२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाल्टिमोरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई स्वागत

२३ कार्तिक २०७५, शुक्रबार ११:०२

विजय थापा | कात्तिक २३, डिसी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा नेपाली समुदायले स्वागत गरेका छन्। मुख्यमन्त्री राई तिहारको बिदाको मौका तथा आफ्नो उपचारको क्रममा थाइल्यान्ड हुदै निजि भ्रमणमा अमेरिका आउनु भएको बताउनु भयो । 

बाल्टिमोर स्थित नेपाल हाउसमा महा बाणिज्यदुत प्रेम राजा महतको पहलमा भएको उक्त अनौपचारिक स्वागत तथा भेटघाट कार्यक्रममा बाल्टिमोरका विभिन्न संघ/संस्थाहरुका प्रतिनिधिहरुले स्वागत गरेका थिए । 

मुख्यमन्त्री राईले मेरिल्याण्डको निर्वाचन क्षेत्र ८ बाट राज्य प्रतिनिधि सभाका लागि डेमोक्रेटिक दल बाट बिजयी हुनु भएका ह्यारी भण्डारीलाई गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाका सभापति दुर्गा प्रसाद श्रेष्ठ मार्फत शुभकामना सहित सौगात स्वरुप खादा पठाउनु भएको छ ।


यसै गरि भर्जिनियाको हरनडन शहरको नगर परिषद सदस्यमा हालसालै बिजयी हुनु भएका प्रदिप ढकाल ,अमेरिकामा नेपाली मूलकी एक मात्र महिला घोडेपोलो तथा हात्तीपोलो खेल्ने खेलाडी केमिका भण्डारी तथा एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो का प्रमुख कुमार कार्की लगायतलाई हौसला प्रदान गर्दै खादा लगाई सम्मान गर्नु भएको छ ।  

मुख्यमन्त्री राईले आफ्ना भनाई राख्दै यहाहरु संग भेट्ने सुवर्ण अवसर प्राप्त भयो । र कार्यक्रमको संयोजन गर्ने महा बाणिज्यदुत प्रेम राजा महतलाई धन्यवाद दिनु भयो । मन्तब्य राख्ने क्रम मै मुलुकले अब स्पष्ट गति लिई सकेको अवस्था छ भन्दै मुलुक विकास र सम्वृद्धिको कार्यसूची(एजेन्डा) मा केन्द्रित रहेको बताउनु भयो ।

हामी बिगतमा धेरै समय सम्म अलमलियौ । वहाले संघियता पहिलो पटक रोजेका छौ । हाम्रो लागि नया चिज हो र प्रयोगको रुपमा यति बेला संघियतालाई हामीले आत्मसात गरेको बताउनु भयो । संघियताले नै हिमाल,पहाड र तराईलाई जोड्न सक्छ । सबै जात ,धर्म ,संस्कृतिलाई जोड्न सक्दछ । संघियताले नै मुलकको विकास र सम्वृद्धि सम्भव छ भन्नु भयो । 


मुख्य मन्त्रि राइले हाम्रा चुनौती र अप्ठ्यारा धेरै छन् । यति खेर देश सकारात्मक दिशा तर्फ बढेको छ । आफुले ६ -७ महिनाको अवधिलाई सरसर्ती हेर्दा चित्त बुझ्दो अवस्था छैन भन्नु भयो । म आफू स्वयम् पनि सन्तोष छैन भन्नु भयो । तर हामी संघियताको अभ्यास र प्रयोग तथा कानुन निर्माण र संरचनामा जुटी रहेको बताउनु भयो । 

संघिय सरकार ,प्रदेश र स्थानीय स्तर बिच समन्वय हुन् आवश्यक रहेको बताउनु भयो । हामी जनता प्रति उत्तरदायी भएर अगाडी बढ्ने एउटा प्रतिबद्धता साथ हामी अगाडी बढी रहेका छौ भन्नु भयो । 


समय अलिक लाग्छ भन्दै संघियता र संबिधानको उत्साहमा सबैलाई लानु छ भन्नु भयो । अब मुलुक पछाडी फर्कन सक्दैन ,यथास्थितिमा रहन सक्दैन ,द्वन्द तर्फ जान सक्दैन भन्नु भयो । 

अब हामी मुलुक सफल बनाएर छोड्ने बताउनु भयो । अन्त्यमा उपस्थित सबैमा देशको विकास र सम्बृद्धिमा योगदानमा जोडिन आग्रह गर्नु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य