२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तराष्ट्रिय नेपाली पत्रकार संघ ( INJA)गठन, अध्यक्षमा लुईटेल

२०७५, १७ श्रावण बिहीबार ०७:२०

विजय थापा | पत्रकार पेशामा लामो समय देखि काम गरि रहेका  र हाल सम्म  पनि पेशालाई निरन्तरता दिदै अमेरिकामा रहेका पत्रकारहरूले डिसी महानगर क्षेत्र वाट अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ ( INJA)गठन गरेको घोषणा गरेका छन । 

संघीय अवधारणा को मूल उद्देस्य लिएर उक्त संस्था जाने भएको जानकारी दिइएको छ । पत्रकार भेटघाट कार्यक्रम मार्फत पत्रकार गुणराज लुईटेलको अध्यक्षतामा समिती गठन गरेको जनाउदै विदेशी पत्रकारहरुलाई समेत समेट्दै सल्लाहकारमा  नियुक्ति गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्ह (INJA) बिधिवत रुपमा दर्ता भएको छ भने  गैर नाफामूलक यो सस्था अमेरिकाको सघिय तथा राज्य सरकारमा दर्ता भएको जनाईएको छ ।

बिश्व भरी छरिएका नेपाली भाषी पत्रकार, सन्चारकर्मीहरु तथा पत्रकारहरुका छाता सङ्गठनहरुलाई एक सुत्रमा बाधी उनीहरुको क्षमता अभिबृदी गर्ने , त्यस मूलुकको मूल सन्चार क्षेत्रमा आबद्ध गराई ब्यबसाहिक पत्रकारिताका लागी पहल र सहयोग प्रदान गर्ने जस्ता उद्देश्य लिएको पत्रकार भेटघाटमा जानकारी दिएका छन ।


कुनै सस्था फुटेर नयाँ सस्था स्थापना गरीएको नभएर बिशुद्द रुपमा नेपाली पत्रकारिता जगतलाई ब्यबसायिकरुपले उनीहरुको क्षमता, स्तर र अनुभवलाई अन्तर्राष्ट्रियकरण गर्दै नेपाल र नेपालीहरुको हितमा काम गर्नका लागी नै स्थापना गरीएको सस्थाका एक पहलकर्ता सुनिल मणी दाहालले जानकारी गराए ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (INJA) ले बुधवार अगस्त १ तारिख अमेरिकाको भर्जिनिया राज्य स्थित फेयरफ्याक्समा पत्रकार सम्मेलन गरी सस्थाको बारेमा बिस्तृत जानकारी गराएका छ्न ।

पत्रकार सम्मेलनमा अध्यक्ष गुणराज लुइँटेल सर्ब सम्मति बाट चयन भएका छन् । यसै गरि समितिमा सभापति गुणराज लुइँटेल लगायत अन्यहरु यस प्रकार रहेको छ । बोर्ड अफ ट्रस्टीमा राम चन्द्र खरेलको सभापतित्वमा वरिष्ठ पत्रकार योगेश उपाध्याय समेत रहेका छन् ।

उप सभापतिहरुमा सुनिल मणि दाहाल, अमेरिका, बिष्णु शितल अमेरिका, टंक पन्त, एसिया, मन ऋषि धिताल अस्ट्रेलिया, अनुराधा पौडेल युरोप तथा डा किस्मत भण्डारी क्यानडा रहेका छन् ।  यसै गरि महा सचिवमा अमेरिकाका शिव बिष्ट ,सचिवमा शारदा सिलवाल तथा कोषाध्यक्षमा बाल्टिमोरका सृजन ताम्राकार चयन भएका छन् । 


यसै गरि संचार निर्देशकमा विजय थापा, संगठन निर्देशकमा किशोर सापकोटा, नीति निर्देशकमा बिष्णु शर्मा तथा प्रविधि निर्देशकमा केशर कार्की मनोनित भएका छन । 

यसै गरि समिति सदस्यहरुमा अमेरिकाबाट भुपेन्द्र थापा, बिश्वराज थापा, दोव ढकाल, अंकुश नेपाल, तारा भट्टराई, पुनम पौडेल रहेका छन् भने दुवईबाट सुबाश शर्मा, नेपालबाट कृष्ण ढुंगाना तथा ओमानबाट बिनेश खनाल रहेका छन् । 

यसै गरि साउदी अरबबाट तेज बहादुर थापा, अमेरिकाबाट सर्बज्ञ वाग्ले, स्विटजर्ल्याण्डबाट विजय शर्मा दर्पण, अमेरिकाबाट राजिव श्रेष्ठ, सरोज केसी, श्रीजना उप्रेती, उमेश शर्मा, पूर्ण बराईली तथा सुनिल हुमागाई रहेका छन् । 


यसै गरि सल्लाहकारहरुमा हरि अधिकारी, शेखर ढुंगेल, जर्ज मेसन बिश्व बिद्यालयका प्रा क्रिस्टोफर जे फरेल, सहायक प्रा.जेफ साउथ, एसपीजेका रबिन सिडरस्कि, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल तथा पत्रकार प्रा. घमराज लुइँटेल रहेका छन् । 

तस्बिर :राजिव श्रेष्ठ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा