२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कारपछि गर्भवती भएकी १३ वर्षीय बालिकालाई जिउँदै जलाउन यस्तो आदेश !

८ कार्तिक २०७५, बिहीबार ०६:४४

कात्तिक ८,  काठमाण्डौं | भारतमा बलात्कारबाट पीडित बनेकी बालिकालाई जिउँदै जलाउने आदेश गाउँ पञ्चायतले दिएपछि हंगामा भएको छ । 

भारत झारखण्डको चाइबासाको एक महापञ्चायतले बलात्कारपछि गर्भवती भएकी १३ वर्षीय पीडित बालिकामाथि पाँच लाख जरिवाना लगाएर उनलाई जिउँदै जलाउने निर्णय गरेको छ । 

मझारी प्रहरी थाना क्षेत्रमा १३ वर्षीय बालिका बलात्कारपछि गर्भवती भएपछि गाउँलेले महापञ्चायत बोलाएका थिए । 

महापञ्चायतले मंगलबार साँझ ५ बजे यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस क्रममा आदिवासी समाज युवा महासभाका पदाधिकारी तथा सर्वसाधारणको उपस्थिती थियो । पहिला महापञ्चायतले बलात्कारका आरोपी रोबिनलाई पञ्चायतमा बोलाइएको थियो । जहाँ उसले अपराध कबूल गरेका थिए । यसपछि महापञ्चायतले उनलाई र पीडितलाई पनि सजाय सुनाएका थिए । 

स्थानीयका अनुसार आरोपी रबिन उर्फ मानसिंह कुंकल आफ्ना ठूला भाइसँग काम गर्थे । करिब दुई वर्षदेखि रोबिन पीडितको घरमा बस्न लागे । पीडित बालिका उनकी भतिजी समेत हुन् । यस बीच रोबिनले डराइधम्काइ ६ कक्षामा पढ्ने १३ वर्षकी भतिजीका साथ बलात्कार गरे त्यसक्रममा उनी गर्भवती भइन् । घटना सार्वजनिक भएपछि गाउँमा पञ्चायत बोलाइएको थियो । 

तर रोबिन कुंकल पञ्चायतमा उपस्थित भएनन् । फेरि मंगलबार महापञ्चायत बोलाइयो जहाँ उनी उपस्थित भए ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार आदिवासी समाज युवा महासभाको जिल्लाध्यक्ष गब्बरसिंह हेम्ब्रमले फैसलालाई पढेर सुनाएका थिए । फैसलामा भनिएअनुसार समुदायमा कुनै पनि व्यक्ति समाज भन्दा ठूला होइनन् । यस्तो घटना फेरि नहोस् भन्नका लागि पैसा लिएर जिउँदै जलाउने पञ्चायतले निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य