२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हङकङमा एक नेपाली पक्राउ, पचास लाख डलर जरिवाना र जन्मकैद हुनसक्ने

२०७५, २२ जेष्ठ मंगलवार १०:४८

जेठ २३, काठमाडौं । हङकङमा वेटरको काम गर्दै आएका एक नेपाली युवकलाई ३५ लाख हङकङ डलर (करिब पाँच करोड रुपैयाँ) बराबरको प्रतिबन्धित लागुपदार्थ कोकिन तस्करी गरेको आरोपमा पक्राउ गरिएको छ ।

हङकङ प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अधिकारीहरुले ती युवकलाई ओल्डबेली स्टि्रटबाट बिहीबार पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

हङकङको एक रेस्टुरेन्टमा वेटरको काम गर्ने ती युवकले झोलामा साढे तीन किलो कोकिन जस्तै देखिने वस्तु बोकेकाले उनलाई पक्राउ गरिएको जनाइएको छ । 

अधिकारीहरुले उनीमाथि लागुपदार्थ ओसारपसार गरेको आरोप लगाएका छन् । प्रहरीले उक्त अवैध लागुपदार्थको कारोबारमा संलग्न अन्यको खोजी गर्न थप अनुसन्धान गरिरहेको जनाएको छ ।

हङकङको कानूनअनुसार प्रतिबन्धित लागुपदार्थको ओसारपसार गर्नेलाई पचास लाख हङकङ डलर जरिवाना र जन्मकैद हुने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते