२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा पूर्वप्रधानमन्त्री लिन एयरपोर्ट पुगेकाहरु खालि हात फर्किए, खनालले भने ‘मेरो कमजोरी’

२०७५, ७ आश्विन आईतवार ०२:१०

अर्जुन बराल | असोज ७, दक्षिण कोरिया | नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एंवम पूर्बप्रधानमन्त्री झलनाथ खनालले दक्षिण कोरियामा यहि सेप्टेम्बर १६ देखि १९ तारिखसम्म चल्ने बिश्व शान्ति सम्मेलनको कार्यक्रमलाई पूर्ब जानकारी बिनानै उडान रद्द गरि सामान्य अबस्थामा पनि गैह्र-जिम्मेबार रुपमा प्रस्तुत भएका छन् ।

बिभिन्न देशका पूर्ब प्रधानमन्त्री एंवम् बिशिष्ट ब्यत्तिलाई निमन्त्रणा गरि आयोजना गरिने त्यस महत्वपूर्ण कार्यक्रममा अतिथिका रुपमा झलनाथ खनाललाई पनि निमन्त्रणा गरिएको थियो भने नेपाल कम्युनिष्ट पार्टीको सचिवालयबाट निर्णय भई परराष्ट्र मन्त्रालय मार्फत दक्षिण कोरिया स्थित नेपाली दुतावासलाई जानकारी पठाएसँगै स्वयंम पूर्बप्रधानमन्त्रीबाट पनि पार्टीका भातृसंगठनलाई आफु कोरिया आउँन लागेको बताएका थिए ।

ड्रागन एअरलाईन्सबाट नेपाल हङकङ हुँदै ईन्छन ईन्टरनेशनल एअरपोर्टमा आगमन निश्चित गरिएको टिकटको आधारसँगै परराष्ट्रले दुतावासलाई दिईएको जानकारी एंवम् पूर्बप्रधानमन्त्रीले कोरियास्थित आफ्नो भातृसंगठनलाई प्रबाह गरिएको शन्देशका आधारमा कोरियास्थित नेपाली दुतावासका राजदुत अर्जुन जंग बहादुर सिंह, एनआरएनए कोरिया अध्यक्ष लक्ष्मी गुरुङ्ग लगाएत नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध ब्यक्तिहरु स्वागतका लागि एअरपोर्टको आगमन कक्षमा खादा फुल सहित पुगेर केहि समय प्रतिक्षा गरी खनाललाई सम्पर्क गरेका थिए । तर सम्पर्क गर्दा आफु आउँन नसक्ने जानकारी गरेसँगै स्वागतका लागि पुगेका सबै फिर्ता आएका थिए भने दुतावासलाई १६ तारिख आईतवारका दिन अबेरमात्र परराष्ट्रबाट बिविध कारणले उडान रद्द गरिएको जानकारी गराईएको थियो ।

यस बिषयमा स्वयंम् पूर्बप्रधानमन्त्री झलनाथ खनाललाई टेलीफोन गरि तपाई आउँछु भनेर दुतावास लगाएत संघसंस्थालाई जानकारी गराएसँगै स्वागतका लागि एअरपोर्टमा प्रतिक्षा गर्न पुग्दा 'तपाई आउँनु भएन है' भन्दा उहाँले आफ्नो खुट्टाको औलामा ईन्फेक्शन भएको बताए । उनले त्यहि समस्याको कारण सर्जरी गर्नुपर्ने भएको र जानकारी दिन ढिलाई भएको भन्दै यस घटनालाई आफ्नो कमजोरीको रुपमा स्विकार गरेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते