२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा ३५ दिनभित्र मृत्युदण्डको सजाय सुनाइएका घलेलाई फर्काउन परिवारको आग्रह

२०७५, २२ कार्तिक बिहीबार १६:३१

कात्तिक २२, बेत्रावती (रासस) | मलेसियाको जेलमा रहेका नुवाकोटको म्यागङ्ग गाउँपालिका–१ बसुञ्चेतका हरिबहादुर घलेलाई छुटाउनका लागि पहल गर्न नेपाल सरकारसमक्ष परिवारले आग्रह गरेका छन् । 

हाल त्यहाँको जेलमा रहेका ३८ वर्षीय घलेलाई गत कात्तिक ४ (सन् २०१८ अक्टुबर २१) मा पुनः १३ वर्ष आठ महीना कैद सजाय थपिएपछि त्यसलाई मिनाहाका लागि पहल गर्न परिवारले सरकारसमक्ष सहयोगको अपिल गरेका हुन् । 

मलेसियामा लागुऔषध कारोवारी कसुरमा १५ वर्षअघि पक्राउ परेका ३८ वर्षीय घलेलाई त्यहाँको अदालतले दोषी ठहराएपछि उनी हाल जेलजीवन बिताउँदै आएका छन् । २०६० साल जेठ १६ (सन् २००३ मे ३०) मा कार्यरत कम्पनीबाट बिदामा घर फर्कने क्रममा बास बसेको होटलबाट पक्राउ परेका घलेलाई लागुऔषध ओसारपसार अभियोगमा शुरुमा मृत्युदण्ड सुनाए पनि हाल २० वर्षको कैद भुक्तानी गर्दै आएको उनको बहिनी सरला घलेले बताइन् । 

उहाँका अनुसार हरिबहादुरलाई सन् २००९ नोभेम्बर २६ मा मलेसियाको हाइकोर्ट (जालन उच्च न्यायालय)ले मृत्यु दण्डको सजाय सुनाएको थियो । त्यसविरुद्ध नेपाली दूतावासले गरेको अपिललाई त्यहाँको सर्वोच्च अदालतले २०६९ साल असोज १० मा मृत्युदण्डको सजायलाई नै सदर गरिदिएको थियो । 

“सर्वोच्चले ३५ दिनभित्र मृत्युदण्ड दिन आदेश दिए पनि नेपाल सरकारको आग्रहले त्यहाँको राजाले २० वर्ष कैद सजायमा रुपान्तरण गरेर न्यायको अनुभूति मिलेको थियो,” सरलाले भनिन्, “अबदेखि लागू हुनेगरी थप १३ वर्ष आठ महीना जेल सजाय तोकिएकाले त्यसलाई मिनाहाका लागि पहल गर्न नेपाल सरकारसमक्ष आग्रह गर्दछौँ ।” 

हरिबहादुरलाई यसअघि मृत्युदण्डको सजाय रोकेका त्यहाँका राजा प्रमुख रहेको पार्डन बोर्डको आदेशको पुनरावेदनको क्रममा थप कैदको आदेश सुनाइएको हो । उक्त थप आदेश सरकारको पहल सार्थक भएमा मिनाहा हुने उनको विश्वास छ । पार्डन बोर्डलाई अदालतको आदेश कार्यान्वयन गराउने अन्तिम न्यायिक निकाय मानिन्छ । 

यसअघि उक्त बोर्डले तोकेको २० वर्ष कैद पक्राउ परेको मितिबाट भुक्तानी गर्न करीब चार वर्ष मात्र बाँकी छ । तर हाल थप गरेको सजायको कैदको माफीका लागि नेपाल सरकारबाट पहल भए त्यो सुविधा पाउने व्यवस्था रहेको भन्दै पीडित परिवारले सहयोगको अपिल गरेका छन् । 

हरिबहादुरसँगै पक्राउ परेका नुवाकोट किम्ताङका साजन गुरुङको हिरासतमा रहँदा विसं २०६६ माघ ६ (सन् २०१० जनावरी २०) मा मृत्यु भइसकेको छ । उनीहरुलाई नेपाल घर बताउने गणेश तामाङ भन्ने व्यक्तिले होटलमा आएर झोला राख्न दिएलगत्तै प्रहरीले छापा मार्ने क्रममा पक्राउ परेका थिए । गणेश हालसम्म फरार छन् । 

हरिबहादुर मलेसियाको जेलमा परेपछि पीडित बनेको परिवारका सदस्यहरु बुबा मेघबहादुर, आमा जमुरानी, बहिनी मीनकुमारी र हजुरबुबा धनबहादुर घलेको पनि यो अवधिमा मृत्यु भइसकेकोे छ । एकपछि अर्को बज्रपातले परिवारमा शोकमा रहेको सरलाले बताइन् । हरिबहादुर जेल परेपछि उनको श्रीमतीले पनि छोरी झरनालाई छोडेर अर्कैसँग विवाह गरिसकेकी छिन् । हाल झरना त्रिशूलीस्थित मामाघरमा बसेर स्नातक तहमा अध्ययनरत छिन् । “बुबाको अनुहार कस्तो थियो, प्रत्यक्ष देख्न पाएकी छैन,” झरनाले भनिन्, “फोटो हेरेर बुबा फर्कने दिन पर्खदै छु, सरकारले पहल गरे चाँडै देख्न पाउने आशा छ ।”  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा