२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युयोर्कमा भव्य रूपमा तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको उद्घाटन

२०७५, २६ भाद्र मंगलवार ०२:५४

भदौ २६, काठमाडौँ | प्रवाशी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघ/ संस्थाहरूको स्थापना गर्नु भए पनि अधिकांस संघ संस्थाको कार्यालयहरू अहिले सम्म पनि झोलामा मात्रै सिमित रहेको देखिन्छ । तर, भर्खरै मात्र स्थापना भएको तामाङ समाज अमेरिकाको ८ सेप्टेम्बर २०१८ को दिन प्रमुख अतिथि नेपाली महाबाणिज्य दुताबासका कार्यवाहक महाबाणिज्यदुत पुष्पराज भट्टराईले एक भव्य समारोहको साथ नेपाली डायस्पोराका सामुदायिक गतिबिधिलाई पुनर्परिभाषित गर्ने उद्देश्य सहित तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको भव्यरूपमा उद्घाटन गर्नु भएको छ । 

उद्घाटन समारोहमा अमेरिकामा रहेका १२ भन्दा बढी संघ/संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। उद्घाटन समारोहको सुभारम्भमा लामा गुरुहरूबाट शुभ समारोहको पुजाअर्चना गरि औपचारिक कार्यक्रमको सुरुवात गर्नु भएको थियो । 


उद्घाटन समारोहको सभापतित्व तामाङ समाज अमेरिकाका अध्यक्ष सानु माया तामाङले गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि कार्यवाहक महाबानिज्यदुत पुष्परज भट्टाराईले नेपाली डायस्पोराका संघ संस्थाहरुले परम्परागत शैली भन्दा फरक ढंगले आफ्नो गतिबिधिहरु संचालन गर्नु पर्ने र प्रवासमा रहेको नेपालीहरुले एकता प्रदर्शन गर्न सकेमा सम्पूर्ण नेपालीहरुको निम्ति भलाई हुने भनाई राख्नु भएको थियो । कुनै काल खण्डमा कुनै व्यक्ति वा शासकले गरेको त्रुटीलाई मुद्धा बनाएर वर्तमानमा त्यसको क्षतिपुर्ति खोज्नु भन्दा के कसरी आफ्नो समुदाय र समाजलाई अग्रगामी बनाउन सकिन्छ त्यसबारेमा डायस्पोराका आदिवासी समुदायका संघ/संस्थाहरु लागी परेमा हाम्रो समाज द्रुतगतिमा समृद्ध बन्न सक्ने धारणा भट्टराईले राख्नु भयो ।


तामाङ समाज अमेरिका भर्खरै स्थापना भएको भए पनि यो संस्थाले नेपाली डायस्पोराका संघ संस्थासँग हातेमालो गर्दै सामुदायिक गतिबिधिलाई पुनर्परिभाषित गर्न नेतृत्वदायी भूमिका निर्बाह गर्ने तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले प्रतिवद्दता जनाउनु भयो । नयाँ शैली र नयाँ आयामबाट तामाङ समाज अमेरिकाले नेपाली डायस्पोरामा आफ्नो नेतृत्व स्थापित गर्ने र स्थानीय मुलधारको राजनीतिमा समाबेश गर्न हाम्रो दोश्रो पुस्तालाई सक्रिय गराउने भूमिकामा तामाङ समाज अमेरिका रहने उहाँले स्पष्ट पार्नु भयो ।


उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव बाबुराम लामा, नेपाली जनसम्पर्क समिति विश्व संजालका सभापती विष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति अमेरिकाका सचिव भोजराज थोकर, संगठन विभाग प्रमुख वेद खरेल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला, हिमालयन बुद्धिष्ट कम्युनिटीका अध्यक्ष छेपक गुरुङ, शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, तमु परिवार न्युयोर्कका अध्यक्ष डम्मरजंग गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष लुईसाङ वाईवा तामाङ, निवर्तमान वरिष्ठ उपाध्यक्ष मणि वाङडेल राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष भरत लामा, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष आङछिरिंग शेर्पा, प्रेम एण्ड पुनम फाउन्डेशनका अध्यक्ष प्रेम थोकर, गैरआवासीय नेपाली संघ अमेरिकाका सहकोषाध्यक्ष पवन योन्जन लगायतले शुभकामान मन्तब्य व्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा नेपाली महाबाणिज्यदुतवास न्युयोर्कका कन्सुलर क्रिशु क्षेत्री, तामाङ सोसाइटी अफ अमेरिकाका निवर्तमान अध्यक्ष शान्त थोकर, गैर आवासीय नेपाली संघ अमेरिकाका बोर्ड अफ डिरेक्टर आङनिमा गेल्जे शेर्पा, पर्यटन प्रवर्द्दन समितिका संयोजक जाङबु शेर्पा गोले, न्युयोर्क समाचार अनलाईन् न्युजका गोकुल श्रेष्ठ, खसोखास साप्ताहिकका सम्पादक अनिल अधिकारी, गैर आवासीय नेपाली संघ, अमेरिका न्युयोर्क शाखाका अध्यक्ष रामहरि अधिकारी र नेपाल विद्धार्थी संघका अध्यक्ष प्रभात सापकोटाको उपस्थिति रहेको थियो। कार्यक्रम तामाङ समाज अमेरिकाका सचिव विनिता तामाङले संचालन गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा