२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ पुस्तक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२१ श्रावण २०७५, सोमबार ०४:२१

विजय थापा | साउन २१, डिसी | अमेरिकामा  ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथामा तयार पारिएको ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यको जर्मन टाउन नामक शहरमा सम्पन्न भएको हो |

गत अगस्त ४ तारिख शनिबार मेरिल्याण्ड राज्यमा बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ संग चर्चित पत्रकार प्रेम बानियाले उनको ‘महको म’ विषयमा अन्तरक्रिया गरेका थिए ।

पत्रकार बानियाले मदन कृष्ण श्रेष्ठको बारेमा चर्चा गर्दै बिशाल महासागर जस्तो जीवन बाच्ने व्यक्तित्वको बारेमा बोल्न पाउँदा गौरन्वित भएको बताएका थिए । उनले मदन कृष्ण लाई मन्चमा बोलाउदा सबैलाई उठेर वहाको नाम लिन आग्रह गर्दा दर्शकले एकै साथ कलाकार मदन कृष्ण श्रेष्ठको नाम लिएका थिए । 


कार्यक्रमको प्रारम्भमा अरबै मान्छेमा तिमि एक , मन मिल्ने मान्छे शिर्षकको गीत गाएका थिए । नेपालमा पनि धेरै ठाउँमा अन्तरक्रिया कार्यक्रम गरेको जानकारी दिदै श्रेष्ठले दशौ पटक अमेरिका आएको बताएका थिए । 

मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ पुस्तक पत्रकार प्रेम बानियालाई पढ्न दिइएको थियो भने उनले उक्त पुस्तक बाट मुख्य रुपमा आफूले केही मुख्यहरु कुराहरु जिज्ञाशा राख्नेका थिए । र, त्यसै सेरोफेरोमा उनले अन्तरक्रिया कार्यक्रम सुरुवात गरेका थिए । 

 कलाकार श्रेष्ठले पत्रकार बानियाको सवालमा श्रेष्ठले आफनै मौलिक शैलीमा प्रस्तुत गर्दा दर्शक तथा स्वयम् कार्यक्रम प्रस्तोताले हासो रोक्न सकेका थिएनन् । 


कार्यक्रमको प्रारम्भमा उनको पुर्खौली घर जितपुर र उनले बाल्यकाल बिताएको घर सम्बन्धि तयार गरिएको श्रब्य दृश्य प्रस्तुति गरिएको थियो । पत्रकार बानियाले जितपुरको बाल्यकाल अवस्थामा गरेका ,बाबुले ५ पटक बिहे गरेको छोराले हेरेको ,७ कक्षा पढ्दा सम्म ९ पटक बिद्यालय फेरेको ,कर्मचारी संचय कोष बाट आफु भित्र निहित प्रतिभा सुरु भएको आदि ईत्यादी सवाल राखेका थिए । 

कार्यक्रम प्रस्तोता बानियाले बाबुले ५ पटक बिहे गरेको छोराले हेरेको र ७ कक्षा पढ्दा सम्म ९ पटक बिद्यालय फेरेको आदि ईत्यादीमा दाई भन्ने सम्बोधन गर्दै तपाईमा गिनिज वर्ल्ड रेकर्डमा किन नाम नलेखाउने भनि जिज्ञाशा राखेका थिए । साथै जीवनमा भोगेका अनेकौ अविस्मरणीय क्षण ,कर्मचारी संचय कोषको बनभोजमा चिनिया शैलीमा प्रस्तुत गरेको स्मरण आदी ईत्यादी सुनाउदा दर्शक बेजोड हासेका थिए । त्यसका पृष्ठ भुमि समेतको चर्चा गर्दा झनै रमाइलो दर्शकले मानेका थिए ।  

मदन कृष्णले ‘आत्मकथा लेख्न सजिलो हुन्छ होला भन्ठानेको तर मलाई ६ वर्ष लागेको बताए । आत्मकथा लेख्न सुरु गरेको बेलामा पत्नीलाई अबुर्द (क्यान्सर )भएर उपचारतिर लाग्नु परेकाले ‘महको म’ लेखनमा ढिलाई भएको उनले बताए । 

महको म’ लेख्दा पार्किन्सन्स रोगले गर्दा निकै कष्टप्रद बनेको उनले बताए । पुस्तकमा श्रेष्ठको बाल्यकाल, प्रारम्भिक संघर्ष, प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदा सम्मका उकाली ओराली, अबुर्द (क्यान्सर) रोग को संघर्ष आदि ईत्यादी समेटिएको छ । 

श्रेष्ठले अन्तरजातीय विवाहमा पनि निकै चर्चा गरेका थिए । यदि यस्तो नगरेको भए आफू यति फराकिलो दायरा आफु नहुने थिए भनि आफ्ना कुराहरु राखेका थिए । उनले आफ्नो बिहेमा पत्नी यशोदा सुबेदी को सट्टा निमन्त्रणा पत्रमा यशोदा मैया छापिएको समेत चर्चा गरेका थिए । 

पत्रकार बानियाले नरम शैलीमा अन्तर्वार्ता शैलीमा भन्दा कुराकानी जस्तै गर्ने भनि ठट्यौली पारामा जिज्ञाशा राखेका थिए। श्रेष्ठले पनि निर्धक्क भएर आफ्नो बेइज्जत आफूले धेरै पटक गरे है भन्दै अब नगरौ क्यारे भन्दै प्रतिप्रश्न बानियालाई गरेका थिए । 


प्रेम बानियाले उक्त पुस्तक पढे पछि बिर्सनै नसक्ने एक व्यक्तित्व तथा मदन कृष्ण श्रेष्ठका साथी दिल कुमार श्रेष्ठ जो १९७७ मा अमेरिका आएका जसले नेपालमा संगै सांस्कृतिक समुह खोलेको प्रशङ्ग उल्लेख गर्दै उनलाई मन्चमा बोलाएका थिए । र ,केही कुरा सोधेका थिए । 

कलाकार मदन कृष्ण श्रेष्ठले ५ वटा जति गीत गाएका थिए भने पत्नीलाई सम्झना गर्दै आफु अब हासेर जीवन बिताउने बताएका थिए । केही क्षण गम्भीर हुँदा दर्शक पनि गम्भीर तथा भावुक बनेका थिए ।  

कार्यक्रमको २७ बर्ष अगाडी डिसी महानगर क्षेत्रमा स्थापना भएको अमेरिका मै अत्यन्तै क्रियाशील नेवा समुदायको गैर मुनाफा सामजिक संस्था आयोजना नेपा पास पुचः अमेरिकाय (एनपीपीए ) ले गरेको हो । 

संस्थाको तर्फ बाट अध्यक्ष राजु जोशीले स्वागत गर्दै प्रायोजक तथा सबैलाई धन्यवाद दिएका थिए । यसै गरि मेरिल्याण्ड तथा पेनसेलभेनियाका लागि नेपाल सरकारका अवैतनिक महा बाणिज्य दुत प्रेम राजा महतले पनि मदन कृष्ण श्रेष्ठ को बारेमा केही कुराहरु राखेका थिए । कार्यक्रमको सुरुवातमा कार्यक्रम संचालन निभा प्रधानले गरेकी थिइन् । 


नेपा पास पुचः अमेरिकाय (एनपीपीए ) ले बिगतमा पनि यस्ता उच्च स्तरीय कार्यक्रम गर्ने गर्छ भने मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ पुस्तक विषयक अन्तरक्रिया कार्यक्रम अत्यन्तै उच्च स्तरीय रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य