२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएको तेश्रो अफ्रिका बैठक युगाण्डाको कम्पालामा हुने

१६ कार्तिक २०७५, शुक्रबार ०५:२४

कात्तिक १६, काठमाडौं | गैरआबासिय नेपाली सङ्घको तेस्रो अफ्रिका बैठक यही डिसेम्बर २९ – ३० , २०१८ मा पुर्बी अफ़्रिकि मुलुक युगान्डाको राजधानी शहर कम्पालामा सम्पन्न हुने भएको छ । अफ्रिकाका सत्र मुलुकमा रहेका राष्ट्रिय समन्वय समिती ,अन्तरास्ट्रिय समितीका पदाधिकारीहरु र अन्य महादेशका एनआरएन नेतृत्वको पनि सहभागिता रहने बैठकको मुल बिषय ” बिकासका अनुभवहरु एक आपसमा साटदै ” हुनेछ ।

जस अनुरुप अफ़्रिकिन र अफ्रिकामा कार्यरत नेपाली बिज्ञहरुले अफ़्रिकि बिकास र त्यहा केही रास्ट्रहरुमा भइ रहेको द्रुत गतिको आर्थिक बिकासको अनुभवहरु बारे कार्यपत्र पेस गर्ने छन ।


त्यसैगरी नेपाली श्रमिकहरुले अफ्रिकामा भोग्नु परिरहेका समस्याहरु ,मानव तस्करी र अफ्रिकन पर्यटन उधोगका अनुभव र नेपालमा अफ़्रिकिन लगानी बारे बैठकमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुने जानकारी एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले दिएका छन ।

कार्कीले इजिप्ट र दक्षिण अफ्रिकाका महामहिम राजदूतहरुको बैठकमा उपस्थिति रहने र नेपालबाट परराष्ट्र वा श्रम मन्त्री मध्य एकलाई निमन्त्रणा गरिने बारे छलफल चलिरहेको समेत बताएका छन ।

बैठक एनआरएनए राष्ट्रिय समन्वय समिति युगान्डाको आथित्यतामा आयोजना हुने र बैठकको तयारी शुरु भइसकेको जानकारी संघका युगान्डा अध्यक्ष  राजमणि भन्डारीले जनाएका छन । बैठकका मुल कार्यक्रम लगाएत अफ्रिकन र नेपाली कलाकारहरुले प्रस्तुत गर्ने सास्कृतिक कार्यक्रम र नेपाली भाषा साहित्य माथी गोष्ठी समेत कार्यक्रममा  आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य