२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगलमा

२०७५, ४ आश्विन बिहीबार ०५:४२

असोज ४, लिस्बन | युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुग्नुभएको छ । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई नेता पौडेल बुधबार साँझ पोर्चुगल आइपुग्नुभएको हो । 

वरिष्ठ नेता पौडेललाई लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, गैरआवासीय नेपाली सङ्घ (एनआरएन) पोर्चुगलका अध्यक्ष कुवेर कार्कीलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं काङ्ग्रेस कार्यकर्ताले स्वागत गरेका थिए । पौडेलले आज बिहीबार नेपाली जनसम्पर्क समिति पोर्चुगलले आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तरक्रियालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

दुई दिने पोर्चुगल बसाइपछि उहाँ जनसम्पर्क समिति स्पेनले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेता पौडेल स्वीटजरल्याण्ड, जर्मनी र नेदरल्याण्डमा जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गरेर २६ सेप्टेम्बरमा स्वदेश फर्कनु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते