२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुकेतमा पर्यटन तथा व्यापार प्रवद्र्धन कार्यक्रम

२०७५, ३० असार शनिबार १०:४१

असार ३०, काठमाडौँ | थाइल्याण्डस्थित नेपाली राजदूतावास र त्यहाँको प्रसिद्ध पर्यटकीयस्थल फुकेतमा अवस्थित नेपालको अवैतनिक वाणिज्यदूतावासले संयुक्त रुपमा बिहीबार फुकेतमा व्यापार तथा पर्यटनका प्रवद्र्धनात्मक कार्यक्रम आयोजना ग¥यो । 

नेपालमा व्यापारका अवसर शीर्षकमा आयोजित उक्त कार्यक्रममा थाइल्याण्ड सरकारका अधिकारी, व्यापारी, सञ्चारकर्मी, यात्रा व्यवसायी तथा फुकेतमा बसोवास गर्दै आएका नेपाली समुदायका प्रतिनिधि सहभागी भएका बैंककस्थित नेपाली दूतावासले जनाएको छ । 

त्यस अवसरमा थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले नेपालको प्रकृति, संस्कृति, पर्यटकीय क्षेत्र, पदमार्ग, व्यापार–व्यवसाय र लगानीको वातावरणबारे विस्तृत जानकारी दिनुभएको थियो । 

अवैतनिक वाणिज्यदूत प्रानी साकुलपिपातनाले लुम्बिनीलगायत नेपालका पर्यटकीय आकर्षणका केन्द्रबारे जानकारी दिँदै पर्यटकलाई नेपाल भ्रमण गराउन तथा थाई नागरिकलाई लगानी गर्न आग्रह गर्नुभयो । 

नियोग उपप्रमुख जंगबहादुर गुरुङले लगानीकर्तालाई नेपाल सरकारले उपलब्ध गराउने प्रतिफल र प्रोत्साहन, लगानीका निम्ति कानूनी व्यवस्थाबारे जानकारी दिनुभएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते