२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा गोपाल थपलिया प्रतिष्ठान गठन

२०७५, १३ आश्विन शनिबार १३:५२

असोज १३, अस्ट्रेलिया | नेपाली पत्रकारिता जगतका भीष्मपितामहका रुपमा चिनिने स्व गिरिजा प्रशाद कोइरालाद्धारा समेत अभिनन्दित वरिष्ठ पत्रकार गोपालप्रशाद  थपलियाको उपस्थितिमा अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अबैतनिक महाबाणिज्यदूतको कार्यालयमा यही २९ सेप्टेम्बरमा भएको एक भेलाले भविष्यमा वृहत रुपमा अगाडि बढाउने गरी रामकुमार श्रेष्ठको संयोजकत्वमा नेपालमा गठित गोपाल थपलिया प्रतिष्ठानको शाखाको रुपमा तदर्थ समिति गठन गरेको छ । अष्ट्रेलियाको हरेक राज्यमा गठन गर्ने अभिप्राय अनुरुप  भिक्टोरीया राज्यबाट यस्को शुरुवात गरिएको छ । 

आज गठित तदर्थ समितिको सचिवमा गोपालकृष्ण शिवाकोटी, कोषाध्यक्षमा निता शाह र सहस्यहरुमा शुशिल चालिसे, गौतम लामिछाने, शैलेन्द्र सुवेदी र निरु त्रिपाठी रहेका छन् । 


समितिको सल्लाहकारमा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जन र वरिष्ठ बैज्ञानिक डा राजु अधिकारी रहेका छन् ।

प्रतिष्ठानका गतिबिधिहरुलाई ब्यबस्थित र ब्यापक रुपमा अगाडि बढाउन भबिस्यमा अन्य पद, सदस्य र सल्लाहकारहरु पनि थप्दै लगिने कुरामा आजको भेलामा सहमति भएको छ । 

२०७३ सालमा नेपालका बुद्धिजीवि, पत्रकार, सामाजिक अभियन्ता, समाजसेवी, राजनीतिज्ञ, उद्योगपति आदिको संयुक्त भेलाले गोपाल थपलिया प्रतिष्ठान गठन गरिएको थियो । देश विदेशमा रहेर विज्ञान, शिक्षा, स्वाथ्य, साहित्य, कला, सामाजिक सेवा, परिवर्तनको अभियन्ता, पत्रकारिता लगायत सबै क्षेत्रका असंबोधित नायकहरुको खोजी गरी सम्मान गर्ने उद्धेस्यले गठित यस प्रतिष्ठानले विस्वमा भएको मानव हितको सम्पूर्ण कामहरुको सक्दो प्रचारप्रसारमा जोड दिनेछ । 

कार्यक्रममा वरिष्ठ पत्रकार थपलियाले यो प्रतिष्ठान आफ्नो नभएर बिभिन्न क्षेत्रका ब्यक्तिहरुको पहलमा खोलिएको बताउँदै र अष्ट्रेलियामा मात्रै नभै  विस्वका अन्य देशहरुमा पनि यो प्रतिष्ठानको कृयाशिलतामा त्यहाँका संबोधन गरिन उपयुक्त असंबोधित नेपाली तथा बिदेशी संबोधित होउन भन्ने आफ्नो चाहना रहेको बताउनु भयो ।  


भिक्टोरीयाको लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले पत्रकार थपलियाले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको योगदानको स्मरण गराउँदै थपलिया विद्यार्थी जीवनकालदेखि नै शिक्षा, समाजसेवा, जनचेतना, पत्रकारिता तथा अन्य क्षेत्रको लागि निरन्तर लागिरहनु भएको बताए । अवैतनिक महावाणिज्यदूत योन्जनले प्रतिष्ठानको सफलताको लागि शुभकामना दिंदै यस्को लागि आफ्नो सक्दो सहयोग रहने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते