२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भर्जिनियामा गुन्जियो नेपाली राष्ट्रिय गाना, नेपाल चिनाउने झॉकी (१० तश्विर)

२०७५, २२ जेष्ठ मंगलवार ०२:०९

जेठ २२, वाशिंगटन डिसी । नेपाल र नेपालीलाई चिनाउने मुख्य उद्देश्यका साथ अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधि सहितको सहभागितामा नेपाली समुदायले नेपाली पोशाक र संस्कृति झल्किने झांकी तथा प्रदर्शन गरेका छन । 

उक्त शहरमा चलिरहेको हर्नडन मेलामा क८० हजार देखि १ लाखसम्म अमेरिकनको सहभागिता हुने अवसरलाई प्रयोग गर्दै अवदेखि हरेक साल सो झांकी गरिने जानकारी आयोजकहरुले दिएका छन् । 


यहॉका तीन वटा आयोजक स्थानीय संस्थाहरु आदर्श नेपाली समाज, एनआरएनए भर्जिनिया च्याप्टर र श्रीओम कीर्तन मण्डलीको तर्फबाट संयोजक गुणराज लुईटेलले नेपाल र नेपालीलाई अमेरिकामा चिनाउने सानो प्रयासस्वरुप उत्तरी भर्जिनिया क्षेत्रमा पहिलो पटक यस्तो कार्यक्रम शुरु गरिएको बताउनु भयो । 

सो कार्यक्रममा अमेरिकी सांसद जेराल्ड कोनल्ली, भर्जिनिया स्टेट प्रतिनिधि जेनिफर बोयस्को र हर्नडन मेयर लिसा मर्कलबाट शुभकामना शन्देश प्राप्त भएको थियो । 


सांसद कनल्लीले आफ्नो शुभकामना सन्देशमा भर्जिनिया जहिले पनि विविधतामा विश्वास गर्ने भएकोले नेपालीहरुको रयालीलाई स्वागत गर्दै नेपालमा भूकम्प गएको बेला यसै क्षेत्रको फेयरफ्याक्स काउन्टीबाट ठूलो स्वयंसेवक समूह बठाइएको स्मरण गराउनु भयो । 

प्रमुख अतिथी अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले नेपाल चिनाउने यस प्रयासको प्रशंसा गर्दै आफूले यस्तो काममा आवस्यक सहयोग गर्ने बताउनु भयो । 


अर्की अतिथि हर्नडन शहरकी उपमेयर जेनिफर बेकरले हर्नडनमा आफूले पहिलो पटक यसरी नेपालीहरुलाई भेट्ने मौका पाएको र नेपालको कला र संस्कृतिबाट धेरै नै प्रभावित भएकोले आफू नेपाल घुम्न जान आतुर रहेको बताइन । शहर काउन्सिल मेम्बर बिल मकेनीले नेपाली समुदायका समस्या समाधान गर्न आफूले सस्तो सुकै प्रयास पनि गर्ने बताउनु भयो । अतिथीहरुलाई स्थानीय बालबालिकाले गीत र नृत्यहरु प्रस्तुत गरेर देखाएका थिए भने आदर्श नेपाली समाजका तर्फबाट प्रदीप ढकालले नेपाली र नेपालको झलक तथ्यपरक रुपमा प्रस्तुत गरेका थिए। 


त्यसपछि नेपाली समुदायले हजारौं अमेरिकनहरुको सहभागिता रहेको स्थानीय हर्नडन मेला चलिरहेको स्थान हुंदै नेपाली र अमेरिकन झण्डा र ब्यानर सहित नगर परिक्रमा गरेका थिए । सो झॉकी प्रदर्शनीमा नेपाली र अमेरिकी राष्ट्रिय गीतका साथै सगरमाथाको देश नेपाल, गौतम बुद्ध जन्मेको देश नेपाल जस्ता नाराहरु गुन्जाइएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते