२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुतावासले वेवास्ता गरेपछि मलेशियामै रोकियो शव

२० चैत्र २०७४, मंगलवार ०५:०५

चैत २०, बेनी | रोजगारीका लागि मलेशियामा पुगेका जिल्लाको मालिका गाउँपालिका–२ रुमका बुद्धिबहादुर परियारको शव मलेशियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ । 

गत चैत १२ गते ड्युटीबाट फर्किएपछि कोठामा सुतेको ठाउँमा मृत्यु भएका परियार कार्यरत कम्पनीले आवश्यक प्रक्रिया पूरा गरे पनि दूतावासले थप प्रक्रियामा बेवास्ता गर्दा अस्पतालमै शव रोकिएको मृतकका भिनाजु सुनिल परियारले जानकारी दिनुभयो । 

“कम्पनीले नेपाली दूतावासले एउटा कागज नदिएको बताउँछ । दूतावासमा फोन गर्दा विभिन्न बहाना बनाउँछन्” परियारले भन्नुभयो । गत आइतबार मृत्यु भएका परियारको शव एकसातासम्म अस्पतालमै रोकिँदासमेत दूतावासले सामान्य पहल नगरेको त्यहाँ कार्यरत नेपालीको गुनासो रहेको छ । 

“नेपालीकै लागि काम गर्न बसेका नेपाली दूतावासका कर्मचारीलाई मृत्युको कुनै वास्ता छैन । उहाँहरुलाई बिदामा रमाउनै ठिक्क छ”, मृतक परियार कार्यरत एसएच कम्पनीका एक नेपालीले भने । 

कम्पनीले मृतकको शवलाई तत्काल अस्पतालमा पुर्याएर आवश्यक प्रक्रिया पूरा गरी नेपाल लैजान तयारी अवस्थामा रहेको बताएको सात दिन बितिसक्दासमेत नेपाली दूतावासबाट सहयोग नभएको भन्दै नेपालीले आक्रोश पोखेका छन् । 

घरबाट आफन्तले शवलाई बेली खोलामै अन्त्येष्टिको चाहना व्यक्त गरेपछि कम्पनीमा कार्यरत नेपालीले पहल गरेका थिए । यता काठमाडौँमा रहेका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले श्रम मन्त्रालय लगायत सरकारी निकायमा पहल भइरहेको बताउनुभयो । 

“नेपालमा शव ल्याए हामीले आफैँ गाउँमा पुर्याउछौँ । शव ल्याउनै समस्या भइरहेको छ” अध्यक्ष रोकाले भन्नुभयो । उहाँले एउटै गाउँका दुई युवा मलेशियामा मृत्यु भएको शोकमा गाउँ रहेको समेत बताए पनि मलेशियामै प्रक्रिया रोकिएको बताएपछि थप पहल गरिने बताउनुभयो । 

करिब पाँच वर्ष अगाडि मलेशिया पुगेका परियारको परिवारिक अवस्थासमेत निकै नाजुक छ । आर्थिक अवस्था कमजोर भएकै कारण किरिया खर्चलगायत थप सहयोग जुटाउनु पर्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य