प्रवासमा गायक जिसी सहित दुई युवाको मृत्यु

Posted on: 25 Apr, 2018

प्रेम सुनार | वैशाख १२, गुल्मी । गत दुई दिनको अन्तरालमा भारत सहित विभिन्न मुलुकमा प्रवासी जिवन बिताएका एक जना अर्घाखाँची र एक जना गुल्मीका युवाको ज्यान गएको छ । 

सोमवार साँझ साढे ७ वजेको समयमा भारतको हरियाणामा रेलको  ठक्करबाट अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्वर १३ का २३ वर्षिय विष्णु नेपालीको ज्यान गएको खवर आज मात्र यता  परिवारलाई जानकारी गराईएको हो । त्यस्तै गुल्मी हाडहाडेका  ३२ वर्षिय अमर जिसीको सउँदी अरवमा उपचारका क्रममा ज्यान गएको छ । 

भरतको गुडगााँवा न्युपालम विहार रुटमा चल्ने रेलको ठक्करबाट  ज्यान गएका नेपालीको शव भारत मै रहेको उनका पीता र श्रीमति सुमित्राले उहि  दाह संस्कार गरेको खवर प्राप्त भएको छ ।    वर्षऔं अघि देखि वावु संगै मजदुरी गरेका नेपाली परिवारको अवस्था नाजुक रहेकोले प्रवासी नेपाली जनसमाज भारत गुडगावाँ नगर समितिले सवैसंग सहयोगको अपिल गरेको छ ।

यता धुर्कोट गाउँपालिका वडा नम्वर ३, हाडहाडे वर्दवास गाँउका अमर जिसीको  शव साउँदी अरवमा रहेको छ । गत जेठ महिनामा छुट्टीमा आएर  फेरी सउदी पुगेका जिसी त्यहाँ पुगेको अझै वर्ष दिन  पुगेको छैन् । भर्खर ११  महिना टेक्दै थियो ।  उनि जिसी अमरका नामले  नेपाली लोक दोहरी र मोडलिङ्ग क्षेत्रमा छाएका कलाकार थिए ।

ईन्द्र जिसी सहित टि–टाईम म्युजिक मार्फत सयौं गितमा उनले स्वर दिएका छन भने त्यति नै गीतमा शव्द, लय सिर्जना र अभिनय पनि गरेका छन् ।

एक वर्ष अघि मात्र उनका पिताको मृत्यु भएको थियो । चार वर्ष अघि आमाको मृत्यु हुँदा उनले आफ्नी आमामा समर्पित ‘आमा मेरी आमा’ बोलको गीत वजारमा ल्याएका थिए ।

उनको वैदेशिक रोजगारको कमाई जति नेपाली सांङ्गेतिक क्षेत्र मै खर्चेर  बचत गर्न सकेनन् ।  उनको निधनले नेपाली सांङ्गेतिक क्षेत्र शोकाकुल बनेको गायक ईन्द्र जिसीले बताए ।

‘हामी शोकाकुल छौं , जिसी अमरका नामले यस क्षेत्रमा परिचीत उनि छिट्टै चर्चामा आएका कलाकार थिए । उनी स्वारमा मात्र होईन  शव्द सिर्जना , लय र अभिनय सवैमा पारङ्गगत थिए’– जिसीले भने –‘उनि प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवार प्रति गहिरो सहानुभुती ब्यक्त गर्दछु ।

यति वेला परिवारमा रुवावासी रहेको छ । एक श्रीमति र स–साना दुई सन्तानको विचल्ली हुने भएको छ , स्थानिय समाज सेवी गोविन्द कुँवरले भने सवै संग सहयोगको हात नफैलाउनुको विकल्प छैन् ।  त्यस वडाका वडाध्यक्ष विष्णुबहादुर थापा श्रीसले पनि परिवारको अवस्था नाजुक भएको भन्दै सवैसंग सहयोगको अपिल गरेका छन । उनले  पछिल्लो चरण ‘अन्तिम सम्झना’ गीतको वोल वजारमा ल्याएका थिए । संयोग उनको वास्तविक जिपवनमा समेत त्यो गीत अन्तिम सम्झना नै बन्न पुग्यो । 

के विमारले अस्पताल भर्ना भएका थिए भन्ने स्पष्ट नभए पनि उनका कम्पनीका एक साथीले फोन गरेर आज विहान उनको  आँखाको अप्रेशन हुँने वाला थियो र त्यस अघि नै मृत्यु भएको जानकारी गराएको स्थानिय कुँवरले बताए । 


माथिको तस्वीरमा: रातो टिशर्टमा मृतक नेपाली र 'भि गला' टिशर्टमा जिसी | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!