२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचारीलाई मन्त्री नबनाउन अमेरिकाबाट खबरदारी

११ फाल्गुन २०७४, शुक्रबार ०१:०२

फागुन ११, टेक्सास । अमेरिकामा रहेर नेपालको भ्रष्टाचार बिरुद्ध सकृय संस्था हेम सरिता पाठक फाउण्डेशनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भष्ट्राचारको अन्त्य हुने अपेक्षा गरेको छ । 

नयां सरकारले भ्रष्टाचारलाई अन्त्य गर्ने आफ्नो प्रमुख प्राथमिकतामा राखेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा नेपालको भबिश्य उज्जवल हुने आशा ब्यक्त गरेको छ । 

फाउण्डेशनका संरक्षक हेम पाठकले जारी गर्नुभएको बिज्ञप्तीमा नेपालमा स्थायी सरकार बनेकोले देशको प्रमुख समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य गर्दै समुन्नत बाटोमा जाने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो मन्त्रीमण्डलमा दुई जना नै स्वच्छ छबीका नेताहरुलाई मन्त्री बनाएकोमा खुशी ब्यक्त गर्दै संरक्षक पाठकले आगामी दिनमा बन्ने मन्त्रीहरु पनि भ्रष्टाचारको बिरुद्धमा लड्न सक्ने मात्र बन्नु पर्ने माग समेत गर्नुभएको छ । 

नयां सरकारसंगै सातवटै प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरु पनि भ्रष्टाचारको बिरुद्धमा लागि पर्नेमा संरक्षक पाठकले बिश्वास ब्यक्त गर्नुभएको छ । स्थानिय, प्रेदेश र केन्द्र सरकार एकजुट भएर भ्रष्टाचार बिरुद्धमा लाग्ने हो भने देशले चाडै नै मुहार फेर्न सक्ने पाठकको दाबी छ ।  

देश नयां बाटोमा हिड्न सफल भएको बेला नेतृत्वले चाहेमा भ्रष्टाचारको अन्त्य सदाका लागि गर्न सकिने फाउण्डेशनले बिश्वास ब्यक्त गरेको छ । हेम सरिता पाठक फाउण्डेशनले अमेरिकामा रहेर नेपालको भ्रष्टाचार अन्त्य  सम्बन्धी बिभिन्न कार्यक्रमहरुको सन्चालन गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य