२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस निकट नेपाली जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा शर्माको दाबेदारी

२०७५, ३ श्रावण बिहीबार १३:५१

सरु शर्मा | साउन ३, पोर्चुगल । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको नेतृत्व लिन नवलपरासीका युवा शुशिल शर्मा गैह्रेले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । समितिको पाँचौं अधिबेशन नजिकिदै गर्दा पोर्चुगलमा रहेका कांग्रेसजनहरूबीच चुनावी सरगर्मी बढेको हो । समितिको अधिबेशन यही जुलाई २२ तारिखका दिन राजधानी लिस्बनमा हुदैछ । 

अधिबेशन नजिकीदै गर्दा आगामी नेतृत्वलाई लिएर काँग्रेसजनमा चुनावी चर्चा र भेटघाटले तिब्रता पाएको छ । सोही क्रममा नवलपरासीका शुशिल सभापति पदका लागि अग्रपंक्तिमा देखिएका छन् । आफू दुई पटक लगातार समितिको उपसभापति भएर सेवा गरेकोले अनुभ र पोर्चुगलमा रहेका कांग्रेसजनहरुको समर्थनका कारण पनि आफू नेतृत्वमा आकांक्षी बनेको उनले बताए । सभापतिमा आफूलाई चुन्ने उनले विश्वास गरेका छन् । सानै देखि कांग्रेसमा आवद्ध शुशिल पुर्व विद्यार्थी नेता पनि हुन् । २०५० देखि नै नवलपरासी मा बस्दै आएका उनी  युवा पुस्ता का लागि  उर्जा समेत हुन ।

युवा ले नै समाज लाई अगाडि  लैजानु पर्छ भन्ने मान्नेता बोकेका सुशील निस्वार्थ  भाब ले पार्टी मा लाग्दै आएका छन । समितिमा आवद्ध अधिकांश सदस्यको रोजाईमा पनि शुशिल देखिएका छन् । चुनाव भन्दा सहमति गरेर शुशिललाई नै नेतृत्व दिनुपर्ने माग पनि उठिरहेको बुझिएको छ । पोर्तुगल मा रहेका नेपाली लाई दुख पर्दा हरेक तवर बाट  साथ दिन पनि सुशील पछि पर्दैनन । तेसैले पनि अहिले को चुनाब मा  उहाँ चुनिनु पर्छ भन्ने धेरै नेपाली को माग रहेको छ 

बिगतमा सहमतीमै नेतृत्व चयन हुदै आएको समितिमा यसपटक भने चुनाव हुने संभावना देखिएको छ । तथापी सर्वसम्मतीको प्रयास भने जारी रहेको बताइएको छ ।  यता निर्बाचन समितिले तय गरेको निर्बाचन कार्यतालिका अनुसार निर्बाचनका कार्यक्रम अघि बढिरेहेको निर्बाचन समितिका संयोजक अशोकचन्द्र घिमिरेले जानकारी दिए । प्राप्त जानकारी अनुसार सभापति सहितका पदाधिकारी र कार्यसमिति सदस्य गरि कुल १७ पदका लागि ३३ जनाको उम्मेदवारी परेको छ । आउंदो शनिबार नै नयां कार्यसमितिका लागि निर्बाचन हुनेछ । अधिबेशनले आगामाी २ बर्षे कार्यकालका लागि २१ सदस्यीय नयां कार्यसमिति चयन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते