२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुकेतमा पर्यटन तथा व्यापार प्रवद्र्धन कार्यक्रम

३० असार २०७५, शनिबार १०:४१

असार ३०, काठमाडौँ | थाइल्याण्डस्थित नेपाली राजदूतावास र त्यहाँको प्रसिद्ध पर्यटकीयस्थल फुकेतमा अवस्थित नेपालको अवैतनिक वाणिज्यदूतावासले संयुक्त रुपमा बिहीबार फुकेतमा व्यापार तथा पर्यटनका प्रवद्र्धनात्मक कार्यक्रम आयोजना ग¥यो । 

नेपालमा व्यापारका अवसर शीर्षकमा आयोजित उक्त कार्यक्रममा थाइल्याण्ड सरकारका अधिकारी, व्यापारी, सञ्चारकर्मी, यात्रा व्यवसायी तथा फुकेतमा बसोवास गर्दै आएका नेपाली समुदायका प्रतिनिधि सहभागी भएका बैंककस्थित नेपाली दूतावासले जनाएको छ । 

त्यस अवसरमा थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले नेपालको प्रकृति, संस्कृति, पर्यटकीय क्षेत्र, पदमार्ग, व्यापार–व्यवसाय र लगानीको वातावरणबारे विस्तृत जानकारी दिनुभएको थियो । 

अवैतनिक वाणिज्यदूत प्रानी साकुलपिपातनाले लुम्बिनीलगायत नेपालका पर्यटकीय आकर्षणका केन्द्रबारे जानकारी दिँदै पर्यटकलाई नेपाल भ्रमण गराउन तथा थाई नागरिकलाई लगानी गर्न आग्रह गर्नुभयो । 

नियोग उपप्रमुख जंगबहादुर गुरुङले लगानीकर्तालाई नेपाल सरकारले उपलब्ध गराउने प्रतिफल र प्रोत्साहन, लगानीका निम्ति कानूनी व्यवस्थाबारे जानकारी दिनुभएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य