२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थ मन्त्रीसंगको ईन्जाको अन्तरक्रिया सम्पन्न

२५ श्रावण २०७५, शुक्रबार ०२:५१

साउन २५, वाशिंगटन डिसी | अमेरिका भ्रमणमा रहेका नेपाल सकारका अर्थमन्त्री डा युवराज खतिवडासंग अन्तराष्ट्रिय नेपाली पत्रकार  संघ (ईन्जा) ले आज एक कार्यक्रमका वीच डिसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाली राजदूतावासको समेत सहकार्यमा उक्त कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा आफ्नो भ्रमणको उदेश्यका बारेमा प्रकाश पार्दै अर्थ मन्त्री डा खडिवडाले नेपाल सरकारको आर्थिक नितिका बारेमा सरोकारवाला दाताहरूसंग अन्तरक्रिया गरी प्राथमिकताका कार्यक्रमहरू र आवस्यक सहयोगको जानकारी र अनुरोध गरेको बताउनु भयो। 


सो अवसरमा पत्रकारहरूले सोधेको प्रश्नमा जानकारी दिदै डा खतिवडाले अगाडी भन्नु भयो-नेपालको दिगो विकासकालागी सहकार्य र सहयोग गर्दै आएको विश्व वैंकका पदाधिकारीहरू लाई प्रस्तावित निति तथा कार्यक्रमहरूमा जानकारी गराईएको छ। साथै, नेपाल सरकारको आर्थिक कार्यक्रम अनुरूप तत्काल चालु आयोजनाका अतिरिक्त ठूला आयोजनाको निर्माणमा विश्व बैंकले परियोजना विकासमा समेत सहयोग गर्न नेपाल सरकारका तर्फबाट अनुरोध गरिएको अर्थ मन्त्री डा खतिवडाले जानकारी गराउनु भयो।

तीन दिनसम्म चलेको नेपाल र विश्व बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाएको जानकारी गराउनु भयो ।विश्व वैंक संग हिजो बुधवार सम्पन्न  भएको बैठकले नेपालको लगानी सम्बन्धी ढाँचा पारित गर्ने र नेपाल र नेपालीका लागी सहयोग प्राप्त हुने अपेक्षा गरेको बताउनु भयो । 


कार्यक्रममा ईन्जाका प्रमुख संरक्षक राम चन्द्र खरेलले अर्थ मन्त्री डा खतिवडालाई स्वागत गर्दै नेपाल र नेपाली जनताको हितमा ईन्जाले सदैव आफ्नो सहयोग र सदभाव राख्ने बताउनु भयो। 

ईन्जाका सल्लाकार हरि अधिकारले नेपाल सरकारले जनताको जिवनस्तर उकास्नकालागी अपनाउनु पर्ने आधारभूत आर्थिक नितीका वारेमा सुझाव पेश गर्नु भएको थियो।

ईन्जाका अध्यक्ष गुणराज लुईटेलले संस्थाको परिचय दिंदै विश्व भरी छरिएका नेपाली संचारकर्मीहरू लगायत सरोकारवाला संघ संस्थाहरूलाई आवस्यक सहयोग प्रदान गर्न पॉचै महासागरिय नेटवर्किंगको काम सम्पन्न भएको जानकारी गराउनु भयो। 


ईन्जा अमेरिकामा दर्ता भएको एउटा गैर नाफामूलक संस्था हो र यसले एउटा डोनर एजेन्सीका रूपमा कार्य गर्ने भएकाले यसका कार्यक्रमहरू अमेरिका लगायत विभिन्न मूलुकहरूमा संचालन गरिने हुंदा आफु नेपाल सरकार र सरोकारवाला संघ संस्थाहरूसंग सहकार्य गर्न उत्साहित भएको जानकारी गराउनु भयो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य