२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थ मन्त्रीसंगको ईन्जाको अन्तरक्रिया सम्पन्न

२०७५, २५ श्रावण शुक्रबार ०२:५१

साउन २५, वाशिंगटन डिसी | अमेरिका भ्रमणमा रहेका नेपाल सकारका अर्थमन्त्री डा युवराज खतिवडासंग अन्तराष्ट्रिय नेपाली पत्रकार  संघ (ईन्जा) ले आज एक कार्यक्रमका वीच डिसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाली राजदूतावासको समेत सहकार्यमा उक्त कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा आफ्नो भ्रमणको उदेश्यका बारेमा प्रकाश पार्दै अर्थ मन्त्री डा खडिवडाले नेपाल सरकारको आर्थिक नितिका बारेमा सरोकारवाला दाताहरूसंग अन्तरक्रिया गरी प्राथमिकताका कार्यक्रमहरू र आवस्यक सहयोगको जानकारी र अनुरोध गरेको बताउनु भयो। 


सो अवसरमा पत्रकारहरूले सोधेको प्रश्नमा जानकारी दिदै डा खतिवडाले अगाडी भन्नु भयो-नेपालको दिगो विकासकालागी सहकार्य र सहयोग गर्दै आएको विश्व वैंकका पदाधिकारीहरू लाई प्रस्तावित निति तथा कार्यक्रमहरूमा जानकारी गराईएको छ। साथै, नेपाल सरकारको आर्थिक कार्यक्रम अनुरूप तत्काल चालु आयोजनाका अतिरिक्त ठूला आयोजनाको निर्माणमा विश्व बैंकले परियोजना विकासमा समेत सहयोग गर्न नेपाल सरकारका तर्फबाट अनुरोध गरिएको अर्थ मन्त्री डा खतिवडाले जानकारी गराउनु भयो।

तीन दिनसम्म चलेको नेपाल र विश्व बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाएको जानकारी गराउनु भयो ।विश्व वैंक संग हिजो बुधवार सम्पन्न  भएको बैठकले नेपालको लगानी सम्बन्धी ढाँचा पारित गर्ने र नेपाल र नेपालीका लागी सहयोग प्राप्त हुने अपेक्षा गरेको बताउनु भयो । 


कार्यक्रममा ईन्जाका प्रमुख संरक्षक राम चन्द्र खरेलले अर्थ मन्त्री डा खतिवडालाई स्वागत गर्दै नेपाल र नेपाली जनताको हितमा ईन्जाले सदैव आफ्नो सहयोग र सदभाव राख्ने बताउनु भयो। 

ईन्जाका सल्लाकार हरि अधिकारले नेपाल सरकारले जनताको जिवनस्तर उकास्नकालागी अपनाउनु पर्ने आधारभूत आर्थिक नितीका वारेमा सुझाव पेश गर्नु भएको थियो।

ईन्जाका अध्यक्ष गुणराज लुईटेलले संस्थाको परिचय दिंदै विश्व भरी छरिएका नेपाली संचारकर्मीहरू लगायत सरोकारवाला संघ संस्थाहरूलाई आवस्यक सहयोग प्रदान गर्न पॉचै महासागरिय नेटवर्किंगको काम सम्पन्न भएको जानकारी गराउनु भयो। 


ईन्जा अमेरिकामा दर्ता भएको एउटा गैर नाफामूलक संस्था हो र यसले एउटा डोनर एजेन्सीका रूपमा कार्य गर्ने भएकाले यसका कार्यक्रमहरू अमेरिका लगायत विभिन्न मूलुकहरूमा संचालन गरिने हुंदा आफु नेपाल सरकार र सरोकारवाला संघ संस्थाहरूसंग सहकार्य गर्न उत्साहित भएको जानकारी गराउनु भयो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते