२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाल्टिमोरमा काठमाडौं महानगरका प्रमुख शाक्यलाई भब्य स्वागत

२०७५, २ आश्विन मंगलवार १२:०८

विजय थापा | सेप्टेम्बर १८ ,डिसी | काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई मेरिल्याण्ड राज्यको बाल्टिमोर भब्य स्वागत गरिएको छ । उनलाई बाल्टिमोर स्थित नेपाल हाउसमा भब्य स्वागत गरिएको हो ।

वरिष्ठ लोक गायक तथा महा बाणिज्य दुत प्रेम राजा महतले नगर प्रमुख शाक्यलाई बाल्टिमोरमा गत सेप्टेम्बर १७ तारिखका दिन स्वागत सहित रात्री भोजनको आयोजना गर्नु भएको थियो ।

अमेरिकाको भ्रमणमा आएको काठमाडौं महानगरपालिकाका नगर प्रमुख शाक्य सहित टोलि तथा बिदेशी अतिथिहरुलाई समेतलाई महाबाणिज्य दुत प्रेम राजा महत लगायत नेपाली समुदाय तथा संघ.संस्थाका प्रतिनिधिहरुले भब्य स्वागत गरेका छन् ।


साथै अमेरिका आएको काठमाडौँ महानगरपालिकाका टोलीलाई बाल्टिमोर नगर परिषदका प्रमुख लगायत उनका साथमा आएका बिदेशी टोलिका सदस्यहरु ,बाल्टिमोरका नेपाली समुदाय ,बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना )का अध्यक्ष अनु श्रेष्ठ वन्त, लाइन्स क्लब अफ बाल्टिमोर नेप्लिजका अध्यक्ष विजय श्रेष्ठ ,बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य ,वर्ल्ड नेवा अर्गनाइजेसनका अध्यक्ष सिजन सिजन श्रेष्ठ लगायतले समेत स्वागत गरेका छन् ।

उक्त अनौपचारिक स्वागत तथा रात्री भोज कार्यक्रममा नगर प्रमुख विद्यासुन्दर शाक्य लाई महा बाणिज्य दुत प्रेम राजा महत तथा संघ/संस्थाका प्रतिनिधिहरुले खादा लगाउनुको साथै लाइन्स क्लब अफ बाल्टिमोरले लाइन्स क्लबको बिल्ला (पिन ) समेत प्रदान गरेको थियो । नगर प्रमुख शाक्य नेपाली समुदाय तथा आफुलाई स्वागत गर्नु भएकोमा धन्यवाद दिनु भएको थियो ।

आफूले यहाँका राम्रा राम्रा कुरा सिक्ने र महा नगर पालिकालाई कसरि व्यवस्थित तथा सुन्दर बनाउन सकिन्छ त्यस बारेमा आफू लागि पर्ने बताउनु भयो । नगर प्रमुख शाक्यले आगामी बुधबार १९ तारिखमा एक भब्य कार्यक्रम बीच र्जिनिया राज्यको फेड्रिकवर्ग नगर संग भगिनी सम्बन्ध स्थापना गर्ने भएको जनाउनु भएको छ ।


नगर प्रमुख शाक्यले आफु र आफ्नो टोलि अमेरिकाको भर्जिनिया राज्यको फेड्रिकवर्ग नगर संग भगिनी सम्बन्ध स्थापना गर्न आउनु भएको बताउनु भएको छ । उनको साथमा नेपालबाट काठमाडौँ महा नगर पालिकाको टोलि तथा अमेरिकाको भर्जिनिया राजको फेड्रिकवर्ग नगरका टोलि सहित उक्त स्वागत तथा रात्री भोजमा उपस्थिति रहेका थिए । साथै बाल्टिमोर नगर परिषदका प्रमुख/सभापति बरनार्ड सी ज्याक योङ्ग लाई बिद्या सुन्दर शाक्यले काठमाडौँ बाट ल्याएको बुध बुद्धको तस्बिर प्रदान गर्नु भएको थियो । बरनार्ड दोश्रो पटक उक्त पदमा निर्वाचित हुनु भएको हो ।


गत बर्ष भर्जिनिया राज्यको फेड्रिकवर्ग शहरका नगरका प्रमुख मेरी क्याथरिन ग्रीन नेपाल पुग्नु भएको थियो भने नेपालमा हुदा उनले दुई सहरको भगिनी सम्बन्ध हुने बताउनु भएको थियो ।

नगर प्रमुख शाक्यले कुनै पनि सहरको विकासका लागि सूचना तथा ज्ञानले टेवा पुग्नुको साथै स्थानीय क्षेत्रको पहिचान कायम गर्दै समृद्धितर्फ जान विश्वव्यापी आपसी सम्बन्ध लाभदायी हुने बताउनु भयो ।

गत बर्ष नेपाल भर्जिनियाको फेड्रिकवर्ग शहरका मेयर ग्रीनलको नेतृत्वमा १० सदस्यीय नेपाल पुगेको थियो भने काठमांडू महानगरपालिकाको ९ सदस्यीय टोलि अमेरिका आएको छ ।

भर्जिनियाको राजधानी रिचमण्डबाट ५८ माइल उत्तरमा रहेको फेड्रिकवर्ग कोलोनियल कालखण्डसँग इतिहास जोडिएको स्थान हो । नागरिक अधिकार प्राप्तिकालागि भएको संघर्षका क्रममा पहिलो र दोश्रो पटक फ्रेड्रिकवर्ग युद्ध भएको स्थानलाई अहिले स्पोर्टसलभनिया नेशनल मिलिटरी पार्कका रुपमा संरक्षण गरिएको छ । मेरी क्याथरिन ग्रीन नगर प्रमुखमा दोश्रो पटक निर्वाचित हुनु भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते