२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुडानमा पानी लिएर फर्किँदै गरेका नेपाली सेनालाई गोली लाग्यो

२०७५, १ आश्विन सोमबार ०४:४६

असोज १, काठमाडौं । दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएका एक नेपाली सैनिक जवान गोली लागेर घाइते भएका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा तैनाथ श्री सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत सैनिक जवान गोली लागेर घाइते भएका हुन् ।

नेपाली सेनाले उनको परिचय खुलाएको छैन । उनलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानान्तरण गरी उपचार गरिरहेको र अवस्था खतरामुक्त रहेको नेपाली सेनाले जनाएको छ । 

दक्षिणी सुडानको यई भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशका लागि पानी लिएर फर्किँदै गर्दा ती जवानलाई गत भदौ ३० गते करिब साढे आठ बजे खुट्टाको गोलीगाँठो नजिक गोली लागेको थियो ।

दक्षिण सुडानको पिपुल्स लिवरेसन आर्मी (एसपीएलए)ले गोली प्रहार गरेको बुझिन आएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते