२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा जेसिज सम्मेलन: नेपालको विकासमा यस्तो निष्कर्ष

१३ जेष्ठ २०७५, आईतवार ०२:०४

पुरुषोत्तम सुवेदी | जेठ १३, जापान | जापानको कागोसिमामा जारी जुनियर च्याम्बर इन्टरनेशनल (जेसिआई) एस्प्याक अन्तर्राष्ट्रिय सम्मेलनमा युवा जनशक्तिबाट देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेका छन् ।

यही जेठ १० देखि १३ गतेसम्म जारी चारदिने सम्मेलनमा युवा जनशक्तिलाई नेतृत्व र व्यक्तित्व विकास गर्ने रणनीति अघि सारेर देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेको हो । 

सम्मेलनमा नेपालका तर्फबाट सहभागी नेपाल जेसिज वर्ष–२०१८ का राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालको नेतृत्वमा सम्मिलित ६० जनाको टोलीले यस्तो निष्कर्ष निकालेको छ । सम्मेलनमा युवा जनशक्तिलाई स्वदेशमै व्यवस्थापन गर्ने गरी दस्ताबेजीकरण सहितको प्रस्तुतीकरण नेपाली टोलीले गरेको छ । 

विश्वभरका ४६ देशका युवा जमातबीच एकअर्कामा परिचय, सम्बन्ध निकटता, विश्व बजारीकरण लगायतका क्षेत्रमा विचार आदानप्रदान गरिएको थियो । 

नेपाल जेसिजको इतिहासमा पहिलो पटक सबैभन्दा धैरै संख्यामा नेपाली टोलीले सो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउने अवसर पाएकाले सम्मेलन नेपाल र नेपालीका साथै नेपाल जेसिजका लागि फलदायी हुनाका साथै कोशेढुङ्गा साबित हुने नेपाल जेसिज वर्ष–२०१८ का अन्तर्राष्ट्रिय संयोजक प्रदीमन वैद्यले बताउनुभयो । 

सम्मेलनले नेपाल र नेपालीको अन्तर्राष्ट्रियजगत्मा पहिचान साथै अन्तर्राष्ट्रिय बजारमा व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको सम्मेलनमा सहभागी धपासी जेसिजका कार्यकारिणी उपाध्यक्ष अमित आचार्यले जानकारी दिनुभयो । 

सम्मेलनले नेपालको पर्यटन व्यवसायलाई प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियजगत्मा पुर्याउन सहयोग पुग्ने विश्वास लिइएको सम्मेलनमा सहभागी धापासी जेसिजका उपाध्यक्ष अनिल महर्जनले जानकारी दिनुभयो । १८ दखि ४० वर्ष सम्मका युवा पंक्तिको सहभागिता रहेको सम्मेलनले विश्वभरिका युवा जनशक्तिलाई आ–आफ्नो कार्य क्षेत्रमा थप गुणस्तरीयता प्रदान गर्न सहयोग पुग्ने अपेक्षा सम्मेलनको रहेको छ । सम्मेलनमा विश्वभरका ४६ देशका करीब दश हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य