२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएको तेश्रो अफ्रिका बैठक युगाण्डाको कम्पालामा हुने

२०७५, १६ कार्तिक शुक्रबार ०५:२४

कात्तिक १६, काठमाडौं | गैरआबासिय नेपाली सङ्घको तेस्रो अफ्रिका बैठक यही डिसेम्बर २९ – ३० , २०१८ मा पुर्बी अफ़्रिकि मुलुक युगान्डाको राजधानी शहर कम्पालामा सम्पन्न हुने भएको छ । अफ्रिकाका सत्र मुलुकमा रहेका राष्ट्रिय समन्वय समिती ,अन्तरास्ट्रिय समितीका पदाधिकारीहरु र अन्य महादेशका एनआरएन नेतृत्वको पनि सहभागिता रहने बैठकको मुल बिषय ” बिकासका अनुभवहरु एक आपसमा साटदै ” हुनेछ ।

जस अनुरुप अफ़्रिकिन र अफ्रिकामा कार्यरत नेपाली बिज्ञहरुले अफ़्रिकि बिकास र त्यहा केही रास्ट्रहरुमा भइ रहेको द्रुत गतिको आर्थिक बिकासको अनुभवहरु बारे कार्यपत्र पेस गर्ने छन ।


त्यसैगरी नेपाली श्रमिकहरुले अफ्रिकामा भोग्नु परिरहेका समस्याहरु ,मानव तस्करी र अफ्रिकन पर्यटन उधोगका अनुभव र नेपालमा अफ़्रिकिन लगानी बारे बैठकमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुने जानकारी एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले दिएका छन ।

कार्कीले इजिप्ट र दक्षिण अफ्रिकाका महामहिम राजदूतहरुको बैठकमा उपस्थिति रहने र नेपालबाट परराष्ट्र वा श्रम मन्त्री मध्य एकलाई निमन्त्रणा गरिने बारे छलफल चलिरहेको समेत बताएका छन ।

बैठक एनआरएनए राष्ट्रिय समन्वय समिति युगान्डाको आथित्यतामा आयोजना हुने र बैठकको तयारी शुरु भइसकेको जानकारी संघका युगान्डा अध्यक्ष  राजमणि भन्डारीले जनाएका छन । बैठकका मुल कार्यक्रम लगाएत अफ्रिकन र नेपाली कलाकारहरुले प्रस्तुत गर्ने सास्कृतिक कार्यक्रम र नेपाली भाषा साहित्य माथी गोष्ठी समेत कार्यक्रममा  आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते