२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचारीलाई मन्त्री नबनाउन अमेरिकाबाट खबरदारी

२०७४, ११ फाल्गुन शुक्रबार ०१:०२

फागुन ११, टेक्सास । अमेरिकामा रहेर नेपालको भ्रष्टाचार बिरुद्ध सकृय संस्था हेम सरिता पाठक फाउण्डेशनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भष्ट्राचारको अन्त्य हुने अपेक्षा गरेको छ । 

नयां सरकारले भ्रष्टाचारलाई अन्त्य गर्ने आफ्नो प्रमुख प्राथमिकतामा राखेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा नेपालको भबिश्य उज्जवल हुने आशा ब्यक्त गरेको छ । 

फाउण्डेशनका संरक्षक हेम पाठकले जारी गर्नुभएको बिज्ञप्तीमा नेपालमा स्थायी सरकार बनेकोले देशको प्रमुख समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य गर्दै समुन्नत बाटोमा जाने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो मन्त्रीमण्डलमा दुई जना नै स्वच्छ छबीका नेताहरुलाई मन्त्री बनाएकोमा खुशी ब्यक्त गर्दै संरक्षक पाठकले आगामी दिनमा बन्ने मन्त्रीहरु पनि भ्रष्टाचारको बिरुद्धमा लड्न सक्ने मात्र बन्नु पर्ने माग समेत गर्नुभएको छ । 

नयां सरकारसंगै सातवटै प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरु पनि भ्रष्टाचारको बिरुद्धमा लागि पर्नेमा संरक्षक पाठकले बिश्वास ब्यक्त गर्नुभएको छ । स्थानिय, प्रेदेश र केन्द्र सरकार एकजुट भएर भ्रष्टाचार बिरुद्धमा लाग्ने हो भने देशले चाडै नै मुहार फेर्न सक्ने पाठकको दाबी छ ।  

देश नयां बाटोमा हिड्न सफल भएको बेला नेतृत्वले चाहेमा भ्रष्टाचारको अन्त्य सदाका लागि गर्न सकिने फाउण्डेशनले बिश्वास ब्यक्त गरेको छ । हेम सरिता पाठक फाउण्डेशनले अमेरिकामा रहेर नेपालको भ्रष्टाचार अन्त्य  सम्बन्धी बिभिन्न कार्यक्रमहरुको सन्चालन गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा