२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जम्मु काश्मिरमा ४ जना भारतीय सेनाको मृत्यु

२०७५, २२ श्रावण मंगलवार १२:१८

साउन २२, भारत | भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन् । 

गुरेजमा आठजना आतङ्ककारीले प्रवेश गर्न खोजेका थिए । ती आठ जनामध्ये सेनाको कारबाहीमा चार जनाको मृत्यु भएको थियो भने बाँकी फरार भएका थिए । भारत–पाकिस्तान सीमाको लाइन–अफ–कन्ट्रोलमा यो घटना भएको हो । 

उक्त घटनाका सम्बन्धमा प्रतिक्रिया दिँदै जम्मु काश्मिरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लाहले भारत सरकारले पाकिस्तानसँगको सम्बन्धलाई सामान्यीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले भारततर्फ पाकिस्तानीहरुको घुसपैठलाई पनि रोक्नुपर्ने धारणा राख्नुभयो । “पाकिस्तानले भारतसँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छ भने यस्तो घुसपैठ तत्काल रोक्नु पर्दछ,” उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते