक आङ्ग तेञ्जिङ्ग शेपाले आगामी बर्ष यसलाई अझ राम्रोसंग मनाईने बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य