२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

उच्च अदालत तुलसीपुरमा सबैभन्दा धेरै करणीका मुद्दा

६ श्रावण २०७५, आईतवार ०६:२३

साउन ६, दाङ | उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०७४÷७५मा ६०२ मुद्दा फछ्यौट गरेकोे छ । उक्त अदालतका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार सो अवधिमा अदालतमा दर्ता भएका ४१३ र अघिल्लो आवमा जिम्मेवारी सरेका ३७३ गरी जम्मा ७८६ थान मुद्दामध्ये ६०२ थान मुद्दा फछ्र्योट भई हाल १८४ थान मुद्दा विचाराधीन छन् । 

तुलसीपुरमा सबैभन्दा धेरै करणीका ८८ वटा मुद्दा दर्ता भएकामा ७० वटा मुद्दा फछ्र्योट भई १८ वटा मुद्दा विचाराधीन अवस्थामा छन् भने सम्बन्धबिच्छेदका २१ वटा मुद्दा दर्ता भएकामा १९ वटा फछ्र्योट भई दुई वटा मुद्दा विचाराधीन अवस्थामा छन् । 

नागरिकलाई छिटो छरितो न्याय सम्पादनका लागि अदालतले नागरिक सहायता कक्ष, निःशुल्क निवेदन लेखिदिनाका साथै अदालतको सेवालाई प्रविधिमैत्री बनाइएको र समयमै प्रभावकारी रुपमा काम गर्न सफल भएको उक्त अदालत मुख्य न्यायाधीश नहकुल सुवेदी बताउनुभयो । 

उहाँले थुनुवा तथा असहाय, आर्थिक रुपमा विपन्न बालबालिका आदि पक्ष भएका मुद्दामा वैतनिक कानून व्यवसायी, न्यायमा बाह्य पहुँच अभिवृद्धिका लागि समुदायमा अदालत कार्यक्रम, न्यायाधीशसँग भेटघाट कार्यक्रम पनि नियमित रुपमा भइरहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ